-
थुमाको विवाहमा रमाउनुहोस्!प्रहरीधरहरा—२०१४ | फेब्रुअरी १५
-
-
६. अभिषिक्त ख्रीष्टियनहरूलाई किन “राजकुमारी” भनिएको छ? तिनीहरूलाई किन ‘आफ्ना मानिसहरूलाई बिर्सन’ सल्लाह दिइएको छ?
६ यी दुलहीलाई “राजकुमारी” भनिएको छ। (भज. ४५:१३) त्यसोभए ती राजकुमारीका बुबा अर्थात् राजा को हुनुहुन्छ? उहाँ यहोवा हुनुहुन्छ। अभिषिक्त ख्रीष्टियनहरूलाई यहोवाले आफ्नो “सन्तान”-को रूपमा स्वीकार्नुभएको छ। (रोमी ८:१५-१७) तिनीहरू स्वर्गमा दुलही हुने भएकोले तिनीहरूलाई यस्तो सल्लाह दिइएको छ: “तिम्रो आफ्नै मानिसहरू र तिम्रा पिताको घरलाई पनि बिर्स।” तिनीहरूले ‘माथिका कुराहरूमा ध्यान दिइरहनुपर्छ, पृथ्वीका कुराहरूमा होइन।’—कल. ३:१-४.
-
-
थुमाको विवाहमा रमाउनुहोस्!प्रहरीधरहरा—२०१४ | फेब्रुअरी १५
-
-
दुलहीलाई ‘राजाकहाँ पुऱ्याइन्छ’
८. दुलहीलाई “अति शोभायमान” भन्नु किन उचित छ?
८ भजन ४५:१३, १४क पढ्नुहोस्। दुलही “दुलहाको लागि सिंगारिएकी” छिन् र शाही विवाहको लागि “अति शोभायमान” देखिन्छिन्। प्रकाश २१:२ मा दुलहीलाई एउटा सहर अर्थात् नयाँ यरूशलेमसित तुलना गरिएको छ। स्वर्गमा भएको यो सहर “परमेश्वरको महिमाले” भरिपूर्ण छ र यसको “चमक मणिभझैं चम्कने बहुमूल्य रत्न यशवमणिको जस्तो” छ। (प्रका. २१:१०, ११) नयाँ यरूशलेमको सौन्दर्यबारे प्रकाशको पुस्तकमा राम्ररी वर्णन गरिएको छ। (प्रका. २१:१८-२१) त्यसकारण भजनरचयिताले दुलहीलाई “अति शोभायमान” भन्नु उचित छ। यो विवाह स्वर्गमा हुने भएकोले हामी यस्तै आशा गर्न सक्छौं।
९. दुलहीलाई कसकहाँ पुऱ्याइन्छ? तिनको पोसाक कस्तो छ?
९ दुलहीलाई तिनको दुलहा अर्थात् मसीही राजाकहाँ पुऱ्याइन्छ। दुलहाले तिनलाई “परमेश्वरको वचनको पानीले धोएर” पवित्र पार्नुभएको छ र तयार पार्नुभएको छ। दुलही “पवित्र अनि निष्खोट” छिन्। (एफि. ५:२६, २७) तिनले पनि विवाहमा उपयुक्त पोसाक लगाएकी छिन्। तिनको पोसाकमा सुन जडिएको छ। अनि “कार्चोप” अर्थात् बुट्टा भरिएको पोसाकमा ‘तिनी राजाकहाँ पुऱ्याइनेछिन्।’ थुमाको विवाहको लागि “दुलहीलाई उज्यालो, सफा मलमलको लुगा लगाउन दिइएको छ, किनकि मलमलको लुगाको अर्थ पवित्र जनहरूले परमेश्वरको स्तरबमोजिम गरेका असल कामहरू हुन्।”—प्रका. १९:८.
-