तनावबाट मुक्ति पाउनुहोस्
के-कस्ता कारणले तनाव हुन्छ?
स्वास्थ्य उपचारसम्बन्धी चिरपरिचित संस्था मायो क्लिनिक यसो भन्छ, “प्रायजसो वयस्कहरूमा पहिलेभन्दा झन् तनाव बढ्दै गइरहेको छ। अहिले जीवन द्रुत गतिमा परिवर्तन हुँदै छ र अनिश्चित छ।” आउनुहोस्, तनाव निम्त्याउने केही कारण विचार गरौँ:
सम्बन्धविच्छेद
प्रियजनको मृत्यु
गम्भीर रोग
गम्भीर दुर्घटना
अपराध
व्यस्त जीवन
प्रकोप—प्राकृतिक वा मानवीय
स्कुल वा काम गर्ने ठाउँमा आउने दबाब
काम र आर्थिक सुरक्षाको चिन्ता