प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हामी “आश्‍चर्य रीतिले” बनिएका छौं
    प्रहरीधरहरा—२००७ | जुलाई १
    • हाम्रो बेजोड दिमाग

      १२. कुन विशेष तरिकामा मानिस पशुभन्दा बेग्लै छ?

      १२ “हे परमेश्‍वर, मेरो निम्ति तपाईंका विचारहरू कति अमूल्य छन्‌। तिनीहरूको संख्याको सार कति ठूलो छ। तिनीहरूलाई गने भने, ती बालुवाका संख्याभन्दा बढी छन्‌।” (भजन १३९:१७, १८क) पशुहरू पनि आश्‍चर्य रीतिले बनिएका छन्‌। केहीको कुनै-कुनै इन्द्रिय मानिसको भन्दा तीक्ष्ण छ र क्षमतामा पनि तिनीहरूमध्ये कुनै-कुनै मानिस भन्दा माथि छन्‌। तर परमेश्‍वरले मानिसलाई दिनुभएको दिमाग पशुहरूको भन्दा कता हो कता श्रेष्ठ छ। एउटा विज्ञान पुस्तकमा यस्तो लेखिएको छ, “मानिस र पशुमा थुप्रै समानताहरू भए तापनि भाषा र सोच्ने क्षमताको सन्दर्भमा पृथ्वीमा पाइने अन्य जीवित प्राणीहरूभन्दा हामी विशिष्ट छौं। आफैबारे जान्‍ने खुलदुलीको कारण पनि हामी विशिष्ट छौं। जस्तै: हाम्रो शरीरको डिजाइन कसरी हुन्छ? हामी कसरी बनियौं?” दाऊदले पनि यस्तै प्रश्‍नहरूमाथि गौर गरेको हुन सक्छ।

      १३. (क) दाऊदले परमेश्‍वरको विचारबारे कसरी मनन गर्न सके? (ख) हामी दाऊदको उदाहरण कसरी पछ्याउन सक्छौं?

      १३ पशुहरूको तुलनामा हामी विशिष्ट हुनुको सबैभन्दा महत्त्वपूर्ण कारण परमेश्‍वरको विचारबारे मनन गर्न सक्ने हाम्रो क्षमता हो।c हामी ‘परमेश्‍वरकै स्वरूपमा’ बनिएका छौं भन्‍नुको एउटा कारण यो विशेष वरदानले गर्दा पनि हो। (उत्पत्ति १:२७) दाऊदले यस वरदानको सदुपयोग गरे। परमेश्‍वरको अस्तित्व र आफू वरपर देखिने उहाँका असल गुणहरूबारे तिनले मनन गरे। दाऊदसित परमेश्‍वरले उहाँ र उहाँका कामहरूबारे प्रकाश पार्नुभएको पवित्र धर्मशास्त्रका सुरु-सुरुका पुस्तकहरू पनि थियो। परमेश्‍वरबाट प्रेरित भएर लेखिएका ती पुस्तकहरूले दाऊदलाई परमेश्‍वरको विचार, व्यक्‍तित्व र उद्देश्‍य बुझ्न मदत गऱ्‍यो। ती पुस्तकहरू, सृष्टि र परमेश्‍वरले तिनीसित गर्नुभएको व्यवहारबारे मनन गर्दा दाऊद सृष्टिकर्ताको प्रशंसा गर्न उत्प्रेरित भए।

  • हामी “आश्‍चर्य रीतिले” बनिएका छौं
    प्रहरीधरहरा—२००७ | जुलाई १
    • c भजन १३९:१८ख मा दाऊदले लेखेका शब्दहरूको अर्थ, राती नसुतेसम्म दिनभरि र बिहान उठेदेखि नै परमेश्‍वरका विचारहरू गन्दा पनि सिद्धिएको हुँदैन भन्‍ने हुन सक्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने