अय्युब
३६ एलिहुले अझै यसो भने:
२ “परमेश्वरको पक्षमा मलाई अझै केही बोल्नु छ।
त्यसैले मैले बोलुन्जेल धैर्य गरेर सुनिदिनुहोस्।
३ आफूले जानेको कुरा म राम्ररी बताउनेछु
र मलाई बनाउनुहुने परमेश्वरलाई म सही ठहराउनेछु।+
४ म कुनै पनि हालतमा झूटो बोल्नेछैनँ।
सर्वज्ञानी परमेश्वरबाटै+ मैले यी कुराहरू थाह पाएको हुँ।
५ हुन पनि परमेश्वर साँच्चै महान् हुनुहुन्छ+ र उहाँ कसैलाई बेवास्ता गर्नुहुन्न;
उहाँजस्तो समझदार अरू को छ?
७ उहाँको नजर धर्मी मानिसहरूमाथि सधैँ रहिरहन्छ।+
उहाँ तिनीहरूलाई राजाहरूसितै सिंहासनमा बसाल्नुहुन्छ*+ र सधैँलाई उच्च पार्नुहुन्छ।
८ तर तिनीहरूलाई साङ्लाले बाँधियो
वा डोरीले कसेर दुःख दिइयो भने
९ तिनीहरूले के भूल गरे र आफ्नो अहङ्कारमा के अपराध गरे,
त्यो उहाँले तिनीहरूलाई बताइदिनुहुन्छ।
१० तिनीहरूलाई सुधार्न उहाँ सल्लाह दिनुहुन्छ
र गलत कामदेखि अलग रहन हुकुम गर्नुहुन्छ।+
११ तिनीहरूले उहाँको आज्ञा माने र उहाँको सेवा गरे भने
सुखैसुखमा तिनीहरूको दिन बित्नेछ
र बाँचुन्जेल तिनीहरूको फलिफाप हुनेछ।+
१२ तर तिनीहरूले आज्ञा मानेनन् भने तरबारले नाश हुनेछन्+
र मर्ने बेलासम्म पनि तिनीहरू अबुझै रहनेछन्।
१३ भक्तिहीन* मानिसहरू मनमा रिस पालेर राख्छन्।
परमेश्वरले तिनीहरूलाई डोरीले कस्नुहुँदा पनि तिनीहरू उहाँलाई पुकारेर मदत माग्दैनन्।
१४ तिनीहरू कलिलै उमेरमा मर्छन्।+
मन्दिरमा पुरुषहरूसित सम्बन्ध राख्ने पुरुषहरूसित तिनीहरूको जीवन बित्छ।+
१५ तर असहायहरू थिचोमिचोमा पर्दा परमेश्वरले तिनीहरूको उद्धार गर्नुहुन्छ
र तिनीहरूले उहाँको कुरा सुन्न सकून् भनेर तिनीहरूको कान खोलिदिनुहुन्छ।
१६ उहाँले तपाईँलाई दुःखकष्टदेखि बचाएर+
कुनै बन्धन नभएको खुला ठाउँमा ल्याउनुहुन्छ।+
तपाईँलाई सान्त्वना दिन उहाँले तपाईँको टेबुलमा भोज लगाउनुहुन्छ।+
१७ तब दुष्टले आफ्नो कामको फल भोग्नेछ र न्याय कायम हुनेछ।
अनि त्यो देखेर तपाईँलाई ठूलो चैन मिल्नेछ।+
१८ तर होस गर्नुहोस्! तपाईँको मन क्रोध अनि द्वेषले नभरियोस्;+
टन्नै घुस पाउने लोभमा परेर नबरालियोस्।
१९ नत्र त मदतको लागि तपाईँले जति नै गुहारे पनि
वा दुःखबाट मुक्त हुन जति नै बल गरे पनि केही फाइदा हुनेछैन।+
२० कहिले रात पर्ला
र मानिसहरू बिलाउलान् भनी पर्खेर नबस्नुहोस्।
२१ दुःख भोग्नु त बेकार छ भन्ने सोचेर
गलत कामतिर लाग्नदेखि होसियार हुनुहोस्।+
२२ परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ।
उहाँले जस्तै सिकाउन सक्ने अरू को छ?
२५ उहाँका कामहरू नदेख्ने मानिस कोही छैन।
मानिस ती कुराहरू टुलुटुलु हेरेर बस्छ।
२७ उहाँले समुद्रबाट पानीको बाफ उठाउनुहुन्छ+
र त्यसलाई बादल बनाएर लैजानुहुन्छ।
२८ अनि बादलले त्यो पानी बर्साउँछ+
र त्यो सबै मानिसमाथि बर्सिन्छ।
२९ आकाशमा बादल कसरी फैलिन्छ
र उहाँको पालबाट मेघ कसरी गर्जन्छ, कसले बताउन सक्छ?+
३० हेर्नुहोस् त, उहाँले बादलमा कसरी बिजुली चम्काउनुहुन्छ+
र समुद्रलाई कसरी पानीले भर्नुहुन्छ!
३२ उहाँले बिजुलीलाई आफ्नो हातमा अँठ्याउनुहुन्छ
र जता चाहनुहुन्छ, त्यतै प्रहार गर्नुहुन्छ।+
३३ मेघको गर्जनले उहाँको बखान गर्छ।
वस्तुभाउले समेत को आउँदै हुनुहुन्छ* भनेर बताउँछ।