-
म कसरी परमेश्वरको साथी बन्न सक्छु?युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ खण्ड २
-
-
परमेश्वरसितको मित्रताको अर्को पक्ष पनि छ, जुन तपाईँले बेवास्ता गर्नु हुँदैन। भजनरचयिता दाउदले लेखे: “चाखेर हेर, यहोवा कत्ति भलो हुनुहुन्छ।” (भजन ३४:८) आफ्नो ज्यानै जान सक्ने अवस्थाबाट बचेपछि दाउदले ३४ औँ भजन रचेका थिए। दाउद आफ्नो ज्यान लिन खोज्ने राजा साउलबाट भागिरहेका थिए। तिनी असाध्यै गाह्रो परिस्थितिबाट गुज्रिरहेका थिए। तिनले ज्यान जोगाउन पलिस्तियालीहरूकहाँ शरण लिनुपऱ्यो, जो तिनका शत्रु थिए। त्यहाँ ज्यानै जाने खतरामा पर्दा दाउदले चलाखीपूर्ण तरिकामा बौलाएको नाटक गरे अनि त्यहाँबाट उम्किए।—१ समुएल २१:१०-१५.
हुनत दाउद मृत्युको मुखबाट बचे तर तिनले आफ्नै चलाखीले गर्दा बचेको हो भन्ने सोचाइचाहिँ राखेनन्। बरु तिनले यहोवालाई त्यसको श्रेय दिए। तिनले भजन ३४ को सुरुतिर लेखे: “मैले यहोवालाई प्रार्थना गरेँ र उहाँले मलाई जवाफ दिनुभयो। उहाँले मेरा सबै डर हटाइदिनुभयो।” (भजन ३४:४) दाउदले व्यक्तिगत अनुभवबाट यहोवा भलो हुनुहुन्छ भनेर थाह पाएका थिए। त्यसैले तिनले अरूलाई यस्तो आग्रह गर्न सके: “चाखेर हेर, यहोवा कत्ति भलो हुनुहुन्छ।”a
-
-
म कसरी परमेश्वरको साथी बन्न सक्छु?युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ खण्ड २
-
-
a कुनै-कुनै बाइबलमा “चाखेर हेर” भन्ने अभिव्यक्तिलाई “पारख गरेर हेर” र “जाँचेर हेर” भनेर अनुवाद गरिएको छ।—नयाँ संशोधित संस्करण र पढ्न सजिलो संस्करण।
-