शिक्षण पेटी १३क
फरक मन्दिर, फरक पाठ
इजकिएलले दर्शनमा देखेको मन्दिर:
बेबिलोनको निर्वासनमा रहेका यहुदीहरूलाई इजकिएलले वर्णन गरेको मन्दिर हो
त्यहाँ भएको वेदीमा थुप्रै बलिदान चढाइन्छ
उपासनाको लागि यहोवा परमेश्वरले तोक्नुभएका धार्मिक स्तरहरूलाई जोड दिन्छ
इस्वी संवत् १९१९ देखि सुरु भएको आध्यात्मिक पुनर्स्थापनातर्फ हाम्रो ध्यान खिच्छ
महान् आध्यात्मिक मन्दिर:
हिब्रू ख्रिष्टियनहरूलाई पावलले वर्णन गरेको मन्दिर हो
त्यहाँ भएको वेदीमा “सदाको लागि” एउटै मात्र बलिदान चढाइन्छ (हिब्रू १०:१०)
वासस्थान र यरुसलेमको मन्दिरले लामो समयदेखि चित्रण गर्दै आएको कुराको व्याख्या गर्छ। त्यो हो, ख्रिष्टको फिरौतीको बलिदानको आधारमा यहोवा परमेश्वरले शुद्ध उपासनाको लागि मिलाउनुभएको प्रबन्ध
इस्वी संवत् २९ देखि ३३ सम्म ख्रिष्टले महान् प्रधानपुजारीको रूपमा गर्नुभएको कामतर्फ हाम्रो ध्यान खिच्छ