ईश्वरीय भक्तिको पवित्र रहस्य सिक्ने
“तिमीहरूले उहाँको पाइलामा टेकेर हिंड़नलाई एक उदाहरण तिमीहरूलाई दिएर ख्रीष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो।”—१ पत्रुस २:२१.
१. ‘ईश्वरीय भक्तिको पवित्र रहस्य’ बारे यहोवाको उद्देश्य के थियो?
“ईश्वरीय भक्तिको यो पवित्र रहस्य” अब रहस्य रहेन! (१ तिमोथी ३:१६) यो रहस्य, झुटो धर्मका, त्रीएक जस्ता, सधैं गुप्त रहने रहस्यहरू भन्दा कति फरक छ! ती रहस्यहरूलाई कसैले पनि बुझ्न सक्दैनन्। तर, येशूको व्यक्तित्व द्वारा प्रकट भएको पवित्र रहस्यलाई, ज्यादा से ज्यादा विस्तृत रूपमा प्रचार होस् भन्ने उद्देश्य, यहोवाले रच्नु भएको छ। येशू स्वयं, परमेश्वरको राज्यको जोशिलो प्रचारक हुनु भएर, उहाँ एउटा सर्वश्रेष्ठ उदाहरण हुनुभएकोछ। उहाँले प्रचार गर्नु भएको समाचार र उहाँको शिक्षा दिने विधिबाट हामी धेरै कुरा सिक्न सक्ने छौं।
२. येशूको सेवकाईलाइ, छुटकाराको बलिदान भन्दा ठूलो महत्व, किन दिइएको छ? (मत्ती २०:२८)
२ अब हामी, येशू “शरीरमा प्रकट हुनुभएको” कुरालाई अझ बढ़ी ध्यान दिउँ। (१ तिमोथी ३:१६) मत्ती २०:२८ मा, येशू, “सेवा पाउनालाई होइन, तर सेवा गर्न र धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनालाई आयो” भनेर लेखिएको छ। यहाँ, उहाँको छुटकाराको बलिदानले भन्दा, उहाँको सेवाले बढ़ी प्राथमिकता पाएको छ। किन? अदनको बगैंचामा, धूर्त सर्प द्वारा, मानिस जाति माथि यहोवाको सार्वभौमिकताको न्यायोचित अधिकारलाई चुनौती दिइयो। अर्थात्, परमेश्वरको सृष्टिनै त्रुटिजनक छ र परीक्षामा पर्दा, कुनै मानिस पनि परमप्रधान प्रति वफादार रहिरहने छैन भनेर आरोप लगाइयो। (अय्यूब १:६-१२; २:१-१० तुल्ना गरेर हेर्नुहोस्) तर एक जना सिद्ध मानिस, “आखिरी आदम” हुनु भएर, येशूले दोष रहितको आफ्नो सेवकाई द्वारा, शैतानलाई दुष्ट, मिथ्याभाषी साबित गर्नु भयो। (१ कोरिन्थी १५:४५) यस बाहेक, यहोवाको सार्वभौमिकताको विजय मनाउदै, परमेश्वरको “मुख्य कर्ता र मसीहा” हुनु भएर, “सारा पृथ्वीलाई धार्मिकतामा न्याय गर्न”, येशूले आफ्नो योग्यताको पनि प्रमाण दिनु भयो।—प्रेरित् ५:३१; १७:३१.
३. येशूले शैतानको चुनौतीलाई पूर्णतया खण्डन कसरी गर्नुभयो?
३ शैतानले गरेको निन्दा र चुनौतीलाई येशूले सम्पूर्णतया झुटो साबित गरिदिनु भयो! सारा इतिहासमा, कुनै मानिसले पनि यति भक्त भएर—ठट्टा, कोर्रा र मानसिक र शारिरिक क्लेश सहँदै— परमेश्वरको सेवा गरेको थिएन। परमेश्वरको पुत्र भएको हुँदा, ख्रीष्टले ईश्वर-निन्दाको अभियोग सहनु पर्यो। तर यी सबै क्लेशहरू बाहेक, एउटा क्रुर र अपमानजनक मृत्यु भोग्नु पर्दा पनि, उहाँ आफ्नो पिता प्रतिको भक्तिमा दृढ़ र अटल हुनुहुन् थियो। येशू आज्ञाकारी हुनुभएर, “काठको मृत्यु सम्मै आफूलाई होच्याउनुभयो। त्यसैकारणले पनि परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदानगर्नुभयो जो हरेक नाउँ भन्दा उच्च छ।” भनेर पावलले, फिलिप्पी २:८, ९ मा लेख्नु भएको छ। येशूले विषालु मिथ्याभाषी, शैतानको असली रूपको पर्दा फास गरि दिनु भयो!
४. येशू, संसारमा सत्यको साक्षी दिन आउनु भएको हो भनेर उहाँले पिलातुसलाई किन भन्न सक्नुभयो?
४ यसकारण, केही वर्ष सम्म मात्रको जोरदार प्रचारको अन्तमा, येशूले पिलातुसलाई, निर्भयतासाथ यो गवाही दिन सक्नु भयो, “म राजा हुँ भनी तपाईंनै भन्नुहुन्छ। सत्यको निम्ति गवाही दिन म यस संसारमा आएको हुँ। र यसैको निम्ति म जन्मेको हुँ। सत्य जो छ, हरेकले मेरो सोर सुन्छ।” (यूहन्ना १८:३७) पेलेस्टाईन भरि, राज्यको सुसमाचार प्रचार गर्ने काममा, येशूले अत्युत्तम ईश्वरीय भक्ति प्रदर्शन गर्नुभयेको थियो। उहाँले आफ्ना चेलाहरूलाई पनि जोशिला प्रचारकहरू हुने प्रशिक्षण दिनु भयो। उहाँको उदाहरणले आज पनि हामीलाई उहाँको पाइलामा हिड़ने कस्तो प्रेरणा दिइ रहेछ!
हाम्रा महान आदर्शबाट शिक्षा प्राप्त गर्न
५. येशूलाई ध्यानपूर्वक हेरेर, हामी ईश्वरीय भक्ति बारे के सिक्न सक्छौं?
५ ईश्वरीय भक्ति साथ यहोवाको इच्छा गरेर, हामीले पनि शैतानलाई झुट साबित गर्न सक्ने छौं। हामीले जस्तै परीक्षाहरूको सामना गर्नु परेतापनि, ती कहिले पनि, येशूले अनुभव गर्नु भएको क्लेश र अपमानको बराबर हुनेछैन। यसकारण, हामी आफ्ना आदर्शबाट शिक्षा लिने गरौं। हिब्रू १२:१, २ मा दिइएको प्रोत्साहनमा भने झैं, हाम्रा सामने राखिदिएको दौड़ धीरजसँग दौड़ौं औ “विश्वासका कर्त्ता र सिद्ध तुल्याउनुहुने येशूलाई हेरौं।” ईश्वरीय भक्तिको जाँचमा, आदम असफल भयो, तर सबै जाँचहरूको सफलतासाथ सामना गर्न सक्ने पृथ्वीको एक जना मानिस, येशू हुनु भयो। मृत्यु सम्मै, उहाँ “पवित्र, निष्कपट, निष्कलङ्क, पापीहरूबाट अलग” हुनु भयो। (हिब्रू ७:२६) दोषरहितको समग्रता साथ, उहाँले आफ्ना शत्रुहरूलाई एसो भन्न सक्नु भयो, “तिमीहरूमध्य कसले मलाई पापको दोष लगाउनसक्छ?” येशूले शैतानको चुनौतीलाई त्यसैमाथि फाल्दै, यो घोषणा गर्नुभयो: “संसारको शासकको . . . ममाथि केही अधिकार छैन।” [न्यु वर्ल्ड ट्रानस्लेशन] र उहाँलाई विश्वासघात गरेर पक्राउमा पार्न अघि, चेलाहरूलाई दिनु भएको अन्तिम भाषणको आखिरमा उहाँले एसो भन्नु भयो: “ढाढ़स गर, मैले संसारलाई जितेको छु।”—यूहन्ना ८:४६; १४:३०; १६:३३.
६. (क) मानिस जातिलाई कुन प्रकारको विश्रामको खाँचो छ भन्ने कुरा, येशूलाई किन थाह छ? (ख) येशूले कुन हद सम्म ईश्वरीय भय प्रकट गर्नुभयो?
६ यहाँ पृथ्वीमा, शरीरमा प्रकट हुनुहुँदा, “स्वर्गदूतहरू भन्दा केही कम” हुनु भएर, मानिसहुनुको अर्थ के हो भन्ने कुरा अनुभव गर्नु भयो। (हिब्रू २:७) उहाँ मानव कमजोरीहरू सँग परिचित हुनुभयो र यसलेगर्दा, हजार वर्षकालागि, मानिसजातिको राजा र न्यायाधीश हुने उहाँ योग्यको हुनुभयो। “हे सबै मेहनत गर्ने र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।” भन्नुहुने परमेश्वरको यो पुत्रलाई, मानिस जातिको निम्ति कुन प्रकारको विश्राम आवश्यक छ, राम्रो सँग थाहा छ। (मत्ती ११:२८) हिब्रू ५:७-९ ले हामीलाई एसो भन्दछ, “आफ्ना शरीरका दिनमा जसले बेसरी कराई, आँसु बगाएर उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेसँग प्रार्थना र अन्तरबिन्ती गर्नुभयो, र उहाँको भक्तिको भयले गर्दा उहाँको सुनाइभयो। उहाँ पुत्र हुनुहुन्थ्यो, तापनि उहाँले भोग्नुभएको शासनाद्वारा उहाँले आज्ञा पालन गर्न सिक्नुभयो। औ सिद्ध तुल्याईकन उहाँको आज्ञा मान्नेहरू सबैका निम्ति उहाँ अनन्त मुक्तिको कर्त्ता हुनुभयो।” घृणास्पद सर्पबाट “कुर्कुच्चोमा” चोट खाए झैं, मानव मृत्युको अनुभव गर्दै धीरजधरनु परेतापनि, येशू डगमगाउनु भएन। (उत्पत्ति ३:१५) येशूले जस्तै, हामीले पनि, मृत्यु सम्मै भएतापनि, ईश्वरीय भय प्रदर्शन गरौं। यहोवाले हाम्रा बिन्तीहरू सुनिदिनुहुनेछ र हामीलाई मुक्ति प्रदान गर्नुहुनेछ भनेर हामी निश्चिन्त होउँ।
‘धार्मिकताका लागि बाँचौं’
७. १ पतरस २:२१-२४ को अनुसार येशू कुन तरिकाले हाम्रो निम्ती जीवनु भयो, अनि कसरी उसको जीवन तरिकाले हामीलाई प्रभाव पार्दछ?
७ शरीरमा प्रकटहुनु भएको बेलामा, येशूले ईश्वरीय भक्तिको पवित्र रहस्य, वफादारीसाथ उघार्नु भयो। १ पत्रुस २:२१-२४ मा एसो भनेको पाउँदछौं: “यसैको निम्ति तिमीहरू बोलाइएका हौ। किनभने तिमीहरूले उहाँको पाइलामा टेकेर हिड़नालाई एक उदाहरण तिमीहरूलाई दिएर ख्रीष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो, जसले नता कुनै पाप गर्नुभयो, न उहाँको मुखमा छलको कुरा पाइयो। जसले गाली खाएर आफूले फेरि गाली गर्नुभएन। दुःख भोगेर धम्काउनुभएन, तर धर्मसँग इन्साफ गर्नेकहाँ आफैलाई सुम्पिदिनुभयो। हामी पापको लेखि मरेर धार्मिकताको लेखि बाँचौ भनि उहाँले आफ्नै शरीरमा हाम्रो पाप काठमाथि बोक्नुभयो। उहाँकै चोटहरूमा तिमीहरू निको भयौ।” येशूको उदाहरणमा ध्यान दिंदा, हामीले पनि ईश्वरीय भक्तिको पिछा गर्ने, समग्रता पालन गर्ने र उहाँ झैं, धार्मिकताको लेखि बाँच्ने, प्रेरणा पाउँछौं!
८. येशू झैं, हामी पनि धार्मिकताका निम्ति कसरी बाँच्न सक्छौं?
८ येशू वास्तवमा धार्मिकताको लेखि बाँच्नु भयो। भजन ४५:७ मा उहाँको विषयमा यो भविष्यद्वाणी भएको थियो: “तपाईंले धार्मिकता मन पराउनुभएको छ र दुष्टताको घृणा गर्नु भयेको छ।” येशूमा यी शब्दहरूको प्रयोग गर्दै, प्रेरित् पावलले हिब्रू १:९ मा एसो भन्नु भयो: “तपाईंले धार्मिकतालाई प्रेम गर्नुभएको छ, र अधर्मलाई घृणा गर्नुभएको छ।” ईश्वरीय भक्तिको यो पवित्र रहस्य हामीले बुझेको हुनाकारण, हामीले पनि सधैं, येशूले झैं, धार्मिकताको प्रेम गरौं र खराबीको घृणा गरौं। मसीही नैतिकता, जसमाथि आज शैतानको संसार बाट ठूलो आक्रमण आइपरेको छ र, परमेश्वरको सङ्गठन भित्रकाहरू र बाहिरकाहरूसँगको हाम्रो व्यवहारमा, यहोवाका सही सिद्धान्तहरूको पालना गर्दै, धार्मिकताको निम्ति बाँचने फैसला गरौं। साथै, हामी परमेश्वरको वचनबाट आत्मिक आहार नियमित रूपमा लिने गरौं, ताकि ईश्वरीय अन्तरदृष्टि प्राप्त गर्न सकेर, शैतान र त्यसका भ्रमात्मक चालहरूको मुकाबिला गर्न सकौं!
९. सेवकाईमा येशूको जोशलाई के ले बढ़ावा दियो र यस सम्बन्धमा झूटो धर्म-गुरूहरू बारे के भन्न सकिन्छ?
९ येशू, उहाँको सेवामा जोशिलो हुने, एउटा अर्को कारण पनि थियो। त्यो के हो? मत्ती ९:३६ मा हामी यस प्रकार पढ़दछौं, “तर भीड़हरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो। किनभने तिनीहरू गोठालो नभएका भेड़ाहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।” यसकारण, येशूले “तिनीहरूलाई धेरै कुराको शिक्षा दिन लाग्नुभयो।” (मर्कूस ६:३४) एसो गर्नुपर्दा, उहाँलाई झुटो धार्मिक-गोठालाहरूको दुष्टता र व्यवस्थाहीनताको भण्डाफोर पनि गर्न आवश्यक पर्यो। मत्ती १५:७-९ अनुसार, येशूले केही धर्म-गुरूहरूलाई एसो भन्नु भएको छ: “ए कपटी हो, यशैयाले तिमीहरूका विषयमा यसो भनेर ठीक ठीक अगमवाणी बोले, ‘यस जातिले आफ्ना ओठले मेरो आदर गर्दछ। तर तिनीहरूको हृदय मबाट टाढ़ा छ। औ मानिसहरूका आदेशहरू तिनका सिद्धान्त जस्तागरी, तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन्।’”
एउटा खेदलाग्दो रहस्य
१०. “अधर्मको यो रहस्यले” आज कसलाई सङ्केत् गर्दछ र तिनीहरू कुन कुराको दोषी छन्?
१० येशूले झुटो धर्म-गुरूहरूको विरोध गर्नु भएझैं, आज हामी पनि, ईश्वरीय भक्तिको पवित्र रहस्यको विरूद्धमा खड़ा भएको रहस्य देखेर खेद प्रकट गर्दछौं। २ थिस्सलोनिकी २:७ मा, पावलले त्यसलाई, “अधर्मको रहस्य” भनेर सम्बोधन गरे। ई.स. प्रथम शताब्दिमा त्यो एउटा रहस्य थियो, किनभने सबै प्रेरितहरूको मृत्यु पश्चात्, धेरै समय पछि मात्र, यो रहस्य खोलिने थियो। आज त्यो रहस्यले मसीही जगतका धर्मगुरूहरूलाई सङ्केत गर्दछ, जसले परमेश्वरको धार्मिक राज्यको सुसमाचार प्रचार गर्नु भन्दा, राजनीतिमा भाग लिन रूचाएकाछन्। तिनीहरूको माझमा प्रशस्त कपट पाइन्छ। मसीही जगतका, प्रोटेस्टेन्ट सम्प्रदायहरूका टेलिभिजन प्रचारकहरू एउटा ज्वलन्त उदाहरण हुन्: आफ्नै बगाललाई ठगेर खाने, ती नक्कली पण्डितहरू हुन्, जसले करोड़ौं डलरका साम्राज्य खड़ा गरेका छन्, वेश्याहरू सँग गैरकानूनी सम्बन्ध राख्छन्, आफ्नो करतुतहरू उधारिन्दा, नक्कली आँसु बहाउँछन् र फैरि पैसा, जहिले पनि अझ पैसाको माँग गर्छन्। रोमन क्याथोलिक धर्मका भ्याटिकनमा पनि, नाजायज राजनैतिक सम्बन्ध, बाहिरी देखावटी आडम्बर र भ्रष्ट आर्थिक चलनहरूले व्याप्त, एउटा नमीठो परिस्थिति पाउँछौं।
११. मसीही जगत्का धर्मगुरूहरू र महान बेबिलनको सम्पूर्ण भागलाई के हुनेछ?
११ निःसन्देह, मसीही-जगतका धर्म-गुरूहरू नै यो “पापको मानिस” हो! (२ थिस्सलानिकी २:३) वेश्या जस्तै महान बेबिलनको यो भाग पनि सम्पूर्णतया सबैको सामने, झुटो धर्मका अरू अङ्गहरू जस्तै, नाङ्गो र उजाड़ हुनेछ। प्रकाश १८:९-१७ मा भने झैं, राजनीतिज्ञहरू र व्यापारीहरू [बैंकका मालिकहरू] एसो भन्दै रूनेछन्: “हाय, हाय, त्यो ठूलो शहर!” ईश्वरीय भक्तिको तेजस्वी र ज्योतिर्मय पवित्र रहस्यको सामने, महान बेबिलन र त्यसका रहस्यहरू सबै उजाड़ भएर जानेछन्।
१२. येशूले धार्मिकतालाई प्रेम गर्नु भएको हुनाकारण, के गर्नुभयो?
१२ येशूले धार्मिकतालाई प्रेम र अधर्मलाई घृणा गर्नुभएको हुनाले साँचो उपासनाका लागि, उहाँ आफ्नो ज्यानको माया नगरी, परिश्रम गर्नु हुन्थियो। परमेश्वरको अभिषिक्त पुत्रको हैसियतमा, प्रथम पटक यरूशलेम जानु भएको बेलामा, उहाँले मन्दिरबाट व्यापारीहरू र पैसा साट्नेहरूलाई एसो भन्नु हुँदै, बाहिर लर्घानुभयो: “यहाँबाट यी लैजाओ! मेरा पिताको घर व्यापारको घर न तुल्याओ!” (यूहन्ना २:१३-१७) मन्दिरमा फेरि अर्को पटक जानु हुँदा, विरोधगर्ने यहूदीहरूलाई, येशूले एसो भन्नुभयो: “तिमीहरू ता आफ्ना पिता, शैतानका तर्फबाटका हौ, औ आफ्नै पिताका अभिलाषा गर्ने इच्छा गर्छौ। त्यो ता शुरूदेखिनै हत्यारा थियो, र सत्यमा ठहरेन। किनभने त्यसमा सत्य छँदैछैन। त्यसले झूट बोल्दछ भने त्यो आफ्नैतर्फबाट बोल्दछ, किनभने त्यो झूट र झूटको पिता हो।” (यूहन्ना ८:४४) येशूले ती धर्मगुरूलाई खुल्लम-खुल्ला, मिथ्यावादी र शैतानका पुत्रहरू घोषितगर्नु भएर ठूलो साहस प्रकट गर्नु भयो!
१३. (क) येशूले अधर्म प्रति घृणा विशेषगरी कहाँ व्यक्त गर्नुभयो? (ख) येशूले उहाँको समयका शास्त्री र फरीसीहरूका भर्त्सना गर्नु भए झैं, आजका व्यव्स्थाहीन धर्मगुरूको पनि भर्त्सना गर्नु किन उचित हुनेछ?
१३ सर्प जस्ता ती शास्त्रीहरू र फरीसीहरूको येशूले बिझनेगरी भर्त्सना गर्नुभएर, अधर्म प्रति उहाँले आफ्नो घृणा प्रकट गर्नु भयो। यसको सबै भन्दा राम्रो उदाहरण हामी मत्ती २३ मा पाउँदछौं। यस अध्यायमा उहाँले तिनीहरूलाई “सात” पटक धिक्करानु भएको छ। तिनीहरूलाई ‘चून लाइराखेका चिहानहरू’ सँग तुलना गर्नु भयो, जसको ‘भित्रपट्टि भने कपट र अत्याचारले’ भरिएको थियो। यस प्रकारको अधर्मको दबावमा परेका मानिसहरूलाई छुटकारा दिन, येशू खूबै चाहनुहुनथियो! “ए यरूशलेम, ए यरूशलेम! जसरी कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामनि बटुल्छ, त्यसरीनै कत्ति पल्ट मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरें, तर तैंले मानिनस्। हेर, तिमीहरूको घर तिमीहरूको निम्ति उजाड़ छोड़िनेछ।” (पद्य ३७, ३८) हाम्रा दिनका धर्मगुरू पनि यस्तै प्रकारका भर्त्सनाका योग्य छन्, किनभने, २ थिस्सलोनिकी २:१२ अनुसार, तिनीहरू ‘सत्यमा विश्वास नगर्ने, तर अधर्ममा खुशी मान्नेहरू’ हुन्। पृथ्वीमा छँदा येशूले वफादारी साथ प्रदर्शन गर्नुभएको ईश्वरीय-भक्तिको ठीक विपरित, तिनीहरूको अधर्म, छ।
परमेश्वरको न्यायवचनहरूको घोषणा गर्ने
१४. ईश्वरीय भक्तिको पवित्र रहस्यको मूल्याङ्कन गर्छौं भने, हामीले के गर्नु पर्छ?
१४ ईश्वरीय भक्तिको पवित्र रहस्यकोलागि हामीले मुल्याङ्कन गरेका छौं भने, हामी सधैं नै येशूको पाइलामा हिड़ने कोशिश गर्नु पर्छ। उहाँ झैं, यशैयाले ६१:२ मा वर्णनगरेका, “यहोवाको ग्रहणयोग्य वर्ष र हाम्रा परमेश्वरको बदला दिने दिनको, हामीले पनि जोसिला भएर घोषणा गर्नु पर्छ। साथै, “सबै विलापगर्नेहरूलाई सान्त्वना” दिने काममा पनि हामी आफूले सक्दोभर जोसिलो भएर काम गरी नै रहौं। यहोवाका जोरदार न्याय-वचनहरूको घोषणा जसरी येशूले, उहाँ पृथ्वीमा छँदा, साहस साथ गर्नु भयो, त्यसरीनै आज पनि प्रहरीधरराका लेखहरू र रेवेलेशन—इट्स ग्रेन्ड क्लाइमेक्स एट हेन्ड! भन्ने पुस्तक द्वारा प्रकाशित् गरिएका, यहोवाका जोरदार वाणीहरूको घोषणा गर्न ठूलो साहसको आवश्यक्ता पर्ने छ। हामी निडर साथै समझदार भएर प्रचार गर्नु पर्छ। हाम्रा “वचन नूनले स्वादिलो पारेको जस्तै” हुनु आवश्यक छ, जसले गर्दा धार्मिकता प्रति झुकाव भएका मानिसहरू आकर्षित् हुनेछन्। (कलस्सी ४:६) येशूको ईश्वरीय भक्तिको उदाहरणबाट शिक्षा लिएको हुनाकारण, यहोवाले अह्राउनु भएको काम पूरा गर्यौं भनेर, समयमा नै हामीले पनि रिर्पोट गर्न सकौं।—मत्ती २४:१४; यूहन्ना १७:४.
१५. परमेश्वरको पवित्र रहस्यको सम्बन्धमा, १९१४ देखिन् के भएको छ?
१५ उहाँ शरीरमा प्रकट हुनु भएको बेला, येशू एउटा कस्तो महान उदाहरण हुनुहुन्थियो! ईश्वरीय भक्तिको पवित्र रहस्य उहाँमा स्पष्ट सँग पूरा भएको देखियो! यहोवाको नाउँलाई उहाँले निर्भयतासाथ ऊँचा पार्नु भयो! र उहाँले यस प्रकार आफ्नो समग्रता पालन गर्नुभएकोमा उहाँको पिताले उहाँलाई कति महान पुरस्कार दिनु भयो! तर परमेश्वरको पवित्र रहस्य यति मात्र होइन। १९१४ साल देखिन् हामी “प्रभुको दिनमा” छौं। (प्रकाश १:१०) प्रकाश १०:७ मा भने झैं, यो ‘सुसमाचार अनुसार, परमेश्वरको रहस्य खतम हुने’ यो बेला हो। स्वर्गीय आवाजहरूले यो घोषणा गरेकाछन्: “पृथ्वीको राज्य हाम्रा प्रभुको [यहोवाको] भएको छ, उहाँले सदा सर्वदा राज्य गर्नुहुनेछ।” (प्रकाश ११:१५) यहोवाले मसीही राजा, येशू ख्रीष्टलाई, उहाँ सँग सह-शासक हुनकालागि, आफ्नो महिमाको सिंहासनमा स्थापित् गर्नु भएको छ!
१६. राजा हुनसाथै, येशू ख्रीष्टले स्वर्गमा, ईश्वरीय भक्तिको कदर कसरी गर्नुभयो?
१६ परमेश्वरको सह-शासकको हैसियतमा, येशूलाई त्यो नवजात् राज्यमा माइकल पनि भनिन्छ। (माइकलको अर्थ हो “परमेश्वर जस्तो को छ?”) कुनै पनि विरोधी तत्व परमेश्वरको बराबर हुन सफल हुने छैन र यो कुरा, भर्खरै राज्याभिषेक हुनुभएका राजाले, पुरानो सर्प, शैतान र त्यसका दूतहरूलाई तल पृथ्वीमा फालिदिनु भएर, प्रमाणित् पार्नुभयो। (प्रकाश १२:७-९) हो, येशूले जसरी पृथ्वीमा ईश्वरीय भक्तिको कदर गर्नु भयो, त्यसरी नै स्वर्गमा पनि गर्नु हुन्छ। झूटो धर्म र शैतानका दुवै दृश्य र अदृश्य सङ्गठनको सर्वनाश नगरूञ्जेल, येशूले आराम लिनुहुने छैन।
१७. १९१४ देखिन्, मत्ती २५:३१-३३ को पूर्ति कसरी भइरहेको छ?
१७ १९१४ देखिन्, मत्ती २५:३१-३३ मा उल्लेखित्, येशूको अगमवाणीको पूर्ति द्वारा परमेश्वरको पवित्र रहस्य अझ ज्योतिर्मय भएको छ। यो भविष्यद्वाणीमा येशू एसो भन्नु हुन्छ: “तर जब मानिसको पुत्र स्वर्गदूतहरू समेत आफ्नो महिमामा आउला, तब आफ्नो महिमाको सिंहासनमा बस्नेछ। औ उसको सामु सबै देशका मानिसहरू जम्मा हुनेछन्, र जसरी गोठालोले भेड़ालाई बाख्राबाट छुट्याउँछ, उसरीनै उसले तिनीहरू एकलाई अर्कोबाट छुट्याउनेछ। औ उसले भेड़ाहरूलाई आफ्नो दाहिने हातपट्टि, तर बाख्राहरूलाई देब्रेपट्टि राख्नेछ।” स्वर्गमा, आफ्नो उच्च स्थानबाट, यो महिमावान राजा, न्यायाधीश र ईश्वरीय भक्तिको समर्थकले सर्वप्रथम, अधर्मको मानिस र महान बेबिलनका अन्य भागहरू र त्यस पछि, शैतानको दुष्ट पार्थिव सङ्गठनका बाख्रा जस्ता समर्थकहरूमाथि बदला लिनु हुनेछ। यस पश्चात्, शैतानलाई अगाध खाँदमा बन्द गरिनेछ। (प्रकाश २०:१-३) तर भेड़ा जस्ता “धर्मीहरूले” चाहिं अनन्त जीवन पाउँनेछन्। (मत्ती २५:४६) ईश्वरीय भक्तिको पिछा गर्नुभएर, तपाईं पनि त्यो धन्यको समूहमा हुन सक्नुहोस्!
१८. ईश्वरीय भक्तिको पवित्र रहस्यको सम्बन्धमा, कुन कुराको आनन्दमय सौभाग्य हाम्रो हो?
१८ प्रकाश १९:१० ले हामीलाई “परमेश्वरको उपासना” गर्नु भन्दछ। किन? “किनकि,” त्यस पद अनुसार, “येशूको साक्षी, अगमवाणीको आत्मा हो।” त्यसकारण, प्राचीन समयका धेरै प्रेरित् अगमवाणीहरूले येशूको विषयमा साक्षी दियेको छ! र जसै यी अगमवाणीहरू पूरा हुँदै गए, परमेश्वरको पवित्र रहस्य अझ स्पष्ट हुँदै आयो। ईश्वरीय भक्तिको यो पवित्र रहस्य येशूमा पूरा भएको देखेर, हामी आज रमाउँदछौं। परमेश्वरको राज्यका नम्र सेवकहरू भएर, उहाँका पाइलामा टेकेर हिड़ने ठूलो सौभाग्य हामीले पाएका छौं। हो, सुसमाचार अनुसार, परमेश्वरको सम्पूर्ण पवित्र रहस्य बुझ्ने र घोषणा गर्ने काममा भाग लिन पाएकोमा, हामी आफूलाई प्रतिष्ठित ठान्दछौं! (w90 1/15)
तपाईंको प्रतिकृया के हुनेछ?
◻ येशूको ईश्वरीय भक्तिबाट हामी के सिक्न सक्नेछौं?
◻ येशू झैं, हामी धार्मिकताको निम्ति कसरी बाँच्न सक्नेछौं?
◻ ईश्वरीय भक्तिको पवित्र रहस्यको विरूद्धमा, के दुःखलाग्दो रहस्य खड़ा भएको छ?
◻ पवित्र रहस्यको मुल्याङ्कन गर्दै, हामीले के गर्नु पर्छ?
[चित्र]
ईश्वरीय भक्तिको समर्थक र राज्यको जोसिलो प्रचारकको हैसियतबाट, येशूले पिलातुसलाई एसो भन्न सक्नुभयो: “सत्यको गवाही दिन, म संसारमा आएको हुँ।”
[चित्र]
येशूले ईश्वरीय भक्तीको बर्णन गर्नुभयो जब ती शास्त्रीहरू र फरीसीहरूले निन्दा गर्दा