विश्वास नगर्नेहरू सँग एउटै हलोमा नजोतियौ
“विश्वास नगर्नेहरू सँग समान भएर एउटै हलोमा नजोतियौ, किनकि. . ..विश्वास गर्नेंको विश्वास नगर्नेसित के हिस्सा?”—२ कोरिन्थी ६:१४,१५
१. एक जना बैनी, विश्वास नगर्ने मानिस सँग कसरी विवाह गर्नु तैयार भइन्?
संयुक्त राष्ट्र अमेरिकाको मध्य पश्चिम भागमा बस्ने एउटी यहोवाको साक्षीको पतिको, केही वर्ष अघि, मोटर दुर्घटनामा, मृत्यु भयो। त्यो बेलाको पुन:स्मरण गर्दै, तिनी एसो भन्छिन्: “शुरूमा म धेरै नै विचलित् भएँ। तर यहोवाको सेवामा कुनै प्रकारको वाधा आउन न दिने फैसला मैले गरें। तापनि, केही वर्ष पश्चात्, मण्डलीका विवाहित् जोडीहरूको माझमा मँ एक जना बिजोर र फाल्तू व्यक्ति देखिन थालेको अनुभव गर्न थालें। अरू पारिवारहरू मिलेर बाहिर भ्रमणहरूमा जाँदा पनि म र मेरो छोरीलाई कसैले निम्तो दिएनन्। मसीही दम्पतीहरूले एक अर्का प्रति प्रेम प्रदर्शन गरेको देख्दा स्वयम्लाई अझ तिरस्कृत ठान्न लागें। म अध्यात्मिक् कुराहरूमा कमजोर हुँदै गएको कसैले पनि याद गरेको जस्तो देखिएन। एक दिन काम गर्ने ठाउँको एउटा लोग्ने मानिसबाट साँझको खाना उ सँग बाहिर गएर खाने निम्तो मैले पाएँ। मैले यो निम्तो तुरन्त स्वीकार गरिहालें। थोरै समय भित्र त्यो मानिसलाई प्रेम गर्न थालेछु। अन्तमा, एकातिरको मेरो अध्यात्मिक् कमजोरी र अर्कोतिर मेरो बढदो एकलोपनाको दबावमा परेर मँ यो मानिस सँग विवाह गर्न तैयार भएँ।
२. विवाह गर्ने इच्छा हुनु, किन स्वभाविक हो र के उद्देश्यले विवाहको सृजना भएको थियो?
२ हो, एउटा जीवन साथी सँग जीवन बिताउने चाहना निकै प्रबल हुनु सक्दछ। स्वयम् यहोवाले नै एसो भन्नु भएकोछ: “मानिस एकलो रहन असल छैन। म त्यस्को निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी [“प्रतिवस्तु,” त्यो सँग मिलने भाग] बनाउने छु। (उत्पत्ति २:२२-२४, न्यू वर्ल्ड ट्रान्सलेशन रेफरेन्स बाइबलको फुटनोट) पुरूष र स्त्री बीच एउटा घनिष्ठ र स्थायी सम्बन्ध होस् भनेर, विवाह रचिएको थियो। आदमले होइन, यहोवाले एसो भन्नु भएको थियो: “मानिसले आफ्ना आमा-बाबुलाई छोड़छ, र आफ्नी स्वास्नीसँग मिलिरहन्छ, औ तिनीहरू एउटै जीउ हुन्छन्।” (उत्पत्ति २:२२-२४; मत्ती १९:४-६ सँग तुलना गर्नुहोस्) शायद तपाईंको हृदयमा पनि, यस प्रकारको एक जना साथीको चाहना होला।
३, ४. (क) विश्वास नगर्नेहरू सँग घनिष्ठ सम्बन्ध जोड़ने विषयमा बाइबलले के चेताउनी दिन्छ? (ख) असमान जुवामा नजोतिनु भनेर पावलले दिनु भएको सल्लाहलाई विवाहको कुरामा कसरी प्रयोग गर्न सकिन्छ? (ग) कोरिन्थका मसीहीहरू अनुसार “विश्वास नगर्ने मानिस” को अर्थ के हुनु पर्छ? (द्रष्टब्य हेर्नुहोस्)
३ तथापि, विश्वास नगर्नेहरू सँग घनिष्ठ सम्बन्ध न जोड़नु भनेर बाइबलमा चेताउनी दिएको छ। प्रेरित पावलले यो चेताउनीलाई यी शब्दहरूमा व्यक्त गर्नु भएको छ: “विश्वास नगर्नेहरू सँग समान भएर एउटै हलोमा नजोतियौa [“जुवाको असमान जोड़ीमा आफुलाई नबाँध,” दी जरूसलेम बाइबल] किनकि विश्वास गर्नेको विश्वास नगर्नेसित के हिस्सा?”b (२ कोरिन्थी ६:१४,१५) मोशाको व्यवस्थामा गधा र साँढ़ेलाई एकै जुवा मनि हालेर जोताउनु मनाही गरिएको थियो र शायद यही कुरा मनमा राखेर पावलले माथि उल्लेखित् कुरा, गर्नु भएको हुनु सक्छ। (व्यवस्था २२:१०) गधा साँढ़े भन्दा कदमा मात्र स्यानो होइन तर साँढ़े जति बलियो पनि हुँदैन। जसले गर्दा, ती दुइलाई एकै साथ एउटै जुवा मनि जोताउदा, गधाको निम्ति निकै असुविधाजनक् र कष्टमय हुनु सक्दथियो। त्यही प्रकार, विवाह पनि, पति र पत्नीलाई एउटा जुवामा बाँधने बन्धन हो। यस कारण, एक जना मसीहीले विश्वास नगर्ने सँग विवाह गर्दा, उ एउटा असमान जुवामा जोतिनु सकिन्छ। (मत्ती १९:६) यस प्रकारको असमान जुवाको कारण, अकसर वैवाहिक जीवनमा अनेक प्रकारको क्लेश र दबावहरू आइ पर्दछ।—१ कोरिन्थी ७:२८ सँग तुलना गर्नुहोस्।
४ तापनि, यो लेखको शुरूमा उल्लेखित् उदाहरणमा झैं, कुनै कुनै मसीहीहरूले विश्वास नगर्नेहरू सँग विवाह गर्न रोजेका छन्। “प्रभुमा मात्र” विवाह गर्न कसै कसैलाई किन गाह्रो लाग्छ?—१ कोरिन्थी ७:३९
किन केही व्यक्तिहरू बाहिर तिर हेर्छन्
५. विश्वास नगर्नेहरू सँग कुनै-कुनै मसीहीहरूले किन भावुकतापूर्ण सम्बन्ध जोड़छन्? उदाहरण दिनुहोस्।
५ तिनीहरूले परमेश्वरको उपदेशको अवहेलना गर्छु नै भनेर गरेका होइनन्। विवाह गर्न इच्छुक भएकी कुनै मसीही बैनीको परिस्थिति विचारनु होस्। शायद तिनी आफ्नो पनि एक जना मसीही पति होस् भनेर चाहना गर्छिन् तर आफूले चिनेका विश्वास गर्ने मित्रहरू मध्य विवाह गर्ने लायकका धेरै भाइहरू देखिन्दैनन्। अर्को तिर, यो बैनीले आफ्नो उमेर बित्दै गएको पनि देख्छिन्। तिनी, आफ्नो एउटा परिवार होस् भन्ने चाहना गर्छिन्। एकलै बूढ़ीकन्या होउँला भन्ने डर पनि छ र कसैको मायाको पात्र हुने चाहनाले तिनलाई आक्रान्त पारिदिन सक्दछ। त्यही बेला कुनै सांसारिक लोग्ने मानिसले तिनमा चासो देखायो भने, तिनलाई त्यो परीक्षाको सामना गर्नु गाह्रो हुनु सक्छ। त्यो लोग्ने मानिस धुम्रपान नगर्ने, खराब भाषा प्रयोग नगर्ने, हेर्नुमा दयालु र भद्र होला। यो बैनीले मनै-मन यस प्रकारको तर्क गर्न सकछिन्: ‘यो मानिस, मैले चिनेका धेरै भाइहरू भन्दा असल छ!’ ‘बाइबल अध्ययनमा पनि चासो लिएको छ।’ ‘एक जना मसीही बैनीले विश्वास नगर्ने सँग विवाह गरी तर पछि गएर त्यो विश्वास नगर्ने मानिस, एक जना सङ्गी विश्वासी भयेको कुरा पनि त मैले देखेकी छु।’ ‘फेरि, कोही बेला त दुवै मसीहीहरू विवाह गर्दा पनि विवाह सफल भएको छैन!’—यर्मिया १७:९
६, ७. (क) एक जना अविवाहित् बैनीले आफ्नो नैराश्यको वर्णन कसरी गरिन्? (ख) कुन प्रश्नलाई हामीले ध्यान दिनु उचित छ?
६ हो, विवाह गर्न इच्छुक मसीहीको परिस्थिति कोही बेला धेरै नैराश्यपूर्ण हुनु सक्दछ। कोही बेला त हताशै लागेर आउनु सक्छ। एक जना अविवाहित् बैनीले आफू बसेको इलाकाको वर्णन गर्दै एसो भनी: “विवाह गर्न सक्ने भाइहरूको सङ्ख्या धेरै नै सानो छ तर अविवाहित बैनीहरूको सङ्ख्या चाँहि असाध्ये ठूलो छ। आफ्नो यौवन बितेर गएको देख्दा, अविवाहित बैनीको सामने दुइ वटा उपाय मात्र हुन्छ, अर्थात्, विवाह गर्दै नगर्ने अथवा मौका पाउना साथै जो सँग भए पनि विवाह गर्ने।”
७ तापनि, बाइबलको उपदेश स्पष्ट छ: ‘विश्वास नगर्नेहरू सँग. . .एउटै हलोमा नजोतियौ।’ (२ कोरिन्थी ६:१४) के यो ईश्वरीय चेताउनी कड़ा अथवा बेमनासिब छ?
परमेश्वरको प्रेमपूर्ण चासो प्रकट गर्ने वक्तव्य
८. यहोवा हाम्रो सर्वोत्तम् भलाइ चाहनु हुन्छ भन्ने कुरा उहाँले कसरी प्रदर्शन गर्नु भएकोछ?
८ यहोवालाई हाम्रो अनन्त कुशलतामा चासो छ। के उहाँले, ठूलो कष्ट सहनुहुँदै पनि, “धेरैको उद्धारको निम्ति” आफ्नो पुत्र दिनु भएको होइन र? (मत्ती २०:२८) हाम्रो ‘फायदाको निम्ति. . .हामीलाई सिकाउनु हुने’ के उहाँ नै होइन र? (यशैया ४८:१७) हाम्रो ‘शक्ति देखि बाहिरको परीक्षामा पर्न’ नदिनु हुने प्रतिज्ञा के उहाँले गर्नुभएको छैन र? (१ कोरिन्थी १०:१३) यसकारण, उहाँले हामीलाई अविश्वासीहरू सँग एउटै जुवामा नजोतिनु भन्नु भएको पनि हाम्रै भलाइको लागि हुनु पर्छ! यो चेताउनी द्वारा कसरी उहाँले हामी प्रति प्रेमपूर्ण चासो दर्साउनु भएको छ, अब विचारनु होस्।
९. (क) एक जना मसीहीले विश्वास नगर्ने मानिस सँग घनिष्ठ सम्बन्ध जोड़ने विषयमा पावलले के चेताउनी दिनु भएको छ? (ख) जुन युनानी शब्दलाई नेपालीमा “मेल” भनेर अनुवाद गरिएको छ, त्यो युनानी शब्दको अर्थ के हो र यस बाट, एउटा मसीही र एक जना विश्वास नगर्ने मानिस बीचको वैवाहिक् सम्बन्ध बाट उत्पन्न हुने कठिनाइलाई कसरी राम्रो सँग बुझनु सकिन्छ?
९ मानवहरू बीच विवाह सबै भन्दा घनिष्ठ सम्बन्ध होस् र पति र पत्नी “एउटै जीउ” भएर बसून् भन्ने उद्देश्य सृष्टिकर्त्ताको थियो। (उत्पत्ति २:२४) के यस प्रकारको घनिष्ठ सम्बन्ध, एक जना मसीहीले विश्वास नगर्ने व्यक्ति सँग जोड़नु उचित होला र? यसको उत्तरमा पावलले केही तीक्ष्ण प्रश्नहरू गर्नु भएको छ र यी सबै प्रश्नहरूका जवाब नकारात्मक् मात्र हुनु सक्दछ: “धर्म र अधर्मको के संसर्ग हुन्छ? कि अँध्यारोसित उज्यालोको के सङ्गति? औ ख्रीष्टको शैतानसित के सहमत् [युनानीमा, सिमफोनेसिस्]? कि विश्वास गर्नेको विश्वास नगर्नेसित के हिस्सा?” (२ कोरिन्थी ६:१४,१५) युनानी शब्द सिमफोनेसिस्को अर्थ एक साथ आवाज आउनु (सिनको अर्थ “साथ” र फोनीको अर्थ “आवाज”) हो। यो अर्थ बाजाहरू बाट मिलनसार रूपमा आउने ध्वनी अथवा सोर सँग सम्बन्धित छ। जसरी ख्रीष्ट र शैतान बीच केही मेल छैन, त्यसरी नै, असमान जुवा परेको पति र पत्नीलाई ‘मिलनसार ध्वनी बजाउन’ धेरै नै गाह्रो हुन्छ। ती दुई जना, एक अर्काको लयमा मिल्न नसक्ने, दुई प्रकारका बाजाहरू जस्ता हुन्छन्, जसले मधुर संगीतको सट्टा बेसुरा आवाजहरू उत्पन्न गर्छन्।
१०. सुखी विवाहको निम्ति कुन-कुन कुरा आवश्यक् हुन्छ र एउटा समान जोड़ी छ भने के लाभहरू अनुभव गर्न सकिन्छ?
१० यसकारण, एउटा अध्यात्मिक् व्यक्तिले, शारीरिक् दृष्टिकोण भएको मानिस सँग सम्पूर्ण मेल कसरी अनुभव गर्नु सक्छ र? (१ कोरिन्थी २:१४) सुखी विवाहित जीवनको लागि साझा विश्वास, सिद्धान्तहरू र लक्ष्यहरू आवश्यक तत्व हुन्। दुवै पति र पत्नी मिलेर सृष्टिकर्त्ताको उपासना गर्नाले विवाहको मूल आधारहरू धेरै नै बलियो हुनु सक्छ। समान जुवामनि छ भने, दुवै पति र पत्नीले एक अर्कालाई उपासना गर्न बारे प्रोत्साहन दिन सक्छन्। आपसी भिन्नताहरूको समाधान, दुवै मिलेर शास्त्रमा खोजी गर्न सक्छन्। हाम्रा विवाहित् जीवन साथी सँग सबै भन्दा बढ़ी घनिष्ठताको आनन्द हामीले उठाउन सकोस् भनेर नै यहोवाले, विश्वास न गर्नेहरू सँग असमान जुवामा न पर्नु भन्नु भएको रहेछ भन्ने कुरा, के स्पष्ट छैन र?
११. इस्राएलमा, बाहिरका, उपासना नगर्ने मानिसहरू सँग विवाह गर्न किन मनाही थियो र यस बारे, के सोचनीय प्रश्नहरू उठदछन्?
११ बाइबलमा दिएको यो चेताउनीलाई ध्यान दियौं भने, विश्वास न गर्ने मानिस सँग एक जना मसीहीले विवाह गर्दा अकसर आइ पर्ने कष्टहरू बाट बाँच्न सक्छौं। उदाहरणको लागि, विश्वास नगर्नेले आफ्नो मसीही पति पत्नीलाई यहोवाको सेवा गर्न देखिन् रोक्न सक्दछ। यहोवाले प्राचीन इस्राएललाइ दिनु भएको चेताउनी बारे सोचनु होस्। उपासना नगर्ने, बाहिरका मानिसहरू सँग विवाह गर्न मनाही थियो। किन? “किनकि तिनीहरूले तिमीहरूको छोरालाई बहकाएर अन्य देवताको पूजा गर्न लाउनेछन्।” भन्नु हुँदै यहोवाले चेताउनी दिनु भयो। (व्यवस्था ७:३, ४) विश्वास नगर्ने पति वा पत्नी बाट विरोध आँउदा, आफ्नो सिद्धान्तलाई त्यागेर समझौता गर्ने झुकावको शिकार बन्नु सकिन्छ। “मँलाइ त्यस्तो हुने छैन” भन्नु र सोचनु सजिलो होला। तर, सुलेमान जस्तो बुद्धिमान मानिसलाई पनि त्यस्तो भयो। के त्यही कुरा तपाईंलाई हुनु सक्दैन होला र?—१ राजा ११:१ - ६; १ राजा ४:२९, ३० सँग तुलना गर्नुहोस्।
१२. परमेश्वरको व्यवस्थाले अन्यजातिहरू सँग विवाह मनाही गरेको हुनाले इस्राएलीहरूको बचाव कसरी भयो? उदाहरण दिनुहोस्।
१२ विश्वास गर्ने व्यक्ति साँचो उपासना बाट बहकिएर नगएता पनि, धर्मको विषयमा विभाजित् भएको घरमा अक्सर आइपर्ने समस्याहरू र दबाबहरू बाट उमकनु सकिन्दैन। इस्राएलीहरूलाई परमेश्वरले दिनु भएको व्यवस्था तिर फेरि एक चोटी ध्यान दिएर हेर्नुहोस्। मानि लिनुहोस्, एक जना इस्राएली युवतीले एउटा कनानी मानिस सँग विवाह गर्छे। कनानीहरूको देशमा यौन सम्बन्धी प्रचलित व्यवहारले गर्दा, यो कनानी मानिसले ती इस्राएली युवतीको परमेश्वरको व्यवस्थालाई, के आदर गरथियो होला र? उदाहरणको लागि, आफ्नी पत्नीको रजस्वलाको बेलामा, के उसले, मोशाको व्यवस्थामा भने अनुसार, आफुलाई योनि कृड़ा बाट अलग राख थियो होला? (लेवी १८:१९; २०:१८; लेवी १८:२७ सँग तुलना गर्नुहोस्) तर एक जना इस्राएली मानिसले एउटी कनानी युवती सँग विवाह गरेको खण्डमा, यो मानिस सालमा तीन पटक धार्मिक् चाड़हरूको निम्ति यरूशलेम जाँदा, उसको कनानी पत्नीबाट उसले कतिको समर्थन् पाउथियो होला? (व्यवस्था १६:१६) कुरा स्पष्ट छ, इस्राएलीहरूको बचावकै निम्ति परमेश्वरले यस प्रकारका विवाहहरू निषेध गर्ने कानून दिनु भएको थियो।
१३. (क) संसारिक व्यक्तिको अन्त:करण किन बाइबल द्वारा प्रशिक्षित् हुँदैन? (ख) धर्मको विषयमा विभाजित् घरहरूले के कस्ता समस्या र दबावहरूको सामना गर्नु पर्दछ?
१३ तर आजको विषयमा के भन्ने? सांसारिक मानिसहरूको नैतिक स्तर बाइबलको सिद्धान्तहरू भन्दा धेरै नै बेग्लै छन्। बाहिर बाट हेर्दा जति नै सफा देखिएता पनि, सांसारिक मानिसहरूको अन्त:करण बाइबल द्वारा प्रशिक्षित छैन। तिनीहरूले परमेश्वरको वचन अध्ययन गर्न, ‘आफ्नो मन बदलिन’ र ‘पुरानो व्यक्तित्वलाई त्यागन’ वषौं बिताएका छैनन्। (दी न्यु वर्ल्ड ट्रान्सलेशन्, रोमी १२:२; कलस्सी ३:९) यसकारण, विश्वास नगर्ने व्यक्ति सँग विवाह गर्ने मसीहीले स्वयम्लाई धेरै मानसिक क्लेश र दुख: पाउने खतरामा पार्दछ। यस प्रकार विवाह गर्ने केही मसीहीहरूले बारम्बार, सांसारिक चाड़हरू अथवा विकृत योनिक कृड़ाहरूमा भाग लिन लगाउने दबावको सामना गर्नु पर्दछ। कतिले एकलोपना अनुभव गरेको दु:ख पनि व्यक्त गर्दछन्। यस विषयमा एक जना बैनीले एसो भनेर लेख्नु भयो: “यहोवालाई प्रेम न गर्ने मानिस सँग विवाह गरेर अनुभव हुने एकलोपना, सबै भन्दा नराम्रो प्रकारको एकलोपना हो। आफ्नो जीवनमा सबै भन्दा महत्वपूर्ण कुरा नै सच्चाई हो र त्यही कुरो बारे छलफल गर्ने साथी न हुनु! यो भन्दा नराम्रो अझ केही हुनु सक्दैन।”
१४. (क) एउटा विभाजित् घरमा, बच्चाहरूलाई “यहोवाको शिक्षा र चेताउनीमा” पालन पोषण गर्न किन गाह्रो हुनु सक्दछ? (ख) विभाजित घरको छोरा-छोरीहरू माथि के असर पर्नु सक्दछ?
१४ धर्मको विषयमा जुन घर विभाजित हुन्छ, त्यो घरमा बच्चाहरूलाई “प्रभुको [दी न्यु वर्ल्ड ट्रान्सलेशन अनुसार: यहोवा] शिक्षा र चेताउनीमा पालण पोषण” गर्नु धेरै नै गाह्रो हुनु सक्छ। (एफिसी ६:४) उदाहरणको लागि, के विश्वास नगर्नेले छोरा-छोरीलाई सभाहरूमा अथवा सेवकाइको काममा स्वेच्छापूर्वक भाग लिनु देला र? अकसर घरका छोरा-छोरीहरूको प्रेम दुई भागमा फाटिन सक्दछ। तिनीहरू दुवै आमा र बाबुलाई प्रेम गर्छन तर यहोवालाई एक जनाले मात्र प्रेम गर्छ। विश्वास नगर्ने मानिस सँग विवाह गर्ने एक जना बैनीले एसो भनी: “मेरो २० वर्षे विवाहमा मैले धेरै मानसिक् क्लेश अनुभव गरें। मेरो छोराहरू पनि धेरै अशान्ति र मानसिक खैलाबैलाको बीच हुर्के र आज तिनीहरू सांसारिक मानिसहरू भएका छन्। मेरी छोरी मँ बाट बारम्बार अलग्गिनु परेको हुनाकारण हरदम विचलित् रहन्छे। यी सबै समस्याहरूको कारण: १८ वर्ष अघि मैले यहोवाको एउटा सिद्धान्तको हेल-चक्राइ गरेकी थिएँ।” त्यो कुन सिद्धान्त थियो? विश्वास नगर्नेहरू सँग एउटै जुवामा नजोतियौ!
१५. विश्वास नगर्नेहरू सँग एउटै जुवामा नजोतिनु भन्ने सल्लाह किन यहोवाले हामीलाई दिनु भएको हो?
१५ हो, हामीले जीवन बाट सर्वोत्तम् लाभ उठाएको यहोवा चाहनु हुन्छ। विश्वास नगर्नेहरू सँग विवाह मनाही गर्ने र यस्ता अरू सबै नियमहरू उहाँले हाम्रै भलाइकोलागि दिनु भएकोछ। (व्यवस्था १०:१२,१३) विश्वास नगर्ने सँग विवाह गर्नु, शास्त्रीय उपदेश, व्यवहारिक बुद्धि र अरूहरूको संकष्टमय अनुभवहरूको वास्ता नगर्नु हो।
साधारणतया उठने प्रश्नहरू
१६, १७. (क) हामी सावधान भएनौं भने, ठीक सोचाइ सँग भावनाले कसरी हस्तक्षेप गर्न सक्दछ? (ख) कुनै बेला एक जना मसीहीले विश्वास नगर्ने सँग विवाह गरेता पनि, पछि दुवै यहोवाको सेवा गर्ने भये भन्दैमा के परमेश्वरको नियम उलङ्घन गर्नु उचित हुन्छ र? पुरा बयान गर्नु होस्।
१६ तर हामी सावधान भएनौं भने, भावनाले ठीक सोचाइमा हस्तक्षेप गर्नु सक्छ। हामीले आफ्नो परिस्थितिलाई सबैको भन्दा बेग्लै ठान्नु सक्छौं। साधरणतया उठाइएका केही प्रश्नहरू विचारनु होस्।
१७ त्यस प्रकारका परिस्थितिहरूको विषयमा के भन्नुहुन्छ, जहाँ एक जना भाइ अथवा बैनीले विश्वास नगर्ने व्यक्ति सँग विवाह गरे तर आज दुवै पति र पत्नीले यहोवाको सेवा गरीरहेका छन्? तापनि, यहोवाका सिद्धान्तहरूको उलङ्घन भयो। अन्त ठीक भयो भन्दैमा, शुरूको सबै कुरा ठीक प्रमाणित् हुन्छ र? परमेश्वरको उपदेश उलङ्घन गर्नेहरू प्रति उहाँको दृष्टिकोणको एउटा उदाहरण, बेबिलनको कैद बाट फकर्ने यहुदीहरू बीच घटेको घटनामा पाउँदछौं। ती मध्य कुनै-कुनैले मूर्तिपूजक पत्नीहरू विवाह गर्दा, एज्रा र नहेम्याह जस्ता बाइबलका लेखकहरूले निर्भयता साथ ती यहुदीहरूका कामको भर्त्सना गरे। ती यहुदीहरूले “परमेश्वरसितको विश्वास तोड़े,” “घोर अपराध गरे,” र “दोष बढाएका” थिये। (एज्रा १०:१०-१४; नहेम्याह १३:२७) विचार योग्यको अर्को कुरा यो पनि हो: परमेश्वरको उपदेशको हामीले हेल-चक्राइ गर्दा, आफ्नो अन्त:करणमा गहीरो चोट पर्नु सक्दछ। हामी अध्यात्मिक घाइते हुनु सक्छौं। एक जना बैनीले, जसको विश्वास नगर्ने पति, पछि बाट विश्वास गर्ने हुनु भयो, एसो भनी: “मेरो भावनाहरूमा परेको चोट आज सम्म मेरो सामने आँउछ। अरूहरूले हामीलाई औंलाउदै, “तर तिनीहरूको लागि राम्रै भएर आयो ता।” भन्दा मँलाई कस्तो नराम्रो लाग्छ, बयान गर्नु सकिन्दैन।”
१८. बप्तिस्मा नलिएको व्यक्ति प्रति तपाईं आकर्षित् हुनु भयो भने, कुन बाटो अपनाउनु उचित हुनेछ र यसरी तपाईंले के प्रदर्शन गर्नु हुनेछ?
१८ बप्तिस्मा नलिएको भएता पनि, बाइबल अध्ययन गर्दै गरेका र सभाहरूमा भेलाहुने व्यक्ति प्रति तपाईं आकर्षित् हुनु भयो भने के गर्नें? बाइबलको सत्य कुराहरूमा कसैले चासो देखाँउदा, हामी खुशी हुन्छौं। तर यहाँ प्रश्न यो उठ्दछ: के तपाईंले आफ्नो झुकावलाई बढन दिनु उचित हो? कुरा साफ-साफ गर्ने हो भने, बप्तिस्मा पश्चात्, तपाईंको यो मित्रले आत्माको फल प्रकट गर्नुमा उन्नति गरे पछि मात्र, उहाँ सँग, विवाह गर्ने दृष्टिकोणले चिन जान बढाउनु होस्। (गलाती ५:२२, २३) यस प्रकारको सल्लाह प्रयोगमा ल्याउन सजिलो न होला, तर यसो गर्नु भयो भने तपाईंले बाइबलको सिद्धान्तहरू प्रति भक्ति दर्साउनु हुनेछ र सुखी दाम्पत्य जीवनको निम्ति असल जग बसाल्नुहुनेछ। तपाईंको मित्रले तपाईंलाई वास्तवमा चाहन्छ र यहोवालाई पनि साँच्चै प्रेम गर्नु सिक्दै छ भने, तपाईं दुवै “प्रभुमा”—समर्पित र बप्तिस्मा लिएका सदस्यहरू नहोउञ्जेल् उ निस्सन्देह, पर्खनु तैयार हुनेछ। समयले सत्य प्रेमको केही हानी गर्नु सक्दैन भन्ने कुरा पनि याद राख्नु होस्।—१ कोरिन्थी ७:३९; उत्पत्ति २९:२०
१९. सङ्गी विश्वासीहरू मध्य बाट आफ्नो निम्ति एक जना जीवन साथी पाउन तपाईंलाई गाह्रो हुँदैछ भने, मनमा कुन कुरा याद राख्नु पर्छ?
१९ आफ्ना सङ्गी विश्वासीहरू मध्य आफ्नो लागि एउटा सुहाँउदो जीवन साथी फेला पार्न तपाईंलाई गाह्रो हुँदैछ, भने के गर्ने? एक जना बैनीले एसो भनी: “मेरो उमेर २६ वर्ष भइ सक्यो। मँ अविवाहित र धेरै नै एकलो छु।” हो, एकलो भएर बस्न तपाईंको निम्ति अवश्य गाह्रो होला। तर अनमेल विवाहको बन्धन द्वारा उत्पन्न हुने समस्याहरू अझ गाह्रो हुनेछ! परमेश्वरको सल्लाह पालन गर्दा, विश्वास, संयम र धीरजको प्रयोग गर्नु पर्ला तर तपाईं निश्चिन्त बस्नुहोस्, किनभने यहोवा तपाईको सर्वोत्तम् भलाइ चाहनु हुन्छ। (१ पत्रुस ५:६, ७) यस विषयलाई आफ्नो प्रार्थनामा राख्नुहोस् र यहोवा माथि भरोसा गर्नु होस्। (भजन ५५:२२) वर्तमान रीतिरिवाज रहुञ्जेल, कसैको जीवन पनि सम्पूर्णतया सन्तोषजनक छैन। शायद, तपाईं साँच्चै नै एक जना जीवन-साथीको खोजीमा हुनुहुन्छ होला। तर न बिर्सनुहोस्, अरूहरूका पनि ठूला-ठूला समस्याहरू छन्। कतिको त यो रीतिरिवाज रहुञ्जेल समाधान हुनै सक्दैनन्। आउँदो नया संसारमा मात्र “सबै जीवित प्राणीहरूको इच्छा” सम्पूर्णतया पूरा हुनेछ।—भजन १४५:१६
२०. एक जना अविवाहित बैनीले आफ्नो फैसला कसरी व्यक्त गरिन् र तपाईंले पनि त्यस्तै फैसला गर्नु भयो भने, के सन्तोष अनुभव गर्नु हुनेछ?
२० त्यो बखत् नआउञ्जेल्, विश्वास नगर्ने मानिस सँग जुवामा नजोतिने फैसला गर्नुहोस्। एक जना ३६ वर्षे बैनीले आफ्नो फैसला यी शब्दहरूमा व्यक्त गरिन्: “मँ प्रत्यक दिन यहोवालाई एक जना जीवन-साथी पाउँ भनेर प्रार्थना गर्छु। यहोवाको सङ्गठन बाहिर नजर घुमाउने मेरो इच्छा पटक्कै न भएता पनि, परीक्षा चाँहि बराबर सामुन्ने आइरहन्छ। तर एक जना अध्यात्मिक् पुरूषले रूचाउने आध्यात्मिक् स्त्री हुनका लागि, र मेरो व्यक्तित्वमा उन्नति गराउनको निम्ति मँ हालमा चाँहि, आफूमा सद्-गुणहरूको वृद्धि गराउने काममा लाग्न चाहन्छु।” के तपाईंले पनि यस्तै फैसला गर्नु भएकोछ? गर्नु भएकोछ भने, ईश्वरीय न्यायको परमेश्वर प्रति वफादारहुनेहरूले अनुभव गर्ने सन्तोष तपाईंले पनि अनुभव गर्नुहुनेछ।—भजन ३७:२७, २८ (w89 11/1)
[फुटनोट]
a १ कोरिन्थी १४:२२ मा, “विश्वास गर्ने” अथवा “बप्तिस्मा” लिएका मानिसहरू बाट पावलले “विश्वास नगर्ने” मानिसहरूलाई अलग्ग्याउनु भयो। यस प्रकार, कोरिन्थीहरूले “विश्वास नगर्ने” मानिसहरू बप्तिस्मा नलिएकाहरू हुन् भनेर बुझने भये।—प्रेरित ८:१३; १६:३१-३४; १८:८ सँग तुलना गर्नुहोस्।
b “अझ राम्रो सँग अर्थ खोल्ने हो भने, यी शब्दहरूमा व्यक्त गरे पनि हुन्छ: ‘मसीही सिद्धान्तहरूको उलङ्घन अथवा मसीही साक्षी दिने काममा वाधा गराउनु सक्ने कुनै प्रकारको स्थायी अथवा अस्थायी सम्बन्ध अविश्वासीहरू सँग न जोड़नु। यस प्रकारको भेद किन? किन भने विश्वास नगर्ने मानिसले मसीही सिद्धान्तहरू, लक्ष्यहरू र सोचाईमा भाग लिंदैन।’”—दी एक्सपोजिटर्स बाइबल कमेनट्री, वल्युम १०, पाना ३५९
के तपाईं बताउन सक्नु हुन्छ?
▫ विश्वास नगर्नेहरू सित घनिष्ठ सम्बन्ध जोड़ने विषयमा, बाइबलले के चेताउनी दिन्छ?
▫ कुनै-कुनै समर्पित मसीहीहरूले मण्डली बाहिर विवाहगर्नको निम्ति सङ्गी किन खोज्दछन्?
▫ असमान जुवामा नजोतिनु भनेर यहोवाले दिनु भएको चेताउनी कसरी उहाँको प्रेम र चासोको एउटा प्रदर्शन हो?
▫ विवाह गर्ने साथी खोज्ने सम्बन्धमा, अकसर के प्रश्नहरू सोधिन्छन् र तिनीहरूको उत्तर तपाईंले कसरी दिनु हुनेछ?