-
यहोवा—भलाइको सर्वोत्कृष्ट उदाहरणप्रहरीधरहरा—२००२ | जनवरी १५
-
-
१२ भोलिपल्ट सीनै पर्वतमा मोशाले आफ्नो सामने यहोवाको भलाइ देखे। त्यतिबेला मोशाले परमेश्वरको महिमाको झलक देखे र यस्तो घोषणा पनि सुने: “परमप्रभुनै टिठाउनमा भरिपूर्ण र दयालु परमेश्वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ, हजारौं हजारमाथि कृपा देखाउनुहुने, दुष्टता, अपराध, र पाप क्षमा गर्नुहुने, दोषीलाई कुनै किसिमले पनि निर्दोष नठहराउनुहुने, पिता-पुर्खाको दुष्टताको दण्ड तिनीहरूका छोरा-छोरीहरू, नाति-पनाति, र तेस्रो र चौथो पुस्तासम्म दिनुहुने हुनुहुन्छ।” (प्रस्थान ३४:६, ७) यी शब्दहरूले यहोवाको भलाइ उहाँको कृपा र उहाँको व्यक्तित्वका अन्य पक्षहरूसँग सम्बन्धित छ भनेर संकेत गर्छ। यी कुराहरूलाई विचार गर्दा हामीले भलाइ प्रदर्शन गर्न मदत पाउँछौं। हामी सबैभन्दा पहिला यस अद्भुत घोषणामा दुई चोटि उल्लेख गरिएको गुणमा ध्यान देऔं।
-
-
यहोवा—भलाइको सर्वोत्कृष्ट उदाहरणप्रहरीधरहरा—२००२ | जनवरी १५
-
-
१३. परमेश्वरको भलाइको घोषणा गर्दा कुन गुण दुई-दुई चोटि उल्लेख गरिएको छ र यो किन एकदमै उपयुक्त छ?
१३ “परमप्रभु . . . कृपा[ मा] प्रशस्त हुनुहुन्छ, हजारौं हजारमाथि कृपा देखाउनु[ हुन्छ]।” “कृपा” भनी अनुवाद गरिएको हिब्रू शब्दको अर्थ “वफादार प्रेम” पनि हो। परमेश्वरले मोशालाई गर्नुभएको घोषणामा दुई-दुई चोटि दोहऱ्याइएको गुण यही मात्र हो। यसरी दोहऱ्याइनु एकदमै उपयुक्त छ किनभने परमेश्वरको प्रमुख गुण प्रेम हो! (१ यूहन्ना ४:८) यहोवा ‘भलो हुनुहुन्छ, र उहाँको कृपा सदासर्वदा रहिरहन्छ’ भन्ने चिरपरिचित अभिव्यक्तिले यस गुणलाई प्रकाश पार्छ।
-