नयाँ संसारमा प्रवेश पाउने छुटकाराको निम्ति तयारी गर्नु होस्
“लूतको स्वास्नीलाई सम्झ।”—लूका १७:३२.
१. आजको हाम्रो अध्ययनमा, ईश्वरीय छुटकाराको कुन् एतिहासिक उदाहरणलाई महत्व दिइएको छ र यसबाट हामीले के लाभ उठाउँन सक्छौं?
यहोवाले नूह र उनको परिवारलाई दिनु भएको महान छुटकारा बारे भनी सके पछि, प्रेरित पत्रुसले एउटा अर्को एतिहासिक उदाहरण दिए। सदोम र गमोरा नाश भएर खरानी हुँदा, धर्मी लूतको बचाव तिर उनले हाम्रो ध्यान लगेको देख्छौं र यो हामी २ पत्रुस २:६-८ मा पढ़दछौं। यो विवरण हाम्रै फायदाका लागि सुरक्षित् राखिएको हो। (रोमी १५:४) त्यो छुटकारा सँग सम्बन्धित् घटनाहरूलाई मनलाएर ध्यान दियौं भने, परमेश्वरको नया संसारमा प्रवेश पाउने व्यक्तिहरू मध्य हुने सहायता पाउन सक्नेछौं।
संसारको जीवन-शैली प्रति हामी कस्तो प्रतिकृया व्यक्त गर्छौं
२. सदोम र गमोराका मानिसहरूका के कस्तो चाल-चलनले गर्दा, परमेश्वरले तिनीहरूलाई नाश गरी दिनुभयो?
२ ती शहरहरू र तिनीहरूका बासिन्दाहरू नष्ट किन भए? प्रेरित पत्रुसले “कामुक जीवनको” चर्चा गरेका छन्। (२ पत्रुस २:७) यो व्याकांश जुन ग्रीक शब्दबाट अनुवाद गरिएको छ, त्यो शब्दको अर्थ अनुसार, सदोम र गमोराका मानिसहरूले व्यवस्था र अख्तियारको निर्लज्जता साथ अवहेलना र अपमान हुने गरी खराब काममा भाग लिएछन्। यहूदा ७ अनुसार, तिनीहरू, ‘व्यभिचारमा परेर बिरानो शरीरको पछि लागेका थिए।’ तर सदोम शहरका “के युवक, के बूढ़ा, एउटै पनि नछोड़ी जम्मै मानिसहरू” आएर लूतको घर चारै तर्फबाट घेरेर आफ्नो भ्रष्ट अभिलाषा पुरा गर्न, लूतका अतिथिहरू सँग भोग गर्ने माँग गर्दा, तिनीहरूका चरित्रको अश्लिलता स्पष्ट देखियो। लूतले तिनीहरूको यो पतित माँगको विरोध गरे भनेर तिनीहरूले लूतकै निन्दा गर्न थाले।—उत्पत्ति १३:१३; १९:४, ५, ९.
३. (क) सदोमको जस्तो भ्रष्ट वातावरणमा बसो-बास गर्न, लूत र उनको परिवार कसरी आए? (ख) सदोमका मानिसहरूका आचरण प्रति लूतको प्रतिकृया के थियो?
३ भौतिक फलिफाप हुने सम्भावना देखेर, सदोम निरको इलाकामा लूतले आफ्नो बसाइँ सारेका थिए। समयमा, उनले सदोम शहर भित्रै घर बसाले। (उत्पत्ति १३:८-१२; १४:१२; १९:१) तर शहरका मानिसहरूको भ्रष्ट काम कुरोमा लूत सहमत् थिएनन् र त्यहाँका मानिसहरूको सामाजिक जीवनमा लूत र उनको परिवार सहभागी नभएको हुनाकारण, उनीहरूलाई त्यहाँका बासिन्दाहरूले आफ्नै जमात्को ठान्दैन थिए। २ पत्रुस २:७, ८ ले भने झैं: “र दुष्टहरूका कामुक जीवनबाट अति दुःखित् भएका धार्मिक लूतलाई बचाउनुभयो, किनभने ती धार्मिक मानिस तिनीहरू सँग रहँदा तिनीहरूका अधर्मका कामहरू देखेर औ सुनेर तिनका सच्चा मन दिनहुँ दुःखित् हुन्थ्यो।” त्यहाँ चलीरहेको परिस्थिति लूतको निम्ति एउटा कठिन परीक्षा हुन गयो किनभने लूतको निम्ति त्यस प्रकारको चाल-चलन घृणास्पद थियो।
४. (क) कुन्-कुन् कुरामा, आजका परिस्थितिहरू पनि प्राचीन सदोमका जस्तै छन्? (ख) हामी पनि धार्मिक लूत जस्तै छौं भने, वर्तमान भ्रष्ट वातावरण प्रति हामी कस्तो प्रतिकृया व्यक्त गर्छौं?
४ हाम्रा दिनहरूमा पनि, मानव समाजको नैतिकताको स्तर धेरै नै तल झरि सकेको छ। कैयौं देशहरूमा, विवाह गर्नु भन्दा अघि नै यौनिक सम्भोग गर्ने काममा बढ़ी से बढ़ी मानिसहरू लागेकाछन्। स्कूल पढ़ने धेरै जवान मानिसहरू पनि यस प्रकारको जीवन-शैलीमा ग्रस्त छन् र तिनीहरूका साथ नदिनेहरूको तिनीहरू गिल्ला गर्छन्। पुरूषगामीहरू ठूला-ठूला शहरका सड़कहरूमा खुलेआम जुलुस निकालेर हिड्छन् र मान्यताको माँग गर्छन्। यो बिलासोत्सवमा पादरीहरू पनि सम्मिलित् भएकाछन्। औपचारिक स्तरमा, धेरै गिर्जाहरूले परिचित् पुरूषगामीहरू र व्यभिचारीहरूलाई नियुक्त गर्दैनन्। तर, समाचारपत्रमा छापिए अनुसार, पादरीहरू मध्य व्यभिचारीहरू र पुरूषगामीहरू पाउन गाह्रो छैन। भनौ भने, योनिक बदनामीको कारण कैयौं धर्म-गुरूहरूलाई वेग्लै शहरमा सरूवा गरी दिन परेको छ अथवा कति चाहिं राजीनामा दिन बाध्य भएका छन्। धार्मिकता सँग प्रेम गर्नेहरू यस प्रकारको दुष्टता सँग सहमत छैनन्; तिनीहरूले “खराब . . . [कुरालाई] घृणा” गर्छन्। (रोमी १२:९) विशेष गरी परमेश्वरको सेवा गर्ने दाबी गर्ने मानिसहरूको चरित्रले परमेश्वरको नाउँमा निन्दा ल्याउँछ र यसले गर्दा अन्जान मानिसहरू धर्मको नाउँ समेत् सुन्न नचाहने हुन्छन्।—रोमी २:२४.
५. यहोवाले सदोम र गमोरालाई नाश गर्नु भएको घटनाबाट, हामीले आफ्नो कुन प्रश्नको उत्तर पाउँछौं?
५ सालै पिछ्छे, परिस्थिति झन-झन खराब हुँदै गइरहेकोछ। के यस्को अन्त हुनेछ? हो, हुनेछ! यहोवाले प्राचीन सदोम र गमोरालाई जे गर्नु भयो, त्यसबाट स्पष्ट हुन्छ कि, खटाउनु भएको समयमा, उहाँले निसाफ गर्नुहुनेछ। उहाँले दुष्टको नाउँ-निशानै नरहने गरी नाश गर्नु हुनेछ तर आफ्ना भक्त सेवकहरूलाई बचाउनु हुनेछ।
के अथवा को जीवनमा प्रथम आउँछ?
६. (क) लूतकी छोरीहरूलाई विवाह गर्न चाहने जवान मानिसहरूबाट हामीले समय अनुकुल के शिक्षा पाउँछौं? (ख) आफूलाई विवाह गर्न चाहने मानिसहरूको प्रतिकृयाले लूतकी छोरीहरूको विश्वासको जाँच कसरी भयो?
६ साँचो ईश्वरीय भक्ति प्रदर्शन गर्ने मानिसहरू मात्र बाँच्ने छन्। यस सम्बन्धमा, यहोवाका स्वर्गदूतहरूले सदोम र गमोरा नाश हुनु भन्दा अघि भनेका कुरालाई ध्यान दिनुहोस्। “तिमीसँग यहाँ अरू कोही छन्? जुवाइँ, कि छोरा-छोरीहरू, अथवा शहरमा तिम्रा अरू जो भए पनि तिनीहरूलाई लिएर यस ठाउँबाट निस्केर जाऊ! किनभने हामी यस ठाउँलाई नाश पार्नेर्छौं।” लूत आफ्नी छोरीहरूलाई विवाह गर्न माँगने ज्वाइँहरूकहाँ गए। उनले तिनीहरूलाई बारम्बार: “उठ, यस ठाउँबाट जाइजाऔं, किनभने यहोवाले [NW] यो शहर नाश पार्नुहुनेछ!” भने। लूतको घराना सँग सम्बन्धित् भएको हुनाकारण, तिनीहरूले छुटकारा पाउने एउटा विशेष मौका पाए, तर तिनीहरूले व्यक्तिगत् रूपमा स्वयं कदम चाल्न परेका थिए। यहोवा प्रति आज्ञाकारी भएको ठोस प्रमाण तिनीहरूले प्रस्तुत् गर्नु पर्थ्यो। तर, तिनीहरूलाई “लूत ठट्टा गरे जस्तो लाग्यो।” (उत्पत्ति १९:१२-१४) यो सुनेर लूतकी छोरीहरूलाई कस्तो लाग्यो होला, तपाईं आफै कल्पना गर्नुहोस्। तिनीहरूको ईश्वरीय भक्तिले जाँचको सामना गर्नु पर्यो।
७, ८. (क) स्वर्गदूतहरूले लूतलाई आफ्नो परिवार लिएर भाग्न लगाउँदा, लूतले के कस्तो विचार व्यक्त गरे र यो किन उचित् थिएन? (ख) छुटकारा पाउनका निम्ति, लूत र उनका परिवारका लागि के अत्यावश्यक थियो?
७ भोली बिहान, रिमरिम उज्यालोमा, स्वर्गदूतहरूले लूतलाई आत्तुरी लगाए। तिनीहरूले एसो भने: “उठ, तिम्री स्वास्नी र यहाँ भएका तिम्रा दुई छोरीहरूलाई लिएर गइहाल, नत्रता यस शहरले पाउने सजायमा तिमी पनि भस्म हुनेछौ!” तर लूतले “आले-टाले गरिरहे।” (उत्पत्ति १९:१५, १६) किन? तिनलाई के ले रोक्दै थियो? कतै सदोमका भौतिक सुविधाहरूले ता होइन, जसको कारण नै उनी सदोममा बसो-बास गर्न आएका थिए? तर अहिले ती कुराहरू समातेर बसेमा, तिनी सदोम सँग-सँगै नाश हुने थिए।
८ स्वर्गदूतहरूले कृपापूर्वक त्यस परिवारका सदस्यहरूलाई हातले समातेर हतार हतार शहर बाहिर ल्याए। बाहिर आए पछि, यहोवाका स्वर्गदूतले यो आज्ञा गरे: “आफ्नो ज्यान जोगाउनलाई भाग, पछि फर्केर नहेर, औ बेंसीमा कतै पनि नअड़िनू, तर पहाड़ तिर भाग, नत्रता भस्म हुनेछौ!” लूतले अझ पनि आले-टाले गरे। आखिरमा, एउटा धेरै टाड़ा न हुने ठाउँमा जाने फैसला भए पछि, तिनी र तिनका परिवार भागे। (उत्पत्ति १९:१७-२२) अब उप्रान्त ढिला गर्ने बेलै थिएन; आज्ञाकारी हुनु अत्यावश्यक थियो।
९, १०. (क) आफ्नो पति सँग हुँदैमा, लूतकी स्वास्नीको बचाव किन निश्चित थिएन? (ख) लूतकी स्वास्नीको मृत्यु हुँदा, लूत र उनकी छोरीहरू माथि के थप जाँच आइ पर्यो?
९ तर, सदोमबाट भाग्दैमा छुटकारा सम्पन्न भएको थिएन। उत्पत्ति १९:२३-२५ ले एसो भन्छ: “लूत सोअरमा पुग्दा सूर्य उदाइसकेको थियो। तब यहोवाले आकाशबाट सदोम र गमोरामाथि आगो र गन्धक बर्षाउनुभयो। उहाँले ती शहरहरू र जम्मै बेंसी र शहरहरूका सबै बासिन्दाहरू र जमीनमा उम्रेका सबै थोक सर्वनाश पारिदिनुभयो।” तर लूतकी स्वास्नी कहाँ थिइन्?
१० तिनी आफ्नो पति सँग-सँगै भागेर निस्केकी थिइन्। तर आफ्नो पतिले गरिरहेको काम सँग के तिनी पूर्णतया सहमत थिइन्? सदोमका मानिसहरूका कामको तिनले समर्थन् गरथिइन् भन्ने केही आधार छैन। तर त्यहाँको तिनको घरबार र भौतिक सामानहरूलाई भन्दा के तिनले परमेश्वरलाई बढ़ी प्रेम गर्थिन्? (लूका १७:३१, ३२ सँग तुलना गर्नु होस्) दबाव आइ पर्दा, उनको हृदयमा भएको कुरा बाहिर प्रकट भयो। तिनीहरू सोअर पुग्नै लागेका थिए। शायद तिनीहरू सोअरको शहर भित्र पस्नै लागेको बेलामा, तिनले अनाज्ञाकारी भएर फर्केर हेरिन्। औ बाइबलको उल्लेख अनुसार, “तिनी नूनको थाम भइहालिन्।” (उत्पत्ति १९:२६) अब लूत र उनकी छोरीहरूको समग्रताको फेरि जाँच भयो। यो विपत्ति ल्याउनु हुने यहोवालाई भन्दा, के लूतले आफ्नी मरेकी स्वास्नीलाई र छोरीहरूले आफ्नी आमालाई, बढ़ी प्रेम गर्थिए? तिनीहरूको एउटा अति नै नजिकको आफन्तले यहोवा प्रति विश्वासघात गरेतापनि, के तिनीहरू यहोवा प्रति आज्ञाकारी भएर हिड़लान्? यहोवामाथि पूर्ण भरोसा राख्दै, तिनीहरूले पछि हेरेनन्।
११. यहोवाले दिनु हुने छुटकाराको विषयमा हामीले यहाँ के सिक्यौं?
११ हो, ईश्वरीय भक्ति हुने मानिसहरूलाई परीक्षाबाट छुटकारा दिन यहोवा जान्नु हुन्छ। साँचो उपासनामा एकत्रित भएका सम्पूर्ण परिवारहरूलाई पनि बचाउन उहाँ जान्नु हुन्छ; व्यक्ति-व्यक्तिलाई पनि बचाउन उहाँ जान्नु हुन्छ। तिनीहरूले उहाँलाई साँचो हृदयले प्रेम गरेमा, उहाँले पनि तिनीहरू सँग ठूलो विचारशीलता साथ व्यवहार गर्नु हुन्छ। “किनभने उहाँले हाम्रो बनोट जान्नुहुन्छ। मानिसहरू माटोनै हुन् भनी उहाँ सम्झनुहुन्छ।” (भजन संग्रह १०३:१३, १४) तर उहाँले दिनु हुने छुटकारा ती मानिसहरूकालागि मात्र हो, जसको ईश्वरीय भक्ति विशुद्ध छ र जसले आज्ञाकारी भएर आफ्नो भक्तिको प्रमाण दिन्छन्।
अझ महान छुटकाराको निम्ति प्रेमपूर्ण तयारी
१२. हामीले उत्सुकता साथ प्रतिक्षा गरेको छुटकारा ल्याउनु अघि, यहोवाले कुन्-कुन् कुराको प्रेम पूर्ण तयारी गर्न लाग्नु भएको थियो?
१२ नूह र लूतका दिनमा गर्नु भएको कार्य द्वारा, यहोवाले सबै दुष्टहरूलाई सधैंको निम्ति हटाउनु भएन। धर्मशास्त्रले भने झैं, ती कुराहरू पछि भविष्यमा हुने कुराको एउटा नमूना मात्र थिए। तर ती कुराहरू हुनु भन्दा अघि, यहोवाले उहाँलाई प्रेम गर्ने मानिसहरूका फायदाका लागि अझ अरू धेरै कुरा गर्ने उद्देश्य रच्नुभएको थियो। उहाँले आफ्नो एकलौता पुत्र, येशू ख्रीष्टलाई पृथ्वीमा पठाउनु हुने थियो। यहाँ आउनु भएर, येशूले त्यस प्रकारको भक्तिको प्रदर्शन गर्नु हुने थियो जुन आदमले, एक जना सिद्ध व्यक्तिको हैसियतबाट परमेश्वरलाई चढ़ाउनु पर्ने र गर्न सक्ने पनि थियो; अब यही कुरा येशूले धेरै नै कठिन परिस्थितिमा गर्नु हुने थियो। यस प्रकार, येशूले परमेश्वरको नाउँबाट निन्दा हटाउनु हुने थियो। आदमका विश्वासी सन्तानले, आदम द्वारा हराएका कुरा पुनः प्राप्त गर्न सकोस् भनेर, येशूले आफ्नो सिद्ध मानव जीवनलाई बलिदान चढ़ाउनु परेको थियो। त्यस पछि, ख्रीष्ट सँग उहाँको स्वर्गीय राज्यमा सहभागी हुन, परमेश्वरले एउटा “सानो झुण्ड” छान्नु हुने थियो र नया मानव समाजको जग बसाल्न, सबै जातिहरूबाट एउटा “ठूलो भीड़” एकत्रित गरिनु परेको थियो। (लूका १२:३२; प्रकाश ७:९) ती पुरा भए पछि, जलप्रलय र सदोम र गमोराको नाशले चित्रित् गरेको भव्य छुटकारा परमेश्वरले सम्पन्न गर्नु हुनेछ।
निर्णायक कदम उचाल्न किन अहिले अत्यावश्यक छ
१३, १४. लूत र नूहको दिनमा भक्तिहीन मानिसहरूको विनाशलाई उदाहरणको रूपमा पत्रुसले प्रयोग गरेको कुराबाट हामी के सिक्न सक्दछौं?
१३ यहोवाले धेरै चोटी आफ्ना सेवकहरूका लागि छुटकारा दिने कार्यहरू गर्नु भएको कुरा परमेश्वरको वचनका विद्यार्थीहरूलाई थाह छ। तर धेरै जसो घटनाहरूलाई सङ्केत गर्दै, बाइबलमा: ‘जस्तो त्यस बेलामा भयो, त्यस्तै मानिसको पुत्रको आगमन पनि हुनेछ,’ भनेको पाउँदैनौं। प्रेरित पत्रुसले, पवित्र आत्माको प्रेरणा द्वारा, दुई घटनाको उदाहरण मात्र किन दिए? लूत र नूहका दिनमा घटेका घटना र अरू घटनाहरू बीच के भिन्नता थियो?
१४ यस बारे निश्चित सङ्केत यहूदा ७ मा पाइन्छ, जहाँ हामी यस प्रकार पढ़छौं: “जसरी सदोम र गमोरा, औ तिनका आसपासका शहरहरू, . . . आगोको अनन्त दण्डमा परेर उदाहरणजस्तै भएका छन्।” हो, ती शहरहरूका घोर पापीहरूको नाश अनन्तकालिन थियो र त्यस्तै प्रकारको नाश वर्तमान रीतिरिवाजको अन्तमा, दुष्टहरूले भोग्नेछन्। (मत्ती २५:४६) यस्तैगरी, नूहको दिनको जलप्रलयको चर्चा पनि अनन्त विनाशको सन्दर्भमा गरिएको छ। (२ पत्रुस २:४, ५, ९-१२; ३:५-७) यसकारण, नूह र लूतका दिनका भक्तिहीन मानिसहरूको नाश द्वारा, यहोवाले अधर्मीहरूलाई सधैंको निम्ति नाश गर्नु हुनेछ र आफ्ना सेवकहरूलाई छुटकारा दिनुहुनेछ भन्ने कुराको प्रदर्शन गर्नु भयो।—२ थिस्सलोनिकी १:६-१०.
१५. (क) दुष्ट काम-कुरोमा लाग्ने मानिसहरूले कुन् अत्यन्त जरूरी चेताउनी पाइरहेकाछन्? (ख) अधार्मिकतामा लागी रहने सबै मानिसहरूमाथि निसाफ किन गरिनेछ?
१५ दुष्टहरूलाई नाश गर्नुमा, यहोवा कुनै प्रकारको आनन्द प्राप्त गर्नु हुन्न। यसबाट नता उहाँका सेवकहरूले केही आनन्द उठाउँछन्। उहाँका साक्षीहरू द्वारा, यहोवाले मानिसहरूलाई यसरी सम्झाउनु हुन्छ: “आफ्नो दुष्ट चाल त्याग, ती त्यागी हाल। . . . तिमीहरू किन मर्छौ?” (इजकिएल ३३:११) तथापि, मानिसहरूले यो प्रेमपूर्ण अनुरोध सुन्ने इच्छा न गरेर आफ्नै स्वार्थी जीवन शैलीको पछि लाग्दै, यहोवाले आफ्नो पवित्र नाउँको खातिर र भक्तिहीन मानिसहरूको हातमा दुर्व्यवहार सहने उहाँका भक्त सेवकहरूको प्रेमका खातिर, निसाफ गर्न आवश्यक पर्छ।
१६. (क) अगमवाणी भएको छुटकारा अब नजीकै छ भनी हामीले किन दृढ़ विश्वास राख्न सक्छौं? (ख) के बाट छुटकारा र कहाँ प्रवेश पाउनको निम्ति छुटकारा हुनेछ?
१६ परमेश्वरले छुटकारा ल्याउने समय धेरै नै नजिक आइ सकेको छ! येशूले उहाँको उपस्थिति र यो रीतिरिवाजको अन्तको चिन्ह बारे अगमवाणी गर्नु भएका घटनाहरू र प्रवृत्तिहरू स्पष्ट देखिदैछन्। त्यो चिन्हका लक्षणहरू प्रथम पटक, बितेका ७५ वर्ष देखिन् देखा पर्न थालिएकाछन् र यो भक्तिहीन संसारमाथि परमेश्वरले न्याय गर्नु अघि, “यो पुस्ता” बिती जाने छैन भनेर येशूले भन्नु भएको थियो। परमेश्वरको नजरमा, राज्यको समाचार सबै जातिहरूमा साक्षीको निम्ति यथेष्टरूपमा प्रचार भइसके पछि, यो दुष्ट संसारको अन्त हुनेछ र तब, ईश्वरीय भक्तिहुने मानिसहरूको छुटकारा पनि आउनेछ। (मत्ती २४:३-३४; लूका २१:२८-३३) के बाट छुटकारा? दुष्टहरूको हातमा तिनीहरूले भोग्नु परेको सतावटबाट र धार्मिकताका प्रेमीहरूलाई दुःखित् पार्ने दैनिक परिस्थितिहरूबाट छुटकारा अनुभव गर्नेछन्। साथै त्यो एउटा नया संसारमा प्रवेश गर्ने छुटकारा हुनेछ, जहाँ रोग र मृत्यु बितिसकेका हुनेछन्।
छुटकाराको निम्ति ईश्वरीय मदद
१७. (क) हामी आफैले आफैलाई कुन् गम्भीर प्रश्न सोध्नु पर्छ? (क) नूह जस्तै, हामी पनि “ईश्वरीय डरले” प्रेरित छौं भनेर कसरी प्रमाण दिन सक्छौं?
१७ हामी प्रत्यकले व्यक्तिगतरूपमा आफैले आफैलाई सोधनु पर्ने प्रश्न यो हो: ‘परमेश्वरको त्यो कार्यको निम्ति के म तयार छु?’ हामीले आफैमा अथवा धार्मिकताको आफ्नै परिभाषामा भरोसा राखेका छौं भने, हामी तयार छैनौं। तर नूह जस्तै, हामी “ईश्वरीय डर” अनुसार हिंडेकाछौं भने, यहोवाले दिनु भएको निर्देशनलाई हामीले विश्वास साथ स्वीकार्दछौं र यसैले हामीलाई छुटकारा तिर लैजानेछ।—हिब्रू ११:७.
१८. ईश्वरीय अधिकारलाई साँचो श्रद्धा दिन सिख्नु, नया संसारमा प्रवेश हुने तयारीको एउटा महत्वपूर्ण भाग किन हो?
१८ अहिले पनि, यहोवाले दिनुहुने सुरक्षा अनुभव गर्ने मानिसहरूको आनन्दको सुन्दर वर्णन गर्दै, भजन संग्रह ९१:१, २ ले यसो भन्दछ: “जो परम प्रधानको गुप्त ठाउँमा बास गर्दछ, त्यो सर्वशक्तिमानको छत्रछायामनि रहन्छ। यहोवाको [NW] विषयमा म भन्छु, ‘उहाँ मेरो शरणस्थान र मेरो किल्ला हुनुहुन्छ, मेरा परमेश्वर, जसमा म भरोसा राख्तछु।’” ठूलो चराको शक्तिशाली पखेटामनि सुरक्षित् चल्लाहरू जस्तै, यी मानिसहरूको समूह पनि परमेश्वरमा सुरक्षित् छन्। तिनीहरूले आफ्नो पूर्ण भरोसा यहोवामा राखेकाछन्। तिनीहरूले उहाँलाई सर्वशक्तिमान र परमप्रधान हुनुहुन्छ भनेर स्वीकारेकाछन्। फलस्वरूप, तिनीहरूले “विश्वासी र बुद्धिमान दास” अथवा आफ्ना माता-पिताको माध्यम द्वारा प्रयोग हुने ईश्वरीय अधिकारको श्रद्धा गर्छन् र त्यसको अधीनमा बस्छन्। (मत्ती २४:४५-४७) के हामी पनि व्यक्तिगत्रूपमा एसो गरिरहेकाछौं? नूह जस्तै, के हामी पनि ‘यहोवाले [NW] . . . आज्ञा गरे बमोजिम’ सबै कुरा पालन गर्न सिक्दैछौं? (उत्पत्ति ६:२२) छौं भने, यहोवाको नया संसारमा हामीले प्रवेश पाउन सकोस् भनेर, उहाँले आज दिनु हुने तयारी प्रति हामी चेतनशील छौं।
१९. (क) हाम्रो लाक्षणिक हृदय के हो र यसलाई ध्यान दिन किन अत्यावश्यक छ? (हितोपदेश ४:२३) (ख) सांसारिक प्रलोभन प्रति हाम्रो प्रतिकृया बारे, लूतको उदाहरणबाट हामीके फायदा उठाउन सक्छौं?
१९ त्यो तयारी गर्दा, हामीले आफ्नो लाक्षणिक हृदयलाई ध्यान दिन आवश्यक छ। “मानिसको हृदय [NW] जाँचने यहोवानै हुनुहुन्छ।” (हितोपदेश १७:३) हामी बाहिरबाट कस्तो छौं, त्यो महत्वपूर्ण छैन, तर हाम्रो भित्रि व्यक्तित्व अथवा हाम्रो हृदय कस्तो छ, त्यो महत्वपूर्ण छ भनेर उहाँले हामीलाई बुझ्ने मदद दिनु हुन्छ। हाम्रा वरिपरिका संसारले झैं हामी हिंसा र अनैतिकतामा सहभागी न भएतापनि, यी कुराहरू हाम्रो मनोरञ्जनका विषय बन्न दिनु हुँदैन। लूत जस्तै, यस प्रकारको कार्यको अस्तित्वले नै हामीलाई पीडित् पार्नु पर्दछ। खराबी घृणा गर्नेहरूले ती कुराहरूमा भाग लिने मौका खोज्दै हिड़दैनन्; तर ती कुरालाई घृणा नगर्ने मानिसहरू चाहिं आफूलाई ती बाट शारीरिक रूपमा अलग राखेतापनि, मनबाट ती कुराहरूमा भाग लिने इच्छा गर्नेगर्छन्। “हे यहोवलाई [NW] प्रेम गर्ने हो, खराबीलाई घृणा गर।”—भजन संग्रह ९७:१०.
२०. (क) बाइबलले हामीलाई भौतिकवादी जीवन-शैली बारे कसरी होशियार पार्दछ? (ख) भौतिकवाद सम्बन्धमा बाइबलमा दिएका महत्वपूर्ण शिक्षाहरू हाम्रा हृदय भित्र पसेका छन् वा छैनन्, हामी कसरी भन्न सक्नेछौं?
२० यहोवाले प्रेमपूर्वक, हामीलाई अनैतिक चालचलनबाट मात्र होइन, तर भौतिकवादी जीवन-शैली बाट पनि अलग रहन शिक्षा दिनु हुँदैछ। ‘खान र लाउन भएपछि . . . त्यसमा सन्तुष्ट’ हुने सल्लाह परमेश्वरको वचनले दिन्छ। (१ तिमोथी ६:८) नूह र उनका छोराहरूले आफ्ना घरबार छाड़ेर जहाजमा पस्नु पर्यो। लूत र उनको परिवारले पनि आफ्नो प्राण बचाउनका लागि, घरबार र अन्य सम्पत्ति छाड़ेर हिड़नु आवश्यक भयो। हामीले के सित स्नेह गरेका छौं? “लूतको स्वास्नीलाई सम्झ।” (लूका १७:३२) येशूले यो प्रोत्साहन दिनु भएको छ: “तर पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्।” (मत्ती ६:३३) के हामीले एसो गरिरहेका छौं? यदि यहोवाका धार्मिक सिद्धान्तहरूले हाम्रा अगुवाइ गरेकाछन् र उहाँको राज्यको सुसमाचार प्रचार गर्ने कामले हाम्रो जीवनमा प्रथम स्थान लिएकोछ भने, यहोवाको नया संसारमा प्रवेश हुनका लागि उहाँले दिनुहुने तयारी प्रति हामीले चेतनशीलता व्यक्त गरिरहेका हुनेछौं।
२१. यहोवाले प्रतिज्ञा गर्नु भएको छुटकारा चाँड़ै नै पुरा हुनेछ भनेर हामीले प्रतिक्षा गर्नु किन उचित् हो?
२१ राज्य-शक्ति सहित् उहाँको उपस्थितिको चिन्हको पूर्ति देख्न पाउने, ईश्वर भक्त मानिसहरूलाई, येशूले एसो भन्नु भएको छ: “तर जब यी कुरा हुनेछन् तब शिर उठाएर माथि हेर, किनभने तिमीहरूको छुटकारा नजीकै आएको हुनेछ।” (लूका २१:२८) के तपाईंले त्यो चिन्ह पूर्णरूपमा, क्रमानुसार बढ़दै गएको देख्नु भएको छ? छ भने, यहोवाले प्रतिज्ञा गर्नु भएको छुटकारा नजिकै छ भनेर दृढ़ विश्वास गर्नु होस्! यहोवाले ईश्वरीय भक्ति हुने मानिसहरूलाई “परीक्षाबाट छुटकारा दिन” जान्नु हुन्छ भनी निश्चिन्त हुनुहोस्।—२ पत्रुस २:९. (w90 4/15)
तपाईंले के सिक्नु भयो?
◻ लूतको जस्तै, हाम्रो पनि सांसारिक जीवन-शैली प्रति कस्तो प्रतिकृया हुनु पर्ने?
◻ सदोमबाट भागेर जाँदा, लूत र उनको परिवारले के कस्ता जाँचको सामना गर्नु पर्यो?
◻ पत्रुसले प्रयोग गरेका उदाहरणहरूले आज यहोवाको पक्षमा दृढ़ता साथ खड़ा हुने आवश्यक्तालाई कसरी महत्व दिएको छ?
◻ आफ्ना मानिसहरूलाई छुटकाराका निम्ति तयार गर्नु हुँदा, यहोवाले के अत्यावश्यक शिक्षाहरू दिनु हुँदैछ?
[पृष्ठमा भएको चित्र]
पोथीको शक्तिशाली पखेटामनि बसेका चल्लाहरू झैं, परमेश्वरका मानिसहरूलाई पनि परमेश्वरले सुरक्षित् राख्नु हुन्छ