ख्रीष्टियन जीवन
परिस्थिति परिवर्तन हुँदा आध्यात्मिक तवरमा सक्रिय र जागा रहनुहोस्
विशेषगरि अहिले अन्तिम दिनमा हामी विभिन्न परिवर्तनको सामना गर्छौं। (१को ७:३१) जीवनमा आउने परिवर्तनहरू चाहे राम्रो होस् वा नराम्रो त्यसले यहोवाको उपासना र उहाँसितको हाम्रो सम्बन्धमा प्रत्यक्ष असर गर्छ। यस्ता परिवर्तनहरू आउँदा हामी कसरी आध्यात्मिक तवरमा सक्रिय र जागा रहन सक्छौं? बसाइँ सर्दा आध्यात्मिकताको जग बलियो बनाइराख्नुहोस् भन्ने भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरू छलफल गर्नुहोस्:
एक जना बुबालाई साक्षी भाइले कस्तो सल्लाह दिए?
मत्ती ७:२५ मा पाइने सिद्धान्त तिनको परिवारको अवस्थामा कसरी लागू गरियो?
सर्नु अघि परिवारले पहिल्यै कस्तो योजना बनाए अनि यसले तिनीहरूलाई कस्तो फाइदा पुऱ्यायो?
नयाँ मण्डली अनि इलाकामा घुलमिल हुन तिनीहरूलाई कुन कुराले मदत गऱ्यो?
मैले हालै कस्ता ठूलठूला परिवर्तनहरू अनुभव गरें?
यो भिडियोमा उल्लेख गरिएको सिद्धान्त म आफ्नो परिस्थितिमा कसरी लागू गर्न सक्छु?