भजनसङ्ग्रह
१४९ याहको प्रशंसा गर!*
यहोवा परमेश्वरको निम्ति एउटा नयाँ गीत गाओ;+
वफादार जनहरूको समुदायमा उहाँको प्रशंसा गर।+
५ वफादार जनहरू महिमा पाएकोमा रमाऊन्;
तिनीहरूले आफ्नो ओछ्यानमा खुसीले जयजयकार गरून्।+
६ तिनीहरूको गलाबाट परमेश्वरको प्रशंसा गर्ने गीत गुञ्जियोस्।
तिनीहरूको हातमा दुईधारे तरबार होस्
७ ताकि तिनीहरूले राष्ट्रहरूसित बदला लिन सकून्
अनि जातिजातिलाई सजाय दिन सकून्,
८ उनीहरूका राजाहरूलाई साङ्लाले बाँध्न सकून्
अनि उनीहरूका प्रतिष्ठित मानिसहरूलाई फलामको नेल ठोक्न सकून्
९ र उनीहरूविरुद्ध लेखिएको न्यायदण्ड उनीहरूलाई दिन सकून्।+
यो सम्मान उहाँका सबै वफादार जनले पाउनेछन्।
याहको प्रशंसा गर!*