गीत १४६
यिनलाई जे-जति गऱ्यौ, मलाई नै गऱ्यौ
१. येशूका भाइहरूसँग एकसाथ मिली
गर्छन् अरू भेडा याहको सेवा।
जेजति गर्छन्
यी भाइहरूका लागि
पाउनेछन् प्रतिफल त्यसका लागि।
(कोरस)
“यिनलाई साथ दिनु नै मलाई दिनु हो।
यिनको लागि गर्नु मेरो लागि हो।
यिनलाई देको मदत मलाई देको हो।
यिनलाई जे गऱ्यौ, मलाई नै गऱ्यौ।
यिनलाई जे गऱ्यौ, त्यो मलाई नै गऱ्यौ।”
२. “भोकाएको बेला खान दियौ मलाई,
पिउन दियौ मलाई तिर्खाको बेला।”
सोध्यौ तिमीले:
“कैले गऱ्यौं यस्तो काम?”
राजा येशूले दिन्छन् यस्तो जवाफ:
(कोरस)
“यिनलाई साथ दिनु नै मलाई दिनु हो।
यिनको लागि गर्नु मेरो लागि हो।
यिनलाई देको मदत मलाई देको हो।
यिनलाई जे गऱ्यौ, मलाई नै गऱ्यौ।
यिनलाई जे गऱ्यौ, त्यो मलाई नै गऱ्यौ।”
३. “छोडेनौ कहिल्यै असल काममा लाग्न।
प्रचार गऱ्यौ मेरा भाइहरूसँगै।”
त्यसैले राजाले
भन्नेछन् भेडालाई:
“अधिकार गर पृथिवीमा सधैं।”
(कोरस)
“यिनलाई साथ दिनु नै मलाई दिनु हो।
यिनको लागि गर्नु मेरो लागि हो।
यिनलाई देको मदत मलाई देको हो।
यिनलाई जे गऱ्यौ, मलाई नै गऱ्यौ।
यिनलाई जे गऱ्यौ, त्यो मलाई नै गऱ्यौ।”
(हितो. १९:१७; मत्ती १०:४०-४२; २ तिमो. १:१६, १७ पनि हेर्नुहोस्।)