यसैया
३३ धिक्कार तिमीलाई, जो अरूलाई नाश गर्छौ तर आफूचाहिँ नाश भएका छैनौ;+
जो अरूलाई धोका दिन्छौ तर आफूले चाहिँ धोका पाएका छैनौ!
तिमीले नाश गरेपछि तिमीलाई पनि नाश गरिनेछ।+
तिमीले अरूलाई धोका दिएपछि तिमीलाई पनि धोका दिइनेछ।
२ हे यहोवा, हामीमाथि कृपा देखाउनुहोस्।+
हामीले तपाईँमै आशा गरेका छौँ।
हरेक बिहानी तपाईँ हाम्रो बाहुबल बन्नुहोस्,+
दुःखको समयमा हाम्रो उद्धारक बन्नुहोस्।+
३ तपाईँ गर्जनुहुँदा जातिजातिका मानिसहरू भाग्छन्;
तपाईँ उठ्नुहुँदा राष्ट्रहरू तितरबितर हुन्छन्।+
४ भोका सलहहरू बालीमाथि जाइलागेझैँ मानिसहरू तिमीहरूको लुटको मालमाथि जाइलाग्नेछन्;
सलहको बथानले झैँ तिनीहरू त्यसमाथि झम्टिनेछन्।
५ यहोवा उच्च पारिनुहुनेछ
किनकि उहाँ उच्च ठाउँमा विराजमान हुनुहुन्छ।
उहाँले सियोनलाई न्याय र सुकर्मले भरिपूर्ण पार्नुहुनेछ।
६ अनि उहाँले तिमीहरूलाई स्थिर गराउनुहुनेछ;
प्रशस्त मात्रामा उद्धार,+ बुद्धि र ज्ञानका साथै यहोवाको निम्ति श्रद्धा दिनुहुनेछ+
—यही नै तिमीहरूको सम्पत्ति हुनेछ।
८ राजमार्ग सुनसान भएको छ;
बाटोमा हिँड्नेहरू कोही छैन।
उसले* करार भङ्ग गरेको छ,
सहरहरूलाई तुच्छ ठानेको छ,
उसले मानिसलाई कुनै मोलको ठान्दैन।+
९ देशले विलाप गर्दै छ* र त्यो उजाड भएको छ।
लेबनान लाजमा परेको छ;+ त्यो ओइलाएको छ।
सारोनचाहिँ मरुभूमिजस्तै भएको छ
अनि बासान र कर्मेलका पातहरू झरेका छन्।+
११ तिमीहरू सुक्खा घाँसलाई गर्भधारण गर्छौ र ठोसोलाई जन्म दिन्छौ।
तिमीहरूको आफ्नै सोचाइले तिमीहरूलाई आगोले झैँ भस्म गर्नेछ।+
१२ अनि जातिजातिका मानिसहरूको हालत जलेको चुनझैँ हुनेछ।
काटेको काँडालाई झैँ तिनीहरूलाई आगोमा जलाइनेछ।+
१३ ए टाढा-टाढाका मानिसहरू हो, म के गर्नेछु भनेर सुन।
अनि ए नजिकका मानिसहरू हो, मेरो पराक्रमलाई स्विकार।
१४ सियोनका पापी मानिसहरू त्रसित भएका छन्;+
धर्मत्यागीहरू थरथर काँपेका छन्।
तिनीहरू एकअर्कालाई यसो भन्छन्: ‘भस्म गर्ने आगोसामु को टिक्न सक्छ र?+
निभाउनै नसकिने आगोसामु को खडा हुन सक्छ र?’
१५ जो सही बाटोमा हिँडिरहन्छ,+
जसले सत्य बोल्छ,+
जसले छलकपट र बेइमानीको नाफा लिन इन्कार गर्छ,
जसले घुस थाप्नदेखि आफ्नो हातलाई रोक्छ,+
जसले अरूको रगत बगाउने योजना सुन्नदेखि आफ्नो कान थुन्छ
अनि जसले खराब कुरा नहेर्न आफ्नो आँखा बन्द गर्छ,
१६ त्यस्तो मानिस उच्च ठाउँमा बस्नेछ,
चट्टानका गढीहरू उसको शरणस्थान* हुनेछन्,
उसलाई खानेकुराको कुनै कमी हुनेछैन
अनि उसलाई कहिल्यै पानीको अभाव हुनेछैन।”+
१७ अनि तिमीहरूका आँखाले राजालाई उसको पूरा वैभवसहित देख्नेछन्
अनि टाढाको देशलाई देख्नेछ।
१८ तिमीहरूको मनले पहिलेको त्रासलाई सम्झेर* यसो भन्नेछ:
“सचिव कहाँ छ?
तिरो तिर्ने मानिस कहाँ गयो?+
धरहरा गन्ने मानिस खै?”
१९ तिमीहरूले सोमत नभएका ती मानिसहरूलाई फेरि कहिल्यै देख्नेछैनौ,
जसको भाषा बुझ्न असाध्यै गाह्रो छ,
जसको भकभके बोली तिमीहरू बुझ्न सक्दैनौ।+
२० हामीले चाडहरू मनाउने गरेको सहर सियोनलाई हेर!+
तिमीहरूका आँखाले यरुसलेमलाई शान्त वासस्थानको रूपमा देख्नेछन्,
एउटा यस्तो पाल जो कहिल्यै हटाइनेछैन।+
त्यसका किलाहरू कहिल्यै उखेलिनेछैनन्
अनि त्यसका डोरीहरू कहिल्यै चुँडाइनेछैनन्।
२१ तर हाम्रा शक्तिशाली परमेश्वर यहोवाले
हाम्रो निम्ति नदी र ठूलठूला नहर बनेर हाम्रो रक्षा गर्नुहुनेछ।
हामीसित लड्न युद्धपोतहरू आउनेछैनन्
अनि ठूलठूलो जहाज एउटै पनि त्यहाँबाट जानेछैन।
२२ किनकि यहोवा हाम्रा न्यायकर्ता हुनुहुन्छ,+
यहोवा हाम्रा कानुनदाता हुनुहुन्छ,+
यहोवा हाम्रा राजा हुनुहुन्छ;+
हामीलाई बचाउने उहाँ नै हुनुहुन्छ।+