पत्रिकाबारे के भन्ने
प्रहरीधरहरा सेप्टे. १
“हामी अक्सर ईश्वरलाई प्रार्थना गर्छौं। तर हाम्रो प्रार्थना उहाँलाई स्वीकार्य छ कि छैन भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस् र त्यसपछि भजन १४१:२ पढ्नुहोस्। अनि पृष्ठ २२ को लेख देखाउनुहोस्।] यस लेखमा हामीले उहाँलाई स्वीकार्य ढंगमा कसरी प्रार्थना गर्न सक्छौं भनी बताइएको छ।”
ब्यूँझनुहोस्! जुला. – सेप्टे.
“आजभोलि थुप्रै मानिसहरूको विचारमा सफल हुनको लागि हप्कीदप्की नगरी हुँदैन। तर येशूले के भन्नुभयो, हेर्नुहोस् त। [मत्ती ५:५, ९ पढ्नुहोस्।] के तपाईं यो कुरासित सहमत हुनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्।] अरूसित मिलेर बस्नुको तीन वटा फाइदाहरू यस पत्रिकामा बताइएको छ।” पृष्ठ २८ को लेख देखाउनुहोस्।
प्रहरीधरहरा अक्टो. १
“थुप्रै विवाहित दम्पतीलाई मदत गरेको एउटा शास्त्रपद म तपाईंलाई पढेर सुनाउँछु नि। [एफिसी ५:३३ पढ्नुहोस्।] आफ्नो पारिवारिक सम्बन्ध राम्रो बनाउन हामीले यहाँ दिइएको सल्लाह कसरी लागू गर्न सक्छौं होला? [जवाफ दिने मौका दिनुहोस् र त्यसपछि पृष्ठ ७ को लेख देखाउनुहोस्।] यस लेखमा व्यावहारिक सल्लाहहरू दिइएका छन् र ती लाभकारी साबित भएको छ।”
ब्यूँझनुहोस्! अक्टो. – डिसे.
“परमेश्वरमा विश्वास गर्नु वैज्ञानिक दृष्टिकोणबाट सही हो कि होइन भनेर थुप्रै मानिस सोच्ने गर्छन्। तपाईंलाई कस्तो लाग्छ नि? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि हिब्रू ३:४ पढ्नुहोस्।] सृष्टिकर्ता हुनुहुन्छ भन्ने निष्कर्षमा केही वैज्ञानिकहरू कसरी पुग्न सके, त्यसका प्रमाणहरू ब्यूँझनुहोस्!-को यस विशेष अंकमा केलाएर हेरिएको छ।”