प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तिनी परमेश्‍वरका मानिसहरूको पक्षमा खडा भइन्‌
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
    • २२. राजाकहाँ जान एस्तर किन डराइन्‌? (फुटनोट पनि हेर्नुहोस्‌)

      २२ त्यो सन्देश पाएपछि एस्तर चिन्तामा चुर्लुम्मै डुब्छिन्‌। तिनको विश्‍वासको ठूलो जाँच हुन्छ। मोर्दकैले भनेअनुसार गर्न एस्तर डराउँछिन्‌ र मोर्दकैलाई त्यो कुरा खुलेर बताउँछिन्‌। राजाको कानुन कस्तो छ, त्यो पनि एस्तरले मोर्दकैलाई सम्झाउँछिन्‌। राजाले नडाकीकन उनीकहाँ जानु भनेको मृत्युदण्ड पाउन लायकको अपराध थियो। राजाले केहीगरि आफ्नो राजदण्ड तेर्स्याए भने मात्र बच्न सकिन्थ्यो। वश्‍तीले राजासामु देखा पर्न इन्कार गर्दा सजाय पाएकी थिइन्‌। त्यसोभए के एस्तरले राजाको निगाह प्राप्त गर्ने खास कारण थियो र? राजाले आफूलाई नबोलाएको पनि ३० दिन भइसक्यो भनेर एस्तर मोर्दकैलाई बताउँछिन्‌। त्यसैले राजाले निगाह नदेखाउने हुन्‌ कि भनेर एस्तरलाई साह्रै डर लागेको थियो।e—एस्त. ४:९-११.

  • तिनी परमेश्‍वरका मानिसहरूको पक्षमा खडा भइन्‌
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
    • e जारसेस प्रथमलाई छिनछिनमै मुड परिवर्तन गर्ने र हिंस्रक स्वभावका शासक भनेर चिनिन्थ्यो। जारसेस प्रथमले ग्रीसविरुद्ध लडेका केही युद्धबारे ग्रीक इतिहासकार हेरोडोटसले उल्लेख गरेका छन्‌। हेलेसपोन्ट भन्‍ने ठाउँको घाटीमा पानीजहाजहरूलाई जोडेर पानीमा तैरिनै एउटा पुल बनाउन जारसेस प्रथमले आदेश दिएका थिए। तर त्यो पुल आँधीले गर्दा नष्ट भयो। त्यसपछि जारसेसले त्यो पुल बनाउने इन्जिनियरहरूको टाउको काट्‌न लगाए। त्यति मात्र नभएर हेलेस्पोन्टलाई निकै होच्याउने खालको एउटा घोषणा गर्न लगाउँदै त्यस ठाउँको पानीमा कोर्रा हान्‍न लगाएर पानीलाई समेत उनले दण्ड दिन खोजे। ग्रीसविरुद्धको त्यही युद्धको दौडान एक जना धनी मानिसले आफ्नो छोरालाई सेनामा भर्ती नगरिदिन जारसेसलाई बिन्ती गरेका थिए। तर जारसेसले ती मानिसको छोरालाई दुई टुक्रा पार्ने आदेश दिए र सबैलाई चेतावनी दिन तिनको लासलाई सार्वजनिक रूपमा प्रदर्शन गरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने