-
‘लडाइँ यहोवाकै हो’प्रहरीधरहरा: सान्त्वना कहाँ पाउन सक्नुहुन्छ?
-
-
दाऊदले राजासित यी प्रोत्साहनदायी शब्दहरू बोले: “हतास नहुनुहोस्।” गोल्यतको कारण शाऊल र तिनका मानिसहरूको सातोपुत्लो उडेको थियो। आफ्नो उचाइ त्यो मानिसको छातीसम्म मात्र पुग्छ भनेर सोच्दै तिनीहरूले आफू र त्यो अजङ्गको गोल्यतबीच तुलना गरिरहेका थिए। वास्तवमा त्यसो गर्नु तिनीहरूको ठूलो भुल थियो। ती मानिसहरूले गोल्यतले आफूहरूलाई सजिलै हराउँछ भनेर सोचे। तर दाऊदले त्यसरी सोचेनन्। तिनले समस्यालाई बेग्लै तरिकाले हेरे। त्यसैले तिनी गोल्यतसित लड्न तयार भए।—१ शमूएल १७:३२.
-
-
‘लडाइँ यहोवाकै हो’प्रहरीधरहरा: सान्त्वना कहाँ पाउन सक्नुहुन्छ?
-
-
दाऊदले गोल्यतको जीउडाल र हातहतियार देखेका थिए। तर त्यस्ता कुराहरूले गर्दा दाऊद डराएनन्। शाऊल र तिनको सेनाले जस्तो गल्ती दाऊदले गरेनन्। दाऊदले आफूलाई गोल्यतसित तुलना गरेनन्। त्यसको सट्टा तिनले गोल्यतलाई यहोवासित तुलना गरे। साढे नौ फिट अग्लो गोल्यत अरू मानिसको तुलनामा निकै ठूलो थियो तर ब्रह्माण्डको शासकको तुलनामा नि? साँच्चै! यहोवाको अगाडि अरू मानिसजस्तै त्यो पनि किरा जत्तिकै सानो थियो। अनि यहोवाले त्यसलाई विनाश गर्नै लाग्नुभएको थियो।
दाऊद आफ्नो शत्रु भएतिर दौडिंदै गए अनि झोलाबाट ढुङ्गा निकाले। त्यो ढुङ्गालाई घुयेंत्रोमा हालेर टाउको माथि सुइँ-सुइँ आवाज नआएसम्म बेस्सरी घुमाउँदै-घुमाउँदै अघि बढे। सायद हतियार बोक्नेलाई अघि लगाएर गोल्यत ऊसँगसँगै अघि बढ्यो। गोल्यत अग्लो भएकोले र त्यसको हातहतियार बोक्ने मानिस सामान्य कदको भएकोले उसले त्यसको शिरको सुरक्षा गर्न सक्ने थिएन। दाऊदको निसाना त्यसको शिर थियो।—१ शमूएल १७:४१.
-
-
दाऊद र गोल्यतबीचको लडाइँ—के यो साँच्चै भएको थियो?प्रहरीधरहरा: सान्त्वना कहाँ पाउन सक्नुहुन्छ?
-
-
१ | कुनै व्यक्ति साढे नौ फिटजति अग्लो हुन सक्छ र?
गोल्यतको उचाइ “नौ फिटभन्दा अल्गो थियो” भनेर बाइबलमा बताइएको छ। (१ शमूएल १७:४) कसै-कसैले गोल्यत त्यत्ति अग्लो थिएन होला भन्ने दाबी गर्छन्। तर विचार गर्नुहोस्, आधुनिक समयका सबैभन्दा अग्लो व्यक्तिको उचाइ ८ फिट ११ इन्च भएको रेकर्ड छ। गोल्यत त्योभन्दा ६ इन्चजति अग्लो हुनु असम्भव कुरा हो र? गोल्यत रपाईम जातिको थियो। उनीहरू असाधारण कदको लागि चिनिन्थे। ईसापूर्व १३०० को मिश्री कागजातमाउल्लेख भएअनुसार कनानका केही वीर योद्धाहरूको उचाइ आठ फिटभन्दा धेरै थियो। त्यसैले गोल्यतको उचाइ अलि अनौठो भए पनि असम्भवै भने होइन।
-