प्रतिज्ञागरिएको देशका केही दृश्यहरू
ईलाहको उपत्यका जहाँ दाऊदले एउटा राक्षस मारे!
“दऊद, एउटा घुँयेत्रो र ढुङ्गा सित” त्यो पलिश्ती राक्षस, गोल्यत भन्दा बलवन्त भएको वणर्नभन्दा अझ रोमाञ्चकारी उल्लेख बाइबलमा कमै छन्। (१ शमुएल १७:५०) यो घटना ईलाहको उपत्यकामा घटेको थियो।
तर त्यो उपत्यका कहाँ छ र त्यो कस्तो छ? यो थाह गर्नु भयो भने, पछि इस्राएलको राजाहुन अभिषेक गरिएको केटोको त्यो प्रसिद्ध विजयको तपाईंले कल्पना गर्न सक्नु हुनेछ। केही समय पश्चात्, परमेश्वरले दाऊद सँग एउटा राज्यको वाचा बाँधनु भयो र यो वाचा द्वारा हामी सबैले अनन्त लाभ उठाउन सक्छौं। हो, ईलाहको उपत्यकामा घटेका घटनाहरू बारे सिक्न पर्ने प्रसस्त कारणहरू छन्।
पलिश्तीहरू कनानको तटमा बस् थिये। यहूदियाका पहाड़हरू (यरूशलेमको दक्षिण पट्टि) इस्राएलीहरूको कब्जामा थिये। अब तपाईंको सामने नक्सा सप्ष्ट छ—पश्चिमको बेंसीमा शत्रुहरू र डाँड़ामा, पूर्व तिर, परमेश्वरका सेवकहरू थिये। तिनी दुईको बीचमा, पूर्व तिर, ससाना पहाड़हरूका, एउटा विवादस्पद मध्यवर्ति इलाका थियो जसलाई शेपेलाह भनिन्थियो। पलिश्तीहरूले इस्राएल माथि आक्रमणगर्न, कुन बाटो आउँने गरथिये? त्यहाँको पूर्व-पश्चिम घाटी भएर उकालो लाग्ने बाटो समात्न, तिनीहरूलाई सबै भन्दा सजिलो हुनेथियो र त्यो ईलाहको उपत्यका त्यस्तो एउटा बाटो थियो। यो उपत्यका, गात र एक्रोनका शहरहरू निरको तराई देखिन्, माथि शेपेलाह हुँदै, यरूशलेम र बेतलेहेमबाट १५ मील टाढ़ा, दक्षिण-पश्चिमको पहाड़ सम्म फैलिएको थियो। यहाँ दिइएको नक्सामा (दक्षिण-उत्तर पट्टिको) यो उपत्यकाको माथिल्लो भाग देख्नसकिन्छ। टाढ़ा, क्षितिजमा, यहूदियाका पहाड़हरू पनि देखिन्छ।a
यो नक्सा हेर्नुहुँदा, पलिश्तीहरू मास्तिर, यो च्याप्टो उपत्यका देखिन् पहाड़हरू तिर बढ़ेको कल्पनागुर्न होस्। तिनीहरूलाई रोक्नकालागि, इस्राएलीहरू दक्षिण-पश्चिम अथवा यहूदियाबाट अघि बढ़े। र यहाँ आए पछि, दुवै पक्षहरू रोकिए। पलिश्तीहरू वारि पट्टिको पहाड़मा खड़ा भए र इस्राएलीहरू पारि पट्टिका पहाड़हरूमा भेला भए। तिनीहरू दुवै बीच, उपत्यका पर्यो।—१ शमुएल १७:३.
त्यो उपत्यकामा, ठीक कुन स्थलमा यो घटना घट्यो, हामीलाई थाह न भएतापनि, तल्लो दाहिने भेखमा, पलिश्तीहरू उभिएको हामी, कल्पना गर्न सक्छौं। शायद, साऊलको फौज चाहिं, त्यो खैरो खेतको पारि भित्ताको डाँड़ामा भेला भएको थियो होला। कुनै पक्षले पनि तल आएर, उपत्यका पार गरेर, माथि, डाँड़ामा सुरक्षित् भएर बसेका दुश्मनको फौजलाई आक्रमण गर्न चाहेनन्। यसरी, आ-आफ्नो ठाउँमा उभिएर, तिनीहरूले एक महिना भन्दा बढ़ी बिताए। पहिलो कदम कसले बढ़ाउने?
प्रत्यक बिहान र बेलुकी, गोल्यत नाउँको, नौं फुट अल्गो, पलिश्ती योद्धा, तल उपत्यकामा उभेर, साऊलको छाउनीकाहरूलाई व्यक्तिगत भिड़न्त द्वारा यो युद्धको फैसला गरौं भनेर, चुनौती दिनेगरथियो। तर यसको उत्तर दिने आँट, कुनै पनि इस्राएलीले गरेनन्। अन्तमा, बेतलेहेमबाट दाऊद नाउँको एउटा जवान गोठालो, छाउनीमा भएका आफ्न दाईहरूकालागि खानेकुरा लिएर त्यहाँ आइपुग्यो। यो अपमानजनक चुनौती प्रति यो ठिटोले के प्रतिकृया देखायो? “जीवित् परमेश्वरको सेनालाई तुच्छ भन्ने यो बेखतने पलिश्ती को हो र?” (१ शमुएल १७:४-३०) दाऊदले स्पष्ट सँग त्यही विचार प्रकट गऱ्यो, जुन विचार यहोवाका साक्षीहरूले १९९० सालकालागि आफ्नो यो वार्षिक ध्येयमा व्यक्त गरेकाछन्: “यहोवा मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ। मानिसले मलाई के गर्नसक्छ?”—हिब्रू १३:६; भजन ५६:११; ११८:६.
यो निशस्त्र र अप्रशिक्षित् केटो त्यो डरलाग्दो गोल्यतको सामना गर्न तैयार छ भन्ने कुरा सुनेर, साऊलले आफ्नो हात-हतियार प्रयोगको निम्ति दाऊदलाई दिन चाहे। तर दाऊदले इन्कार गऱ्यो किनभने उ त्यो राक्षस सँग लड़न, आफ्नो गोठालो को लाठी, छालाको घुँयेत्रो र उपत्यकाबाट उठाइएका पाँचवटा ढुङ्गाँ लिएर जान इच्छुक भयो। ती ढुँङ्गाहरू कस्ता थिए? तिनीहरू अङ्गुर अथवा जैतुन जस्ता स-साना, थिएनन् होलान्। किनभने घुँयेत्रोमा प्रयोग गरिने ढुँङ्गाहरू, गोलाईमा, २ र ३ इञ्ची ठूलो, पनि फेलापरेकाछन्। एउटा सानो सुन्तला जत्रो। घुँयेत्रो प्रयोग गर्ने मानिसले, यस्तो ढुङ्गा १०० देखिन् १५० मील प्रति घण्टाको वेगमा हान्नु सक्थ्यो।
त्यहाँ तल उपत्यकामा घटेका बाँकी कुरा, तपाईंले पढ़नु भएकै होला। दाऊदले कसरी यो घोषणा गऱ्यो: “तँ ता मसँग लड़न तरवार, भाला र बर्छा लिएर आएको छस्, तर म तँसँग लड़न तैंले धमकाएका इस्राएलको फौजका परमेश्वर, सेनाहरूका यहोवाको नाउँमा आएको छु।” यस पछि, यहोवाले उसलाई विजयी पार्नु भयो। यो ठीटोले यति जोर सित घुँयेत्रोको ढुङ्गा हान्यो कि त्यो गएर सोझै गोल्यतको निधारमा भासियो र गोल्यत मरि हाल्यो। त्यो गोठालो केटो दौड़ेर अघि बढ़्यो र त्यो राक्षसको आफ्नै तरवारले त्यसको सिर काटि दियो।—१ शमुएल १७:३१-५१.
परमेश्वरमाथि दाऊदको विश्वास र आस्थाबाट प्रोत्साहित भएर इस्राएलीहरूले आफ्ना निरूत्साहित् शत्रुहरूलाई, तल शेपेलाह भएर पलिश्तीया सम्मै पछि खेदे।—१ शमुएल १७:५२, ५३.
यहूदामा कति ठूलो आनन्द मनाइयो होला, एसो कल्पना गर्नुहोस्! परमेश्वरका मानिसहरूले माथि डाँड़ाबाट, तल पश्चिम तिर, ईलाहको उपत्यका र शेपेलाहमा हेर्नसके, जस्तोकि हेब्रनबाट लिएको आधुनिक नक्सामा झैं। सेतो फूलै फूल लागेको कागजी बदामको रूख हेर्नमा अति सुन्दर हुन्छ, तर परमेश्वरका शत्रुहरूमाथि विजयी हुनु, झन सुन्दर थियो। त्यसै कारण ता, इस्राएली स्त्रीहरूले एसो भने: “शाऊलले हजारौं हजारलाई ध्वंस गरे, तर दाऊदले ता लाक्खौं लाखलाई ध्वंस गरे,” ईलाहको उपत्यकामा मारेको राक्षस लगायत्।—१ शमुएल १८:७. (w90 1/1)
[फुटनोट]
a यही नक्सा यहोवाका साक्षीहरूको १९९० को क्यालेन्डरमा पाईन्छ र त्यसको जिल्दमा दिइएको मानचित्रमा यसको ठीक स्थलको पनि विवरण पाउँनुहुनेछ।