भजनसङ्ग्रह
निर्देशकलाई; यहोवाका सेवक दाउदको रचना। यहोवाले दाउदलाई तिनका सबै शत्रु र साउलको हातबाट बचाउनुभएको दिन तिनले यहोवाको निम्ति गाएको भजन। तिनले यसो भने:+
१८ हे यहोवा, मेरो बल, तपाईँलाई म प्रेम गर्छु।+
२ यहोवा मेरो पहरा र मेरो किल्ला हुनुहुन्छ, मलाई छुटकारा दिने परमेश्वर।+
मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ,+ म उहाँमै शरण लिन्छु,
३ म यहोवालाई पुकार्छु, उहाँ प्रशंसाको योग्य हुनुहुन्छ,
उहाँ मलाई शत्रुहरूको हातबाट छुटाउनुहुन्छ।+
६ आपत्मा पर्दा मैले यहोवालाई गुहारेँ,
मदतको लागि मैले मेरा परमेश्वरलाई पुकारिरहेँ।
उहाँले आफ्नो मन्दिरबाट मेरो स्वर सुन्नुभयो,+
मेरो गुहार उहाँको कानसम्मै पुग्यो।+
८ उहाँको नाकको पोराबाट धुवाँ निस्कियो,
उहाँको मुखबाट दनदनी बलेको आगो निस्कियो;+
बलिरहेको भुङ्ग्रो उहाँबाट निस्कियो।
११ त्यसपछि उहाँले आफैलाई अन्धकारले ढाक्नुभयो+
र मडारिएको कालो बादललाई+ आफ्नो वरिपरि पालजस्तै फिँजाउनुभयो।
१२ उहाँसामु बिजुली चम्कियो,
असिना र बलिरहेको भुङ्ग्रो बादल चिरेर निस्किए।
१३ तब यहोवा आकाशमा गर्जन थाल्नुभयो;+
असिना र बलिरहेको भुङ्ग्रो बर्साएर
सर्वोच्च परमेश्वरले आफ्नो स्वर सुनाउनुभयो।+
१४ उहाँले काँडहरू बर्साउनुभयो र शत्रुहरूलाई तितरबितर पार्नुभयो;+
बिजुली चम्काएर तिनीहरूलाई अलमलमा पार्नुभयो।+
१५ हे यहोवा, तपाईँको हप्काइले गर्दा,
तपाईँको नाकबाट निस्केको सासको वेगले गर्दा+
खोलाको पिँध देखियो+ र धर्तीका जगहरू उदाङ्ग भए।
१६ उहाँले माथिबाट आफ्नो हात पसार्नुभयो
अनि मलाई च्याप्प समातेर गहिरो सागरबाट निकाल्नुभयो।+
१७ उहाँले मलाई मेरो बलवान् शत्रुको हातबाट छुटाउनुभयो,+
मलाई घृणा गर्नेहरूको हातबाट, जो मभन्दा धेरै बलिया थिए।+
१८ म आपत्मा परेको दिन तिनीहरू मलाई आक्रमण गर्न आए+
तर यहोवा मेरो साथमा हुनुहुन्थ्यो।
२० यहोवाले मलाई मेरो धार्मिकताअनुसारको इनाम दिनुहुन्छ;+
२१ किनकि म यहोवाको मार्गमा हिँडेको छु,
दुष्ट भएर मेरा परमेश्वरलाई मैले त्यागेको छैनँ।
२२ मैले उहाँको कुनै ऐनकानुन बिर्सेको छैनँ;
म उहाँका विधिविधानलाई बेवास्ता गर्नेछैनँ।
२४ यहोवाले मेरो धार्मिकताअनुसार+
र उहाँसामु मेरा हातहरू निर्दोष भएकोले+ त्यसैअनुसार मलाई इनाम देऊन्।
२८ हे यहोवा, मेरो दियो बाल्ने तपाईँ नै हुनुहुन्छ;
अन्धकारले छोप्दा मेरा परमेश्वरले मलाई ज्योति दिनुहुन्छ।+
३३ उहाँले मेरा खुट्टा मृगको जस्तै बनाउनुहुन्छ;
उहाँ मलाई अग्ला ठाउँहरूमा उभिन लगाउनुहुन्छ।+
३४ उहाँ मेरा हातलाई युद्ध गर्न सिकाउनुहुन्छ;
मेरा हातले तामाको धनुमा ताँदो चढाउन सक्छ।
३५ तपाईँ मलाई उद्धारको ढाल दिनुहुन्छ;+
तपाईँले मलाई आफ्नो दाहिने बाहुलीले थाम्नुभएको छ*
र तपाईँको नम्रताले मेरो मान बढाएको छ।+
३६ तपाईँले मेरो बाटो चौडा पारिदिनुभएको छ;
मेरा खुट्टा चिप्लँदैनन्।+
३७ म मेरा शत्रुहरूलाई खेद्छु र तिनीहरूलाई जित्नेछु;
तिनीहरूको नामोनिसान नमेटेसम्म म फर्कनेछैनँ।
३८ म तिनीहरूलाई धुलोपिठो पार्नेछु र तिनीहरू फेरि उठ्न सक्नेछैनन्;+
म तिनीहरूलाई कुल्चीमिल्ची गर्नेछु।
३९ तपाईँ मलाई बल दिएर लडाइँको लागि तयार पार्नुहुन्छ;
मेरा शत्रुहरूलाई मेरो सामुन्ने ढालिदिनुहुन्छ।+
४१ तिनीहरू गुहार माग्छन् तर तिनीहरूलाई बचाउने कोही छैन;
तिनीहरू यहोवालाई समेत पुकार्छन् तर उहाँ तिनीहरूको पुकारा सुन्नुहुन्न।
४२ म तिनीहरूलाई कुल्चीमिल्ची गरेर बतासले उडाउने धुलोजस्तै बनाइदिनेछु;
म तिनीहरूलाई बाटोको हिलोलाई जस्तै मिल्काइदिनेछु।
४३ ममा दोष खोज्ने मानिसहरूबाट तपाईँ मलाई जोगाउनुहुन्छ।+
तपाईँ मलाई जातिजातिको अगुवा नियुक्त गर्नुहुन्छ।+
मैले चिन्दै नचिनेका मानिसहरूले मेरो सेवा गर्नेछन्।+
४४ सुनेको कुराको भरमा तिनीहरूले मेरो आदेश पालन गर्नेछन्;
विदेशीहरू डरले काँप्दै मसामु आउनेछन्।+
४५ तिनीहरूले हिम्मत हार्नेछन्;*
तिनीहरू थरथर काँप्दै आफ्नो किल्लाबाट निस्कनेछन्।
४६ यहोवा जीवित हुनुहुन्छ! मेरा चट्टानको प्रशंसा होस्!+
मेरो उद्धार गर्ने परमेश्वरको जयजयकार गरियोस्।+
४७ साँचो परमेश्वरले मेरो निम्ति साटो फेर्नुहुन्छ;+
जातिजातिका मानिसहरूलाई मेरो अधीनमा राख्नुहुन्छ।
४८ उहाँ मलाई क्रोधित शत्रुहरूबाट बचाउनुहुन्छ;
उहाँले मलाई मेरा आक्रमणकारीहरूभन्दा धेरै माथि उचाल्नुहुन्छ;+
मलाई हिंस्रक मानिसहरूबाट बचाउनुहुन्छ।
४९ त्यसैले हे यहोवा, जातिजातिका मानिसहरूबीच म तपाईँको प्रशंसा गर्छु;+