प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नरक कस्तो ठाउँ हो?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
    • ६. (क) शीओल र हेडीस दुवै शब्दहरूको एउटै अर्थ हो भनेर बाइबलले कसरी देखाउँदछ? (ख) येशू हेडीसमा हुनुहुन्‌थियो भन्‍ने कुराले के दर्शाउँछ?

      ६ यस प्रश्‍नको उत्तर दिनु भन्दा पहिले, हिब्रू शब्द शीओल र युनानी शब्द हेडीस दुवैको एउटै अर्थ हो भन्‍ने कुरा स्पष्ट पारौं। यसलाई हिब्रू शास्त्र को भजनसंग्रह १६:१० र मसीही युनानी शास्त्र को प्रेरित को २:३१ मा हेऱ्‍यौं भने स्पष्टसँग देख्नेछौं। ध्यान दिनुहोस्‌, भजनसंग्रह १६:१० मा हिब्रू शब्द शीओललाई पाताल भनेर अनुवाद गरिएको छ भने, त्यसैलाई उद्धरण गर्दै प्रेरित २:३१ मा युनानी शब्द हेडीसलाई पनि पाताल भनेरनै अनुवाद गरिएको छ। अब यहाँ ध्यान दिनु होस्‌, येशू ख्रीष्ट हेडीसमा, अर्थात नरकमा हुनुहुन्‌थियो भनेर किंग जेम्स भर्सन जस्ता अनुवादकहरूले हेडिस शब्दलाई अनुवाद गरेको हामी पाउँछौं। उसो भए परमेश्‍वरले ख्रीष्टलाई अग्निमय नरकमा सास्ती दिनु भएको थियो भनेर हामीहरूले विश्‍वास गर्नु पर्ने हो ता? कदापि हुनसक्दैन! येशू आफ्नो साधारण चिहानमा हुनुहुन्‌थियो।

  • नरक कस्तो ठाउँ हो?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
    • [पृष्ठ ८३-मा भएको पेटी]

      हिब्रू शब्द “शीओल” र युनानी शब्द “हेडीसको” एउटै अर्थ हो

      अमेरिकन स्टेंडर्ड भर्सन

      भजनसंग्रह १६:१०

      १० किनभने तपाईंले मेरो प्राणलाई

      शीओलमा छोड़नु हुनेछैन।

      तपाईंले आफ्नो पवित्र

      जनलाई कुहुन दिनुहुनेछैन।

      प्रेरित २:३१

      ३१ अघिबाटै यो देखेर उनले ख्रीष्टको पुनरुत्थानको विषयमा बोलेका हुन्‌, उहाँ न हेडीसमा छोड़िनुभयो, नता उहाँको शरीरनै कुह्‍यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने