नोवा—ही वक्ड विथ गड भन्ने भिडियोबाट सबैले सिक्न सक्छन्
उत्पत्ति ६:१ देखि ९:१९ सम्म पढ्नुहोस् वा पुनरावृत्ति गर्नुहोस्। त्यसपछि नोवा भन्ने भिडियो हेर्नुहोस् र यी प्रश्नहरूको जवाफ तपाईंले कसरी दिनुहुनेछ विचार गर्नुहोस्: (१) नूहको समयमा संसार कस्तो थियो र त्यस्तो हुनुको कारण के थियो? (२) कुन कुराले गर्दा नूह अरूभन्दा फरक थिए, परमेश्वरले तिनलाई के काम दिनुभयो र किन? (३) सम्भवतः जहाज कहाँ बनाइएको थियो, यो बनाउनलाई कति समय लाग्यो र यो कति ठूलो थियो? (४) जहाज बनाउनुको अलावा नूह र तिनको परिवारले अरू के काम पनि गर्नुपर्थ्यो? (५) तपाईंको विचारमा जहाजको ढोका बन्द भइसकेपछि त्यहाँ भित्र कस्तो अवस्था भयो होला? (६) जलप्रलयबाट बचेपछि तपाईंलाई कस्तो लाग्ने थियो? (७) बेला-बेलामा हामी जलप्रलयको सम्झना गराउने के देख्छौं र यसको अर्थ के हो? (८) नूहबारे बाइबलमा दिइएको विवरणले तपाईं, तपाईंको परिवार र परमेश्वरले हामीलाई अह्राउनुभएको कामकाजबारेमा तपाईंले के सिक्नुभयो? (९) प्रमोदवनमा नूह र तिनको परिवारलाई भेट्नुहुँदा तपाईं तिनीहरूलाई के-के प्रश्न सोध्न चाहनुहुन्छ? (१०) अब तपाईंले नोवा भन्ने भिडियो कसरी प्रयोग गर्ने योजना बनाउनुभएको छ?