गीत ७८
धीरज
छापिएको संस्करण
१. सर्वोच्च प्रभु याह
चाहन्छन् नाउँ चोखो पार्न।
चाहन्छन् मनैदेखि
कलङ्क सबै मेटाउन।
धीरजी भए याह
हजारौं वर्षदेखी;
थाकेका छैनन् कैल्यै
धीरजी छन् उनी।
सबैले उद्धार पाऊन्
यही नै हो इच्छा उनको।
व्यर्थैमा होइन सुन
याहले धीरज देखा’को।
२. धीरजको खाँचो आज
हिंड्न जीवनको बाटोमा।
भर्दछ मन शान्तिले
फस्दैनौं रिसको पासोमा।
खोज्दछ भलाइ सबको;
राख्दछ उत्तम आशा।
धीरजले जोगाउनेछ
दुःखले पिरोल्दा।
धीरज र अरू सद्गुण
पवित्र शक्तिले दिने;
देखाउन सिकौं आजै।
गरौं कोसिस या’झैं बन्ने।
(प्रस्थ. ३४:१४; यशै. ४०:२८; १ कोरि. १३:४, ७; १ तिमो. २:४ पनि हेर्नुहोस्)