-
ऋतुहरूबाट के तपाईं सिक्नु हुनेछ?प्रहरीधरहरा—१९९१ | जनवरी १
-
-
यो ज्ञानले बाइबलका विभिन्न घटनाहरू प्रति तपाईंको दृष्टिकोणमा असर पार्न सक्छ। शायद एलियाले उनको उत्तराधिकारी नियुक्त गरेको कुरा तपाईंले पढ़नु भएको होला: “तब उनले [एलियाले] शापातको छोरा एलीशालाई खेत जोतिरहेको भेट्टाए। तिनको सामने बाह्र हल गोरू थिए।” (१ राजा १९:१९) यो घटना कुन महिनामा घटेको हुनु पर्छ र खेत कस्तो देखिन्थ्यो होला? साथै, यूहन्ना ४:३५ मा येशूले एसो भन्नु भयो: “के तिमीहरू भन्दैनौ, अब चार महिना छ र बाली काटने बेला आउँछ? . . . आफ्ना आँखा गाड़ेर खेतबारीहरू हेर, किनभने ती अहिले देखिनै कटनीको लागि पहेंला भएका छन्।” येशूले यहाँ समय किटेर कुरा गर्नु भए तापनि, त्यो समय कहिले थियो, के तपाईं बुझ्नु हुन्छ?
-
-
ऋतुहरूबाट के तपाईं सिक्नु हुनेछ?प्रहरीधरहरा—१९९१ | जनवरी १
-
-
एलिशाले अगमवक्ता हुने निम्तो, तिनी एउटा मुख्य हलो जोत्ने काममा लागेको बेलामा पाए। यस अनुसार, यो घटना घटेको समय तिश्री (सितम्बर-अक्तुबर) तिर हुनु पर्छ, जब ग्रीष्मको अत्यन्त ताप बिति सकेको हुन्छ। शुरू शुरूका पानीका झरीले गर्दा माटो पनि कमलो भएको हुन्छ, जसले गर्दा जोत्न र बिउ छर्न सम्भव हुन जान्छ।
-