भजनसङ्ग्रह
निर्देशकलाई; नेहिलोथ।* दाउदले रचेको भजन।
५ हे यहोवा, मेरो कुरा सुन्नुहोस्;+
मेरो सुस्केरामा ध्यान दिनुहोस्।
२ मेरो गुहार सुन्नुहोस्,
हे मेरा राजा, हे मेरा परमेश्वर, किनकि म तपाईँलाई नै पुकार्छु।
३ हे यहोवा, बिहानै तपाईँले मेरो स्वर सुन्नुहुनेछ;+
बिहानै म तपाईँलाई आफ्नो चिन्ता पोखाउनेछु+ र तपाईँकै बाटो हेर्नेछु।
५ तपाईँसामु घमन्डी मानिस खडा हुन नसकोस्।
दुष्ट काम गर्ने सबैलाई तपाईँ घृणा गर्नुहुन्छ।+
७ तपाईँले देखाउनुहुने अपार प्रेमको* कारण+ म तपाईँको भवनमा आउनेछु;+
तपाईँप्रतिको श्रद्धा र भयले गर्दा म तपाईँको पवित्र मन्दिरतिर* फर्केर दण्डवत् गर्नेछु।+
८ हे यहोवा, मलाई तपाईँको सत्यतामा डोऱ्याउनुहोस् किनकि मलाई शत्रुहरूले घेरेका छन्;
म तपाईँको मार्गमा नधरमराई हिँड्न सकूँ।+
९ तिनीहरूको कुरा पत्याउनै सकिँदैन;
तिनीहरू खराबी मात्र चिताउँछन्;
तिनीहरूको घोक्रो खुला चिहान हो;
तिनीहरू चिप्ला-चिप्ला कुरा गर्छन्।+
१० तर परमेश्वरले तिनीहरूलाई दोषी ठहराउनुहुनेछ;
तिनीहरूको आफ्नै षड्यन्त्रले गर्दा तिनीहरूको पतन हुनेछ।+
तिनीहरूले गरेको असङ्ख्य पापले गर्दा तिनीहरूलाई लघारियोस्
किनकि तिनीहरूले तपाईँको विरोध गरेका छन्।
११ तर तपाईँको शरणमा आउनेहरू रमाउनेछन्;+
तिनीहरूले सधैँ रमाहट गर्नेछन्।
तपाईँले तिनीहरूको रक्षा गर्नुहुनेछ
र तपाईँको नामलाई माया गर्नेहरूले रमाहट गर्नेछन्।
१२ किनकि हे यहोवा, धर्मी मानिसलाई तपाईँले आशिष् दिनुहुनेछ;
तिनीहरूलाई अनुमोदन दिएर ठूलो ढालले जस्तै सुरक्षा दिनुहुनेछ।+