अय्युब
६ त्यसपछि अय्युबले यस्तो जवाफ दिए:
२ “हाय! मेरो मनको पीडा+ जोख्न पाए,
तीसँगै मेरो विपत्तिलाई तराजुमा राख्न पाए,
३ ती समुद्रका बालुवाभन्दा पनि गह्रौँ हुने थिए।
त्यसैले मैले आफ्नो बोलीलाई सम्हाल्नै सकिरहेको छैनँ।+
४ किनकि सर्वशक्तिमान् परमेश्वरका काँडहरूले मलाई छेडेका छन्।
त्यसको विष मेरो शरीरभरि फैलिएको छ।+
परमेश्वरले मलाई आक्रमण गर्दै हुनुहुन्छ र म भयभीत भएको छु।
६ खल्लो खानेकुरा नुन नहाली खान सकिन्छ र?
अथवा अण्डाको सेतो भागमा कुनै स्वाद हुन्छ र?
७ यस्ता कुराहरू त मलाई छुन पनि घिन लाग्छ।
ती सडेका खानेकुराबराबर छन्।
८ हाय! परमेश्वरले मेरो बिन्ती सुनिदिनुभए हुन्थ्यो,
मेरो इच्छा पूरा गरिदिनुभए हुन्थ्यो।
९ उहाँले मलाई नाश गरिदिनुभए हुन्थ्यो,
आफ्नै हातले मलाई खतम पारिदिनुभए हुन्थ्यो।+
१० बरु त्यसले मलाई चैन दिने थियो,
जति नै पीडा भए पनि म खुसीले उफ्रने थिएँ।
किनकि मैले पवित्र परमेश्वरको+ वचनलाई इन्कार गरेको छैनँ।
११ अब ममा सहने शक्ति छैन।+
म किन बाँच्नु? अब बाँच्नुको के नै अर्थ छ र?
१२ के म चट्टानजस्तै बलियो छु र?
अथवा मेरो शरीर तामाले बनेको छ र?
१३ हाय! म आफैलाई कसरी सम्हालूँ?
मेरो सबै सहारा खोसिएको छ।
१५ मेरा आफ्नै दाजुभाइले हिउँदे खोलाले जस्तै मसित छल गरेका छन्।+
सुकिजाने हिउँदका खोलाले जस्तै धोका दिएका छन्।
१६ बरफ र हिउँ पग्लँदा
ती उर्लेर आउँछन्।
१७ तर गर्मी याममा बिलाउँछन्,
घामको रापले सुक्छन्।
१८ जब आफ्नो बाटो बिराएर मरुभूमिमा पुग्छन्,
तब ती हराउँछन्।
२० तर त्यसमाथि भरोसा गरेकोले उनीहरू लज्जित हुन्छन्,
उनीहरूले निराशाबाहेक अरू केही पाउँदैनन्।
२१ तपाईँहरूले पनि ती खोलाहरूले जस्तै मलाई धोका दिनुभएको छ।+
मेरा विपत्तिहरू देखेर तपाईँहरू तर्सिनुभएको छ।+
२२ मैले तपाईँहरूसित केही मागेको छु र?
अथवा ‘तपाईँहरूको सम्पत्तिबाट मलाई केही दिनुहोस्’ भनेको छु र?
२३ ‘मलाई शत्रुहरूको हातबाट छुटाउनुहोस्,
अत्याचारीहरूबाट मलाई बचाउनुहोस्’ भनेको छु र?
२४ मैले के गरेँ, मलाई बताउनुहोस्;
मेरो गल्ती देखाइदिनुहोस्, तब म चुपचाप बसुँला।+
२५ इमानदार मानिसको बोलीले चोट निको पार्छ+
तर तपाईँहरूको सल्लाहबाट मलाई केही फाइदा भएको छैन।+
२६ म त एक दुःखी मानिस हुँ,+
जसको बोली भुईँमा खस्न नपाउँदै बतासले उडाइलान्छ।
तैपनि तपाईँहरू मेरो बोलीमा खोट निकाल्न खोज्नुहुन्छ?
२७ तपाईँहरू त अनाथलाई समेत गोला हाल्न बेर लगाउनुहुन्न+
अनि आफ्नै साथीलाई बेच्न पनि पछि हट्नुहुन्न।+
२८ बिन्ती! एक चोटि मलाई हेर्नुहोस्।
के म तपाईँहरूसित झूट बोल्छु होला र?
२९ बिन्ती! फेरि एक चोटि विचार गर्नुहोस्,
मलाई व्यर्थैमा दोष नलगाउनुहोस्।
किनभने मैले अहिलेसम्म परमेश्वरलाई त्यागेको छैनँ।
३० के मैले केही गलत कुरा भनेँ?
के म विनाकारण बरबराउँदै छु?