अय्युब
३ त्यसपछि अय्युबले मुख खोले र आफू जन्मेको दिनलाई धिक्कार्न थाले।+ २ तिनले भने:
३ “धिक्कार! म जन्मेको त्यस दिनलाई।+
‘छोरो जन्मियो’ भनिएको त्यस रातलाई।
४ त्यो दिन अन्धकारले भरियोस्।
परमेश्वरले त्यस दिनको वास्तै नगरून्।
त्यसले ज्योति देख्नै नपाओस्।
५ त्यस दिनलाई निस्पट्ट अन्धकारले निलोस्,
कालो बादलले छोपोस्।
घोर अन्धकारले त्यसलाई भयभीत पारोस्।
६ त्योजस्तो अन्धकार अरू कुनै रात नहोस्।+
वर्षमा त्यसको गन्ती नै नहोस्।
महिनाहरूमा त्यसको हिसाबै नरहोस्।
७ त्यो रात कोही नजन्मेको भए हुन्थ्यो।
खुसीको स्वर त्यसले सुन्न नपाएको भए हुन्थ्यो।
त्यस दिनलाई सराप।
९ त्यसले ताराहरूको चमक देख्न नपाओस्।
ज्योति देख्ने त्यसको पर्खाइ व्यर्थ होस्।
त्यसले बिहानीको उषा देख्न नपाओस्।
१० किन त्यसले मेरी आमाको कोख थुनेन?+
किन त्यसले मलाई संसारको दुःख देखायो?
११ म किन जन्मँदै मरिनँ?
आमाको कोखबाट निस्कँदै किन नाश भइनँ?+
१२ किन मैले आमाको न्यानो काख पाएँ?
किन मलाई मेरी आमाको दूध चुसाइयो?
१३ नत्र त म अहिले चैनसित बसिरहेको हुन्थेँ,+
गहिरो निद्रामा मस्त निदाइरहेको हुन्थेँ।+
१४ पृथ्वीका शासक र तिनका सल्लाहकारहरूसँगै,
जसले बनाएका भवनहरू अहिले भत्किसकेका छन्।*
१५ ती भारदारहरूसँगै, जससित प्रशस्त सुन थियो,
जसका घरहरू चाँदीले भरिभराउ थिए।
१६ म किन गर्भमै खेर गइनँ?
ज्योति देख्न नपाउँदै बितेका शिशुहरूझैँ म किन मरिनँ?
१८ कैदीहरू पनि मुक्त हुन्छन्।
तिनीहरूले काममा जोताउनेहरूको स्वर सुन्दैनन्।
१९ त्यहाँ साना र ठूला बराबर हुन्छन्।+
त्यहाँ दास आफ्नो मालिकबाट स्वतन्त्र हुन्छ।
२० दुःख भोगिरहेकाहरूलाई परमेश्वर किन ज्योति* दिनुहुन्छ?
जीवनदेखि विरक्त भएकाहरूलाई उहाँ किन जीवित राख्नुहुन्छ?+
२१ तिनीहरू मृत्युको तिर्सना गर्छन् तर मृत्यु आउँदैन।+
गाडेको धन खोजेभन्दा पनि बेसी तिनीहरू त्यसको खोजी गर्छन्।
२२ मृत्युले निल्ने भयो भनेर थाह पाउँदा तिनीहरू खुसीले उफ्रन्छन्।
मृत्युले निल्दा तिनीहरू गद्गद हुन्छन्।
२३ जसले बाटो बिराएको छ र जसलाई परमेश्वर आफैले छेक्नुभएको छ,+
त्यसलाई उहाँ किन ज्योति दिनुहुन्छ?
२५ जुन कुराको मलाई डर थियो,
जुन कुराले मेरो आङ जिरिङ्ग पार्थ्यो,
त्यही नै ममाथि आइपरेको छ।
२६ सुख, चैन, शान्ति के हो; मैले भुलिसकेँ।
विपत्तिले मलाई छोड्दै छोड्दैन।”