सुसमाचारको विश्वव्यापी प्रचार
परमेश्वरको राज्यले शासन गरिरहेछ! यो सर्वोत्तम् समाचार हो। यसै कारण, येशूले अगमवाणी गर्नुभएको “सुसमाचार” र यूहन्नाको दर्शनमा स्वर्गदूतले घोषणा गरेको “अनन्त सुसमाचार”, सन् १९८९मा, यहोवाका ३,७००,००० साक्षीहरूले उत्साह सहित संसार भरि घोषणा गरे। (मत्ती २४:१४; प्रकाश १४:६) प्रेरित पावलले भन्नु भएझैं, “तिनीहरूको सोर सारा पृथ्वीमा पुग्यो, औ तिनीहरूका कुरा संसारको अन्तसम्म।” (रोमी १०:१८) औ “परमेश्वर सँग डराओ र उहाँलाई महिमा देओ” भनेर तिनिहरूले दिएका आवहानलाई, प्राय: प्रत्यक जाति, कुल र भाषाका व्यक्तिहरूले आनन्दपूर्वक स्वागत् गरेकाछन्।—प्रकाश १४:७
जीवन बीमा फेरि आवश्यक पर्ने छैन
यसो गर्नुहुने एक जना व्यक्ति विलायतमा बस्नु हुन्छ। जीवनको अनिश्चितता नै उहाँको व्यवसायको आधार थियो। उहाँ, अर्थात केन, जीवन बीमा बेच्ने कामगर्नुहुन्थियो। यही सिलसिलामा, एक दिन केन यहोवाका साक्षीहरूको एउटा परिवार सँग भेट गर्न जानु भएको बेलामा, तिनीहरूले उहाँलाई यो प्रश्न गरे छन्: “जीवन बीमाको खाँचै न पर्ने संसारमा बस्न के तपाईंलाई मन परथियो होला?” तिनीहरूले के भन्न खोजी रहेका थिये? बाइबलमा उल्लेखित् गरे अनुसार, आज जीवनलाई अनिश्चित् तुल्याउने, रोग र मृत्यु जस्ता कुराहरू, परमेश्वरको राज्य आए पछि हुनेछैन।
तर के यस्तो हुनु सम्भव छ र? छ, किनभने स्वयम् परमेश्वरले यसको प्रतिज्ञा गर्नु भएकोछ। उदाहरणका लागि, बाइबलले एसो भन्दछ: “परमेश्वर तिनीहरू [मानिसजाति] सँग बास गर्नुहुनेछ। उहाँले तिनीहरूका सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रूवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेकाछन्।” (प्रकाश २१:३, ४) यस प्रकारको परिवर्तन कसरी आउनेछ? परमेश्वरको राज्य द्वारा। परमेश्वरको वचन अनुसार, यो राज्यले चाँड़ै नै “यी सबै राज्यहरूलाई [आधुनिक जमानाका राजनीतिक सरकारहरू] चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरीदिनेछ। तर यो राज्य चाहिं सदा सवर्दै रहिरहनेछ।”—दानियल २:४४
शास्त्रमा उल्लेखित् यस प्रकारका कुराहरू, यहोवाका साक्षीहरूले आफ्नो विश्वव्यापी प्रचारको अभियानमा, लाखौं मानिसहरूलाई देखाएकाछन्। यी कुराहरू काल्पनिक मात्र होइन रहेछन् भनेर केन जस्ता अरू धेरैले स्वीकारेकाछन्। प्रमाण यथेष्ट छ। यी ईश्वरीय प्रतिज्ञाहरू भरोसा गर्ने योग्यका छन् र चाँड़ै पूरा हुनेछन्।
जीवन मूल्यहरूमा परिवर्तन
स्वर्गदूतको आनन्दपूर्ण घोषणा यहोवाका साक्षीहरूले पुकारेका सुन्नेहरूले, परमेश्वर सँग डराउनु र उहाँलाई महिमा दिनुको अर्थ बाइबलको प्रतिज्ञाहरूमा विश्वास गर्नु बाहेक अरू कुराहरू पनि गर्न आवश्यक रहेछ भनेर बुझेकाछन्। तिनीहरूले जीवन प्रति आफ्नो दृष्टिकोण सम्पूर्णतया बदलेकाछन्। फलस्वरूप, जीवनका अनेक निराशा र क्लेशहरू बाट तिनीहरू मुक्तछन्।
यसको प्रमाण, राफेल र उहाँकी पत्नीको अनुभवमा पाउँदछौं। दुवै आरजेनटिनामा बसोबास गर्द थिये। तिनीहरूको विवाह ४० वर्ष भन्दा अघि भएको थियो। त्यति बेला देखि नै तिनी दुवैले जीवनमा परिश्रम गरेर एउटा सुरक्षित् भविष्यको लागि पैसा बचाउने लक्ष्य सामने राखे। तर, २१ वर्ष पश्चात्, त्यतिको मेहनतको फल एउटा सानो घर मात्र भयो र त्यसको पनि बारम्बार मरम्मत गरी रहनु पर्ने। शुरूमा विवाह गर्ने बेलाको भन्दा बढ़ी सुरक्षा पटक्कै अनुभव गर्न पाएनन्।
तर, यहोवाका साक्षीहरू बाट सुसमाचार सुन्न पाए पछि तिनीहरूले एउटा अझ उत्तम श्रेणीको धन र सुरक्षा बारे सिके। यस विषयमा, येशूले आफ्नो पहाड़ी उपदेशमा एसो भन्नु भएको थियो: “आफ्नो निम्ति पृथ्वीमा धन सम्पत्ति न थुपार, जहाँ कीरा र खियाले नष्ट पार्छ, र जहाँ चोरहरूले फोरेर चोर्छन्। तर आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्ट पार्दैन, औ चोरले पनि चोर्दैन।”—मत्ती ६:१९,२०
भौतिक धन बारे बाइबलले हामीलाई अव्यवहारिक हुन न सिकाएतापनि, यी कुराहरूमा भरोसा गर्ने प्रोत्साहन चाँहि हामीलाई दिंदैन। (उपदेशक ७:१२) बरू, बाइबल अध्ययन गर्न, परमेश्वरको इच्छा सिक्न र त्यो इच्छाको पालनालाई आफ्नो जीवनमा प्रथम स्थान दिनु पर्छ। (मत्ती ६:३३) राफेल र उहाँकी पत्नीले यो अध्यात्मिक् धन थुपारनु थाले र आज, आफ्नो आर्थिक अवस्थाले गर्दा होइन, तर परमेश्वर सँगको आफ्नो सम्बन्धले गर्दा, तिनीहरू आफूलाई वास्तवमा धनवान महसूस गर्दछन्। (प्रकाश ३:१७,१८) राज्यको समाचार तिनीहरूको निम्ति साँच्चै नै सुसमाचार थियो।
विवाह सप्रियो
सुसमाचारमा असल गर्ने ताकत छ। उदाहरणको लागि, बिलायतमा बस्नु हुने जोन्लाई बाइबलमा केही चासो थिएन तर उनकी पत्नी र छोरा-छोरीलाई चाहिं चासो थियो। यसकारण, तिनीहरू यहोवाका साक्षीहरूको सभाहरूमा आउन थाले तर जोन् चाहिं आफ्नो मित्रहरू सँग रक्सी पिउन जान् थिए। फलस्वरूप, जोन् धेरै मात्रामा रक्सी पिउनु र धुम्रपान गर्न थाले र अन्तत्वगत्वा, अनैतिकतामा पनि ग्रस्त भये। आखिरमा, आफ्नी पत्नी र छोरा-छोरीलाई त्यागेर एउटी अर्कै स्वास्नीमान्छे सित सहबास गर्न थाले।
सम्बन्ध विच्छेदको कागत पत्र तयार हुनु थाल्यो। तर, उनकी पत्नीले सुसमाचारको अध्ययन द्वारा मसीही चालचलन सिकेको हुनाकारण, जोन सँग विवेकशीलता साथ व्यवहार गरेको देखेर जोन छक्क परे। जोन्ले यसको कारण बुझुनु सकेनन्। सम्बन्ध विच्छेद हुनु भन्दा तीन सप्ताह अघि, जोनकी पत्नीको असल चालचलन सफल भयो। जोनले आफ्नो गलत कामको लागि साँचो पश्चाताप प्रकट गरे र सम्बन्ध विच्छेदको कारवाही स्थगन गरियो। यस पछि, जोन आफैले पनि सुसमाचारमा ध्यान दिये र यहोवाका साक्षीहरू सँग बाइबल अध्ययन शुरू भयो। आज जोन स्वयम् यहोवाको एकजना साक्षी हुन् र आफ्नी पत्नी सँग मिलेर, अरूहरूलाई राज्यको सुसमाचार सुनाउनेकाममा भाग लिइरहेका छन्।
आज पारिवारिक् मूल्यहरू घटदै गएको हुनाकारण, धेरैलाई बाइबलमा आधारित् सुसमाचार बाट पाइने मदद्को खाँचो छ। पेरूमा, यहोवाको एक जना साक्षी, हवाई यात्रा गर्दा, एउटा सैनिक कर्नेलको छेउमा बस्नु भएको थियो। दुवै आपसमा कुरा गर्न थाले पछि, त्यो कर्नेलले आफ्नो पारिवारिक समस्याहरू पोख्याउन लागे। उनकी पत्नी मादक पदार्थको कुसेवन्मा आसक्त भएकी रहेछ र कर्नेललाई त्यागेर, आफू भन्दा कान्छो मानिस सँग जान लागेकी रहेछ। पारिवारिक समस्याहरूका लागि बाइबलमा असल र भरपर्दो सल्लाह पाइन्छ र यही सल्लाह प्रयोगमा ल्याउनु भएर, उहाँले आफ्नो परिवारको समस्याहरूको समाधान गर्न सकनु भएको कुरा, साक्षीले यो कर्नेललाई मायालु ढंगमा बताउनु भयो।—एफिसी ५:२१–६:४
कर्नेलले यी साक्षीलाई ती सहानुभूतिपूर्ण शब्दहरूका लागि धन्यबाद दिए पछि, यो सुसमाचार बारे आफ्नो ज्ञान बढ़ाउनका लागि, प्रहरीदुर्ग र अवेक! पत्रिकाहरूका निम्ति वार्षिक ग्राहक पनि बने। तर साक्षी हवाई-जहाज बाट बाहिर निस्कनु हुँदा, एउटा जवान जोड़ी, पछाड़ी बाट हतार-हतार उहाँ सँग कुरा गर्न आएर एसो भने: “हामी तपाईंको सामने पट्टि बसेका थियौं र तपाईंले ती अर्का मानिस सँग गर्नु भएको कुरा जम्मै सुन्यौं। हामी पनि ती पत्रिकाहरूको वार्षिक ग्राहक बन्न चाहन्छौं।” हो, यिनीहरूले पनि, मानिसहरूको जीवनमा उन्नत्ति गराउने सुसमाचार सिक्न चाहे।
एउटा परिवर्तित् जीवन
बाइबलमा आधारित् सुसमाचारले मानिसहरूको जीवनमा परिवर्तन ल्याउन सक्छ। प्रेरित् पावलले भने झैं: “परमेश्वरको वचन जीवित र प्रबल छ।” (हिब्रु ४:१२) ग्रीसको म्यासिडोन्यिमा बस्ने एक जना जवान मानिसको जीवनमा यो कुरा सत्य साबित भयो। बाइबल अनुसार, परमेश्वरको नाउँ यहोवा रहेछ भन्ने कुरा थाह पाएर यो मानिस छक्क पर्यो। उसले तुरन्त एक जना मित्र द्वारा यहोवाका साक्षीहरू सँग भेट गर्ने प्रबन्ध मिलायो। साक्षीहरू सँग दुई पटक भेटेर छलफल गरियो र प्रत्यक छलफल चार घण्टा सम्म चल्यो। यस पछि, यो जवान मानिसले नियमित् रूपमा बाइबल अध्ययन गर्न मञ्जुर गर्यो र प्रथम बाइबल अध्ययन बिहान दुई बजे सम्म चल्यो!
त्यो प्रथम अध्ययन पश्चात्, यो मानिसले बाइबलको सिद्धान्त अनुसार हिड्न, आफ्नो जीवनमा तुरन्त परिवर्तनहरू ल्याउन थाल्यो। यहोवाको साक्षीहरू सँग उपासनाको निम्ति सभाहरूमा भेला हुन थाल्यो र सृष्टिकर्त्तालाई धेरै नै प्रेम गर्ने मानिस भइ दियो। बाइबल अध्ययन शुरू गरेको प्रथम सप्ताहमा, उसले आफ्नो लामो कपाल काटी दियो। दोस्रो सप्ताहमा, उत्ताउला सङ्गतको खोजीमा रोदी घरहरू जान छाड़ी दियो। तेस्रो सप्ताहमा, धुम्रपान गर्न बन्द भयो। दुई महिना अध्ययन गरीसके पछि, यहोवाको साक्षीहरू सँग मिलेर अरूहरूलाई राज्यको सुसमाचार सुनाउने काममा भाग लिन थाल्यो। यहोवाका साक्षीहरू उसको इलाकामा सुसमाचार लिएर आएकोमा धेरै नै आनन्दित् थियो।
झ्यालखाना भित्र सुसमाचार
यो सुसमाचारलाई झ्यालखानाले पनि रोक्नु सक्दैन। स्पेनमा, लूटमार र अरू अन्य अपराधहरू गरेका लागि, जोसे नामक एक जना जवान मानिसले झ्यालखाना भित्र लामो समयको सजाय भोगी रहेकोछ। तर यहोवाका साक्षीहरूले उसलाई सुसमाचार सुनाउने मौका पाए र बाइबलको सन्देशले उसको दृष्टिकोण सम्पूर्णतया बदलिदियो। यहोवाले उसलाई “शक्ति” दिनुभयो।—फिलिप्पी ४:१३
जोसेको भनाइ अनुसार, पहिला गरेका गलतीहरूको कारण, यो रीतिरिवाज रहुञ्जेल, शायद उसले सारा जीवन झ्यालखानामै बिताउनु पर्ला। तर उसले बप्तिस्मा लिसक्यो र आज उ एउटा मसीही हो। उसकी पत्नीले पनि उसलाई पूरा समर्थन गर्दछे र तिनीहरूको कान्छो छोरोलाई मसीही शिक्षा र चेताउनी अनुसार हुर्काउने कोशिश गर्दैछे। अर्को तिर जोसेले झ्यालखाना भित्रका अरू कैदीहरूलाई सुसमाचार सुनाउने गर्छ। यी मानिसहरू सँग झ्यालखाना बाहिरका प्रचारकहरूले कुरा गर्न सक्दैनन्। आज जोसेकै कोठामा बस्ने कैदी पनि बप्तिस्मा लिएको एउटा मसीही हो।
यी घटनाहरू, यहोवाका साक्षीहरूको विश्व-व्यापी प्रचार अभियानको परिणामका केही उदाहरण मात्र हुन्। साँच्चै नै, अदृश्य स्वर्गदूतले घोषणा गरेको आनन्दको सुसमाचारको प्रचार यहोवाका साक्षीहरूले “पृथ्वीमा रहनेहरू हरेक जाति, कुल, भाषा र मानिसहरूलाई” सुनाइदिएकाछन्।
यो सर्व श्रेष्ठ समाचार हो। मानिस जातिको एक मात्र आशा। यो समाचार सुनी दिनुहोस् भनेर हामी आग्रहपूर्वक बिन्ती गर्दछौं। विलायतको केन र जोनले गरे जस्तै, आरजेनटिनाको राफेल र उसकी पत्नीले गरे झैं, स्पेनको जोसे र लाखौं अरूले जस्तै, हामी स्वर्गदूतको सोरमा सोर मिलाएर सबैलाई, “परमेश्वर सँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँको ठूलो इन्साफको समय आएकोछ, र स्वर्ग, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्डवत् गर” भन्दै प्रोत्साहन दिन्छौं।—प्रकाश १४:७ (w90 1/1)