फुटनोट
b याकुबले मोसाका लेखोटहरूबाट उल्लेख गरे किनभने ती लेखोटहरूमा मोसाको व्यवस्थाका नियमहरू मात्र नभई परमेश्वरले व्यवस्था दिनुअघि आफ्ना जनहरूसित गर्नुभएको व्यवहार र उहाँको इच्छाबारे पनि बताइएको छ। जस्तै: उत्पत्तिको पुस्तकबाट रगत, अवैध यौनसम्बन्ध र मूर्तिपूजाजस्ता कुराबारे परमेश्वरको दृष्टिकोण प्रस्टै बुझ्न सकिन्छ। (उत्प. ९:३, ४; २०:२-९; ३५:२, ४) त्यसकारण चाहे यहुदी होऊन् वा अन्यजाति, यहोवा परमेश्वरले दिनुभएको सिद्धान्त सबैलाई लागू हुन्छ।