यहोवाको दिनका लागि तयार रहनु होस्!
पहिलो थिस्सलोनिकीको विवरणिका
यहोवाको दिन! प्राचीन थिस्सलोनिकी मसीहीहरूको विचारमा त्यो चाँड़ै आउन लागेको थियो। के तिनीहरूको यो विचार ठीक थियो? होइन भने, यहोवाको दिन कहिले आउने ता? यही मुख्य विषय लिएर, पावलले ई. स. ५० तिर, कोरिन्थबाट थिस्सलोनिकीहरूलाई आफ्नो प्रथम पत्र लेखि पठाए।
रोमी प्रान्त मेसीडोनियाको प्रशासन केन्द्र थिस्सलोनिकामा, पावल र सिलासले मण्डली स्थापित गरेका थिए। (प्रेरित १७:१-४) पछि, पावलले तिनीहरूका लागि लेखिएको आफ्नो प्रथम पत्रमा, प्रशंसा र उपदेश दिनुका साथै यहोवाको दिनबारे छलफल गरे। यहोवाको दिन यति नजीक आएको हुनाकारण, यो पत्रबाट हामी पनि लाभ उठाउन सक्छौं।
प्रशंसा र प्रोत्साहन
पावलले सर्वप्रथम थिस्सलोनिकीहरूको प्रशंसा गरे र प्रोत्साहन दिए। (१:१-१०) तिनीहरूको विश्वासी कार्य र धीरजका लागि प्रशंसा उचित थियो। तिनीहरूले, “पवित्र आत्माको आनन्दसाथ, ज्यादै कष्टमा वचन ग्रहण” गर्नु धेरै नै प्रशंसनीय कुरा थियो। के तपाईं पनि पावलले झैं अरूहरूको प्रशंसा गर्नु हुन्छ?
प्रेरित पावलले एउटा असल उदाहरण छाड़ेका थिए। (२:१-१२) फिल्लिपीमा अपमानजनक व्यवहारको सामना गरे पछि पनि, तिनी थिस्सलोनिकीहरूसँग ‘परमेश्वरको सुसमाचार बोल्नलाई, परमेश्वरमा . . . निर्भय’ रहेका थिए। तिनी मिथ्या प्रशंसा, लोभ र व्यक्तिगत महिमाको खोजीबाट अलग बसेका थिए। पावलले आफूलाई तिनीहरूमाथि बोझ बनाउनुको सट्टा, तिनीहरू प्रति त्यस प्रकारको कोमल भाव व्यक्त गरेका थिए, जुन एउटा धाइ-आमाले आफ्नो बच्चालाई देखाउँछे। आजका प्राचीनहरूका लागि यो कति राम्रो उदाहरण हो!
यस पछि, पावलले ती थिस्सलोनिकीहरूलाई सतावटको सामने विश्वासमा दह्रो भएर बस्ने प्रोत्साहन दिए। (२:१३–३:१३) तिनीहरूले आफ्ना देशवासीहरू द्वारा गरिएको सतावटको धैर्यसाथ सामना गरेका थिए र तिमोथीले तिनीहरूको बलियो अध्यात्मिकता बारे पावल कहाँ राम्रो खबर ल्याएका थिए। तिनीहरूको प्रेममा वृद्धि होस् र तिनीहरूको हृदय दृढ़ रहोस् भनेर प्रेरित पावलले प्रार्थना गरे। त्यसैगरी, आज पनि यहोवाका साक्षीहरूले सतावटमा परेका आफ्ना सँगी-विश्वासीहरूका लागि प्रार्थना गर्छन, सम्भव भएमा तिनीहरूलाई प्रोत्साहन दिन्छन् र तिनीहरूको विश्वासको खबर सुन्न पाउँदा, आनन्द मनाउँछन्।
अध्यात्मिक तौरमा जागो रहनु होस्!
यी कुराहरू पछि, थिस्सलोनिकीहरूले केही उपदेश पाए। (४:१-१८) परमेश्वरलाई प्रसन्न पार्ने मार्गमा तिनीहरू अझ पूर्णरूपमा हिड़नु परेको थियो, तिनीहरूको भ्रातृ प्रेममा वृद्धिको खाँचो थियो र आफ्ना व्यक्तिगत आवश्यकताहरू पूरा गर्नका लागि आफ्नै हातले काम गर्न आवश्यक थियो। साथै, पवित्र आत्माले अभिषिक्त विश्वासीहरू मरी सकेका भएतापनि, येशूको उपस्थितिमा, तिनीहरू पहिले बिउँतनेछन् र उहाँ सँग एक हुनेछन् भनेर तिनीहरूले एक अर्कालाई प्रोत्साहन दिने खाँचो थियो। त्यस पछि, जीवित रहेका अभिषिक्त जनहरू, तिनीहरूको मृत्यु र पुनरुत्थान द्वारा, येशू र स्वर्गीय जीवन पाउन बिउँती सकेकाहरू सँग भेटगर्ने थिए।
पावलले अब यहोवाको दिन बारे छलफल गरेको र अझ थप उपदेश दिएको पाउँछौं। (५:१-२८) “शान्ति र सुरक्षा!” भन्ने घोषणा पछि, अचानक, यहोवाको दिन चोर झैं आउनेवाला थियो। यसकारण, विश्वास र प्रेमको छातीको पाता र मुक्तिको आशाको टोप सित सुरक्षित् भएर, थिस्सलोनिकीहरू अध्यात्मिक तौरमा जागो बस्नु परेको थियो। मण्डलीमा अगुवाइ लिनेहरू प्रति तिनीहरूले गहिरो श्रद्धा व्यक्त गर्नु परेको थियो र हामीहरूले झैं, तिनीहरूले पनि दुष्टताबाट आफूलाई अलग राख्न आवश्यक थियो।
पावलले थिस्सलोनिकीहरूलाई पठाएको पहिलो पत्रले हामीलाई आफ्नो सँगी विश्वासीहरूको प्रशंसा गर्न र तिनीहरूलाई प्रोत्साहन दिन उत्साहित पार्नु पर्ने हो। यसले हामीलाई आफ्नो चाल-चलनमा पनि असल उदाहरण हुने प्रेरणा दिनु पर्ने हो। र यसमा भएको उपदेशबाट, हामीले यहोवाको दिनका लागि तयार हुने मदद अवश्य पाउन सक्छौं। (w91 1/15)
[पृष्ठ ३१-मा भएको पेटी/चित्र]
छातीको पाता र टोप: अध्यात्मिक जागरणलाई प्रोत्साहन दिंदै, पावलले यस प्रकार लेखे: “हामी चाहिं . . . विश्वास र प्रेमको छातीको पाता र मुक्तिको आशाको टोप पहिरेर सचेत रहौं।” (१ थिस्सलोनिकी ५:८) धातुले बनेको साङ्गलो, कत्ला इत्यादिले गढ़ेको छाती-पाताले योद्धाको छातीलाई सुरक्षित राख्थियो। त्यसैगरी, विश्वासको छाती-पाताले हाम्रो अध्यात्मिकतालाई सुरक्षित राख्दछ। र प्राचीन टोपको विषयमा के भन्न सकिन्छ? यो पनि धातुले बनेको सैनिक शिरको पहिरन हुन्थियो र लड़ाइँको समयमा योद्धालाई बचाउनका लागि बनाइएको हुनथियो। जसरी टोपले योद्धाको शिरको रक्षा गर्दछ, त्यसरी मुक्तिको टोपले मसीहीको मानसिक शक्तिलाई सुरक्षित राख्दछ, तिनलाई आफ्नो समग्रता कायम राख्ने मदद दिन्छ। यस प्रकारका आत्मिक हतियार धारण गर्न यहोवाका साक्षीहरूका लागि कति महत्वपूर्ण छ!—एफिसी ६:११-१७.