-
सबैले यहोवाको महिमाको वर्णन गरून्प्रहरीधरहरा—२००४ | जनवरी १
-
-
१, २. कुन कुराले यहोवाको प्रशंसा गर्दैछ र यसमा कसलाई सहभागी हुन आह्वान गरिएको छ?
यिशैका छोरा, दाऊद बेतलहेम नजिकै गोठालोको काम गर्दै हुर्के। ती भेडा चराउने एकान्त ठाउँमा आफ्नो बुबाको बगालको हेरचाह गर्दै रातको सन्नाटामा टिलपिल गरिरहेको तारामय आकासलाई तिनले एकटक लाएर कति चोटि हेरेका होलान्! परमेश्वरको पवित्र आत्माद्वारा उत्प्रेरित भई १९ औं भजन रचेर ती सुन्दर शब्दहरू गाउँदा निश्चय पनि तिनको मनमा गहिरो छाप पारेको त्यो दृश्य झलझली आएको हुनुपर्छ: “आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ। र आकाश-मण्डलले उहाँको हातको सीप प्रकट गर्छ, तिनीहरूको सोर सारा पृथ्वीभरि गुञ्जायमान भएको छ, र तिनीहरूका वचन संसारको अन्तसम्म।”—भजन १९:१, ४.
२ सोर, बोली र भाषाविना यहोवाको विस्मयकारी सृष्टि, स्वर्गले दिनदिनै र रातैपिच्छे उहाँको महिमाको वर्णन गर्छ। सृष्टिले परमेश्वरको महिमाको वर्णन गर्न कहिल्यै छोड्दैन र “सारा पृथ्वीभरि” यसका बासिन्दाहरूले देखून् भनेर यसले दिने मौन साक्षीमाथि चिन्तन गर्दा आफू कत्तिको तुच्छ छु भनी सजग गराउँछ। तथापि, सृष्टिको मौन साक्षी मात्र पर्याप्त छैन। विश्वासी मानवहरूलाई आफ्नो स्वर गुञ्जायमान पार्न आह्वान गरिएको छ। नाउँ उल्लेख नगरिएका भजनहारले यी प्रेरित शब्दहरूद्वारा विश्वासी उपासकहरूलाई सम्बोधन गरे: “परमप्रभुलाईनै महिमा र शक्ति देओ। परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा देओ।” (भजन ९६:७, ८) यहोवासँग घनिष्ठ सम्बन्ध भएकाहरू यस आह्वान अनुरूप गर्न रोमाञ्चित हुन्छन्। तर यहोवालाई महिमा दिनुमा के समावेश छ?
-
-
सबैले यहोवाको महिमाको वर्णन गरून्प्रहरीधरहरा—२००४ | जनवरी १
-
-
६. पावलले भजन १९:४ कसरी लागू गरे?
६ त्यसपछि तार्किक ढंगमा पावल यस्तो प्रश्न गर्छन्: “जसलाई तिनीहरूले विश्वास गरेकै छैनन् उहाँलाई कसरी पुकार्ने? जसलाई तिनीहरूले सुनेकै छैनन् उहाँलाई कसरी विश्वास गर्ने? औ प्रचार गर्नेविना तिनीहरूले कसरी सुन्नसक्लान्?” (रोमी १०:१४) इस्राएलबारे पावल यसो भन्छन्: “ती सबैले ता सुसमाचारमा ध्यानै दिएनन्।” इस्राएलले किन ध्यानै दिएन वा पालन गरेन? तिनीहरूले पालन नगर्नुको कारण अवसरको कमी नभई विश्वासको कमी थियो। पावलले यो कुरा, भजन १९:४ उद्धृत गर्दै यसलाई सृष्टिको मौन साक्षीमा नभई मसीही साक्षीकार्यमा लागू गरेर देखाउँछन्। तिनी भन्छन्: “तिनीहरूको सोर सारा पृथ्वीमा पुग्यो, औ तिनीहरूका कुरा संसारको अन्तसम्म।” (रोमी १०:१६, १८) हो, निर्जीव सृष्टिले समेत यहोवाको महिमा गरेजस्तै प्रथम शताब्दीका मसीहीहरूले चारैतिर उद्धारको सुसमाचार प्रचार गरेर “सारा पृथ्वीमा” परमेश्वरको प्रशंसा गरे। कलस्सीका मसीहीहरूलाई लेखेको पत्रमा पावलले पृथ्वीको अन्तसम्म सुसमाचार फैलिसक्यो भनेर पनि वर्णन गर्छन्। तिनले सुसमाचार “स्वर्गमनि भएका सारा सृष्टिमा” प्रचार गरिसकियो भने।—कलस्सी १:२३.
-