जागा रहो!
के आरमागेडोनको युद्ध इजरायलमा सुरु हुनेछ?—यसबारे बाइबल के भन्छ?
बाइबलअनुसार आरमागेडोनको युद्ध भनेको कुनै एउटा खास ठाउँमा हुने युद्ध होइन बरु यो सबै मानव सरकार र परमेश्वरबीच हुने विश्वव्यापी युद्ध हो।
“प्रेतहरूका प्रेरित वचनहरू[ले] ... पृथ्वीभरिका राजाहरूकहाँ गएर तिनीहरूलाई सर्वशक्तिमान् परमेश्वरको महान् दिनको लडाइँको निम्ति जम्मा गर्छन्। अनि तिनीहरूले ती राजाहरूलाई हिब्रू भाषामा आरमागेडोन भन्ने ठाउँमा जम्मा गरे।”—प्रकाश १६:१४, १६.
आरमागेडोन हिब्रू शब्द हार मघिद्दोन-बाट लिइएको हो, जसको अर्थ “मगिद्दोको डाँडा” हो। मगिद्दो प्राचीन इस्राएलको एउटा सहर थियो। यही कारणले गर्दा कोही-कोही आरमागेडोनको युद्ध इजरायलमा लडिनेछ भन्ने धारणा राख्छन्। तर न मगिद्दो न त मध्यपूर्वको अरू कुनै ठाउँमा “पृथ्वीभरिका राजाहरू” र तिनीहरूका सेना अटाउँछन्।
प्रकाशको किताब “चिन्हहरू” अर्थात् प्रतीकात्मक भाषामा लेखिएको थियो। (प्रकाश १:१) आरमागेडोनले कुनै एउटा खास ठाउँलाई बुझाउँदैन। बरु यो पूरै विश्वलाई समेट्ने यस्तो अवस्था हो, जसमा राष्ट्रहरू परमेश्वरको शासनविरुद्ध युद्ध लड्न अन्तिम पटक एकजुट हुन्छन्।—प्रकाश १९:११-१६, १९-२१.