बाइबलमा पाइने अनमोल धन | भजन ५२-५९
‘तपाईंको भारी यहोवामा राख्नुहोस्’
दाऊदले आफ्नो जीवनमा थुप्रै चुनौतीको सामना गर्नुपऱ्यो। तिनले निम्न चुनौतीहरूको सामना गरेपछि भजन ५५ अध्यायको गीत रचे:
बेइज्जती
खेदो
दोषी भावना
सन्तानको मृत्यु
बिरामी
धोका
दाऊदको दुःखको भारी बोक्नै नसकिने जस्तो देखिए तापनि तिनले त्यसको सामना गर्न सके। आफूजस्तै महसुस गर्नेहरूलाई तिनले यस्तो सल्लाह दिए, “तेरो भारी परमप्रभुमा राख्।”
यो शास्त्रपद लागू गर्ने तरिका:
१ कुनै समस्या आइपर्दा अथवा निराश वा चिन्तित हुँदा यहोवालाई व्यग्र प्रार्थना गर्नुहोस्
२ यहोवाको वचन र सङ्गठनबाट डोऱ्याइ र मदत खोज्नुहोस्
३ आफ्नो परिस्थिति सुधार्न बाइबलको सिद्धान्तअनुसार कदम चाल्नुहोस्