गीत २१
गरिरहौँ खोजी राज्यको पहिले!
छापिएको संस्करण
१. याहलाई छ अनमोल केही
उनलाई खुसी तुल्याउने;
त्यो हो ख्रिष्ट येसुको राज्य;
सच्याउँछ सबथोक यसले।
(कोरस)
खोजौँ याहको राज्य पैले
साथै धार्मिकता उनको।
विश्वासी भै सेवा गरौँ;
गाऔँ है गुनगान पिताको।
२. नगरौँ फिक्री भोलिको;
नभनौँ खै के खाने!
प्रबन्ध छ यहोवाको
खोजेमा राज्य पैले।
(कोरस)
खोजौँ याहको राज्य पैले
साथै धार्मिकता उनको।
विश्वासी भै सेवा गरौँ;
गाऔँ है गुनगान पिताको।
३. सुनाऔँ राज्यको समाचार;
नम्रले पाऊन् थाहा।
याह र उनको शासनमा
छ ठूलो तिनको आशा।
(कोरस)
खोजौँ याहको राज्य पैले
साथै धार्मिकता उनको।
विश्वासी भै सेवा गरौँ;
गाऔँ है गुनगान पिताको।
(भज. २७:१४; मत्ति ६:३४; १०:११, १३; १ पत्रु. १:२१ पनि हेर्नुहोस्)