यसैया
४२ हेर! मेरो सेवक,+ जसलाई मैले साथ दिएको छु;
मैले रोजेको व्यक्ति,+ जसलाई मैले स्विकारेको छु।+
मैले तिनीमाथि आफ्नो पवित्र शक्ति खन्याएको छु।+
न्याय के हो भनेर तिनले जातिजातिका मानिसहरूलाई देखाउनेछन्।+
४ तिनी दुर्बल वा थकित हुनेछैनन्;
तिनले पृथ्वीमा न्याय कायम गर्नेछन्+
र टापुहरू तिनको निर्देशनको* लागि पर्खिरहनेछन्।
५ यहोवा साँचो परमेश्वर हुनुहुन्छ; आकाश बनाउने पनि उहाँ नै हुनुहुन्छ।
उहाँ आकाशलाई फैलाउनुहुने महान् परमेश्वर हुनुहुन्छ।+
उहाँले पृथ्वी र यसमा भएका सबै थोक बनाउनुभयो।+
उहाँले नै पृथ्वीका मानिसहरूलाई जीवन दिनुभयो
र त्यसमा हिँडडुल गर्नेहरूलाई सास दिनुभयो।+
उहाँ यसो भन्नुहुन्छ:
६ “म यहोवाले मेरो न्यायोचित उद्देश्यको लागि तिमीलाई बोलाएको छु;
मैले तिम्रो हात समातेको छु।
म तिम्रो रक्षा गर्नेछु अनि मानिसहरू र मबीच तिमी एउटा करार हुनेछौ+
अनि जातिजातिका मानिसहरूको निम्ति तिमी ज्योति बन्नेछौ।+
७ अनि तिमीले अन्धाको आँखा खोल्नेछौ,+
कैदीलाई कालकोठरीबाट मुक्त गर्नेछौ
र झ्यालखानाको अँध्यारोमा बसिरहेकाहरूलाई छुटाउनेछौ।+
८ म यहोवा हुँ। मेरो नाम त्यही हो।
मेरो महिमा म अरू कसैलाई दिन्नँ;*
मैले पाउनुपर्ने प्रशंसा मूर्तिहरूलाई दिन्नँ।+
९ हेर! पहिलेका कुराहरू पूरा भइसकेका छन्;
अब म नयाँ कुराहरू बताउँछु।
ती कुराहरू हुनुअघि नै म तिमीलाई त्यसबारे बताउँछु।”+
१० ए समुद्रमा यात्रा गर्नेहरू र त्यसमा भएका जीवहरूको नजिकै जानेहरू हो,
ए टापुहरू र त्यसमा बसोबास गर्नेहरू हो,+
११ उजाड भूमि र त्यसका सहरहरूले
अनि केदारका+ बस्तीहरूले समेत आफ्नो स्वर उचालून्।+
चट्टानका बासिन्दाहरू पनि रमाउँदै कराऊन्;
पहाडका टुप्पाहरूबाट तिनीहरू ठूलो स्वरले कराऊन्।
१२ तिनीहरूले यहोवाको महिमा गरून्
र टापुहरूमा उहाँको प्रशंसा गरून्।+
१३ यहोवा पराक्रमी योद्धाझैँ निस्कनुहुनेछ।+
उहाँ योद्धाझैँ जोसका साथ आउनुहुनेछ।+
ठूलो स्वरले कराएर उहाँले युद्धको घोषणा गर्नुहुनेछ।
उहाँले आफूलाई शत्रुहरूभन्दा पराक्रमी साबित गर्नुहुनेछ।+
१४ “म निकै बेरसम्म चुपचाप बसेँ।
म शान्त रहेँ र आफैलाई रोकिराखेँ।
तर अब म सुत्केरी बेथा लागेकी स्त्रीझैँ
कराउनेछु, सुस्केरा हाल्नेछु र लामो-लामो सास फेर्नेछु।
१५ म पहाड र डाँडाहरूलाई उजाड पार्नेछु
र त्यहाँका सबै वनस्पति सुकाइदिनेछु।
म नदीहरूलाई सुक्खा जमिन* बनाइदिनेछु
र नर्कट उम्रने पोखरीहरूलाई सुकाइदिनेछु।+
१६ म अन्धाहरूलाई अन्जान बाटोमा लैजानेछु,+
तिनीहरूले नचिनेको बाटोमा हिँडाउनेछु।+
तिनीहरूसामु छाएको अन्धकारलाई उज्यालोमा परिणत गर्नेछु+
र खाल्टाखुल्टी परेको बाटोलाई सम्म पार्नेछु।+
म तिनीहरूका लागि यी सब काम गर्नेछु, म तिनीहरूलाई त्याग्नेछैनँ।”
१७ कुँदेर बनाइएका मूर्तिहरूमा भरोसा राख्नेहरू
र धातु पगालेर बनाइएका मूर्तिहरूलाई “हाम्रो ईश्वर” भन्नेहरू
लाजमा पर्नेछन् र पछि हट्नेछन्।+
१८ ए बहिरा हो, सुन!
ए अन्धा हो, आँखा खोल र हेर।+
१९ मेरो सेवकबाहेक अरू को अन्धो छ र?
मैले पठाएको दूतजस्तो बहिरो अरू को छ र?
जसलाई मैले इनाम दिएँ, ऊजस्तो अन्धो अरू को छ र?
यहोवाको सेवकजस्तो अन्धो अरू को छ र?+
२० तिमीहरू थुप्रै कुरा देख्छौ तर ध्यान दिएर हेर्दैनौ।
तिमीहरूको कान खुल्लै छ तर तिमीहरू सुन्दैनौ।+
२१ यहोवा जे सही छ, त्यही गर्नुहुन्छ;
त्यसैले आफ्नो व्यवस्था* शानदार र महान् छ भनेर उहाँले खुसीसाथ देखाउनुभएको छ।
२२ तर तिनीहरू लुटपाटमा परेका मानिसहरू हुन्;+
तिनीहरू सबै गुफामा फसेका छन् र झ्यालखानामा बन्द छन्।+
तिनीहरू लुटिएका छन् तर तिनीहरूलाई बचाउने कोही छैन।+
तिनीहरूको निम्ति कसैले यसो भन्दैन: “यिनीहरूको उद्धार गर।”
२३ तिमीहरूमध्ये कसले यो कुरा सुन्छ?
आउने समयलाई विचार गरेर कसले यस कुरामा ध्यान दिन्छ?
२४ कसले याकुबलाई लुटिन दियो?
अनि कसले इस्राएललाई लुटेराको हातमा सुम्पियो?
यहोवाले नै होइन र?
किनकि उहाँको विरुद्धमा तिनीहरूले पाप गरे।
उहाँको मार्गमा हिँड्न तिनीहरूले इन्कार गरे