गीत ११५
सफलताको मार्गमा हिंडौं
१. मोल गर्छौं या’को वचनलाई।
पढौं है हरेक दिन।
गर्दै मनन हर विचारलाई
गरौं आज्ञापालन।
डोऱ्याओस् बाइबलले
हाम्रो कदम र बोलीलाई।
(कोरस)
पढाइ, मनन, आज्ञापालन;
मूल हुन् यी आशिष्का।
दिनदिनै या’सित हिंड्दा
पाइन्छ सफलता।
२. इस्राएलका हर राजाले
पाए आज्ञा या’को:
‘व्यवस्थाको हरेक आज्ञा
लेख्नू हातले आफ्नो।
पढ्नू त्यसलाई जीवनभरी
नगर्नलाई गल्ती।’
(कोरस)
पढाइ, मनन, आज्ञापालन;
मूल हुन् यी आशिष्का।
दिनदिनै या’सित हिंड्दा
पाइन्छ सफलता।
३. मिल्छ सान्त्वना र आशा
या’को वचन पढ्दा।
शान्ति दिन्छ चिन्तित मनलाई,
पार्छ विश्वास पक्का।
साँचो मनले पालन गर्दा
हुन्छौं परिपक्व।
(कोरस)
पढाइ, मनन, आज्ञापालन;
मूल हुन् यी आशिष्का।
दिनदिनै या’सित हिंड्दा
पाइन्छ सफलता।
(व्यव. १७:१८; १ राजा २:३, ४; भज. ११९:१; यर्मि. ७:२३ पनि हेर्नुहोस्)