गीत ३०
यहोवाको शासन सुरु
१. यो दिन हो महिमाको। लौ! या’को राज सुरु भो।
सियोनमा शिर ढुङ्गो ख्रीष्ट बसाले।
सोर उचाली गाऔं लौ। या’को गानमा रमाऔं।
उद्धारक येशू सिंहासनमा बिराजे।
(कोरस)
के ल्याउनेछौ, याहको राज्य?
सत्य र धार्मिकताको जित।
र अरू के, याहको राज्य?
सदा जीवन र आनन्द।
प्रशंसा गर मालिकलाई;
उनको प्रेम छ अनन्त।
२. येशू ऐले शक्तिमा। आरमागेडोन छेवैमा।
नाश हुनेछ सैतानको राज चाँडै।
प्रचारको बेला ऐले। सुन्नुछ लौ धेरैले;
नम्रले अडान लिने बेला अहिल्यै।
(कोरस)
के ल्याउनेछौ, याहको राज्य?
सत्य र धार्मिकताको जित।
र अरू के, याहको राज्य?
सदा जीवन र आनन्द।
प्रशंसा गर मालिकलाई;
उनको प्रेम छ अनन्त।
३. अमूल्य प्रभु राजा। महान् हाम्रो दृष्टिमा।
आउँछन् या’को नाउँमा; सामु झुकौं।
मन्दिरमा राख पाइला; अनुग्रह या’को पाऊ।
उनको राजको न्यानो घाम झुल्कनै लाग्यो।
(कोरस)
के ल्याउनेछौ, याहको राज्य?
सत्य र धार्मिकताको जित।
र अरू के, याहको राज्य?
सदा जीवन र आनन्द।
प्रशंसा गर मालिकलाई;
उनको प्रेम छ अनन्त।
(२ शमू. ७:२२; दानि. २:४४; प्रका. ७:१५ पनि हेर्नुहोस्)