भजनसङ्ग्रह
दाउदको रचना।
३५ हे यहोवा, मेरा विरोधीहरूसित मेरो मुद्दा लड्नुहोस्;+
मसित लडाइँ गर्नेहरूविरुद्ध लडाइँ गर्नुहोस्।+
३ मलाई खेद्नेहरूविरुद्ध तपाईँको भाला र बन्चरो उठाउनुहोस्+
अनि मलाई भन्नुहोस्: “म तिम्रो उद्धारक हुँ।”+
४ मेरो ज्यान लिन खोज्नेहरू लाजमा परून् र तिनीहरूले बेइज्जती भोगून्।+
षड्यन्त्र रचेर मलाई नाश गर्न खोज्नेहरू अपमानित होऊन् र फर्केर जाऊन्।
५ तिनीहरू हावाले उडाउने भूसजस्तै होऊन्;
यहोवाका स्वर्गदूतले तिनीहरूलाई धपाऊन्।+
६ यहोवाका स्वर्गदूतले तिनीहरूलाई लखेट्दा
तिनीहरूको बाटो अँध्यारो र चिप्लो होस्।
७ किनकि विनाकारण मलाई पासोमा पार्न तिनीहरूले जाल बिछ्याएका छन्;
कारणैविना तिनीहरूले मेरो लागि खाडल खनेका छन्।
८ चिताउँदै नचिताएको बेला तिनीहरूमाथि विपत्ति आइपरोस्;
आफूले बिछ्याएको जालमा तिनीहरू आफै परून्;
तिनीहरू आफै त्यसमा फसून् र नाश होऊन्।+
९ तर यहोवा मेरो साथमा हुनुहुन्छ, त्यसैले म रमाउनेछु;
उहाँले गर्नुहुने उद्धारमा म खुसी हुनेछु।
१० मेरा सबै हड्डीले भन्नेछन्:
“हे यहोवा, तपाईँजस्तो अरू को छ र?
बलवान्हरूको हातबाट तपाईँ निस्सहायहरूलाई छुटाउनुहुन्छ,+
लुटेराहरूको पन्जाबाट असहाय र गरिबहरूलाई बचाउनुहुन्छ।”+
१२ भलाइको बदलामा तिनीहरू मेरो खराबी गर्छन्;+
तिनीहरू मलाई शोकित पार्छन्।
१३ तर तिनीहरू बिरामी पर्दा मैले भाङ्ग्रा लगाएँ;
उपवास बसेर मैले आफैलाई सास्ती दिएँ
अनि मेरो प्रार्थनाको जवाफ नपाउँदा
१४ आफ्नो साथी वा दाजुभाइको लागि जस्तैगरि म शोक गर्दै हिँडेँ;
आफ्नी आमाको लागि कसैले शोक गरेझैँ मैले दुःखले आफ्नो शिर निहुऱ्याएँ।
१५ तर जब म लडेँ, तिनीहरू खुसी भए र एकसाथ जम्मा भए;
तिनीहरू हुल बाँधेर मलाई आक्रमण गर्न ढुकिबसे;
तिनीहरूले मलाई टुक्राटुक्रा पारे, तिनीहरू चुप बसेनन्।
१७ हे यहोवा, तपाईँ कतिन्जेल हेरेर बस्नुहुन्छ?+
तिनीहरूको आक्रमणबाट मलाई जोगाउनुहोस्,+
जवान सिंहबाट मेरो अमूल्य जीवनलाई बचाउनुहोस्।+
१८ अनि म ठूलो समुदायको बीचमा तपाईँलाई धन्यवाद चढाउनेछु;+
मानिसहरूको भीडसामु तपाईँको प्रशंसा गर्नेछु।
१९ विनाकारण मेरो शत्रु बनेकाहरूलाई मेरो गिल्ला गर्न नदिनुहोस्;
विनाकारण मलाई घृणा गर्नेहरूलाई+ मेरो अहित चिताउँदै आँखा झिम्काउन नदिनुहोस्।+
२० किनकि तिनीहरूले शान्तिका कुराहरू गर्दैनन्
बरु देशमा शान्तिसित बसिरहेकाहरूलाई फसाउन धूर्त चालहरू चल्छन्।+
२१ मलाई आरोप लगाउन तिनीहरू आफ्नो मुख बाउँछन्
र भन्छन्: “आहा! आहा! हामीले आफ्नै आँखाले देख्यौँ।”
२३ उठ्नुहोस् र मेरो रक्षा गर्नुहोस्,
हे यहोवा, मेरा परमेश्वर, मेरो तर्फबाट मुद्दा लड्नुहोस्।
२४ हे यहोवा, मेरा परमेश्वर, तपाईँको धार्मिक स्तरअनुसार मेरो इन्साफ गर्नुहोस्;+
मेरो हालत देखेर तिनीहरूले ठट्टा गर्न नपाऊन्।
२५ तिनीहरूले मनमनै कहिल्यै यसो भन्न नपाऊन्: “आहा! हामीले सोचेजस्तै भयो।”
तिनीहरूले कहिल्यै यसो भन्न नपाऊन्: “हामीले त्यसलाई निल्यौँ।”+
२६ मेरो विपत्ति देखेर मेरो गिल्ला गर्नेहरू
सबै लाजमा परून् र बेइज्जती भोगून्।
अनि ज-जसले आफूलाई मभन्दा माथि उचाले, तिनीहरूलाई लाज र अपमानले ढाकोस्।
२७ तर मेरो धार्मिकता देखेर खुसी हुनेहरूले आनन्दसाथ जयजयकार गरून्
अनि तिनीहरूले निरन्तर यसो भनून्:
“यहोवाको महिमा होस्, जो आफ्ना सेवकहरूले पाएको शान्तिमा प्रसन्न हुनुहुन्छ।”+