पत्रिकाबारे के भन्ने?
प्रहरीधरहरा जुला. १
“के तपाईंलाई बेग्ला-बेग्लै भाषा अनि पृष्ठभूमिका मानिसहरू मिलेर बस्न सक्छन् जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] यस विषयमा परमेश्वर के भन्नुहुन्छ, तपाईंलाई पुरानो धर्मशास्त्रबाट देखाउँछु। [प्रेरित १०:३४, ३५ पढ्नुहोस् र पृष्ठ ३ को लेख देखाउनुहोस्।] मिलेर बस्न कसरी सम्भव छ भनेर यो लेखले बताउँछ।”
ब्यूँझनुहोस्! जुला.–सेप्टे.
“गुजारा गर्न पैसा नभई हुँदैन। तर के पैसा थुपार्नमै व्यस्त हुनु ठीक होला? [जवाफ दिने मौका दिनुहोस्।] धनको पछि दगुर्दा के हुन सक्छ, बाइबलले यसो भन्छ। [१ तिमोथी ६:१० पढ्नुहोस्।] जीवन कसरी सरल बनाउने र थोरै पैसाले कसरी जीविका चलाउने भन्ने बारेमा यो पत्रिकाले राम्रो सुझाव दिएको छ।”
प्रहरीधरहरा अग. १
“येशूले बताउनुभएको एउटा विषयमा तपाईंको विचार बुझ्न मन लागेको छ। [मत्ती ५:३ पढ्नुहोस्।] के तपाईंलाई आनन्दित हुन आध्यात्मिक कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] आध्यात्मिकता के हो र कसरी पाउने भनेर यो पत्रिकाले बताउँछ।”
ब्यूँझनुहोस्! जुला.–सेप्टे.
“अहिले थुप्रैको वैवाहिक जीवन भताभुङ्ग भइरहेको छ। अहिलेको अवस्था हेर्दा विवाह गर्न चाहनेले निकै सोच-विचार गरेर जोडी छान्नुपर्छ भनेर प्रस्ट देखिन्छ। तर राम्ररी जोडी छान्न केले मदत गर्छ? [जवाफ दिने मौका दिनुहोस्।] यो पुरानो हितोपदेशले मदत गर्न सक्छ। [हितोपदेश २२:३ पढ्नुहोस् र पृष्ठ १६ मा भएको लेख देखाउनुहोस्।] राम्ररी सोच विचार गरेर जोडी छान्न यो लेखले मदत गर्छ।”