फुटनोट
a यस स्वर्गदूतको नाउँ नबताइएको भए तापनि दानियलले भर्खरै देखेको दर्शनको अर्थ खुलाउन यही स्वर्गदूतले गब्रिएल स्वर्गदूतलाई निर्देशन दिइरहेको हुनुपर्छ। (दानियल ८:२, १५, १६ सित १२:७, ८ तुलना गर्नुहोस्।) साथै, दानियल १०:१३ ले देखाएअनुसार “मुख्य कुमारहरूमध्येका एक जना” अर्थात् माइकल, यो स्वर्गदूतलाई मदत गर्न आए। तसर्थ, यस बेनामी स्वर्गदूतले गब्रिएल र माइकलसँगसँगै काम गर्ने सुअवसर पाएको हुनुपर्छ।