यहोवालाई हामीले बदलामा के दिन सक्छौं?
हामीमा कसैले न्यानो चासो प्रकट गर्दै, हाम्रा हितकालागि केही गरेमा, हामी के कस्तो प्रति। प्रतिकृया व्यक्त गर्ने छौं? दया र उदारता प्रति केही न केही प्रतिकृया व्यक्त गरिन्छ, होइन र? यसकारण, हाम्रा परमेश्वर यहोवाले हाम्रा लागि निरन्तर प्रेम र दया दर्साउनु भएको लागि, हाम्रा भावनाहरू कस्ता छन्?
दैनिक जीवनका चिन्ताहरूको दबावमा परेर, हामी यहोवाको उदारताको मुल्याङ्कन गर्न सजिलै सँग बिर्सन सक्छौं र कुनै बेला अकृतज्ञ व्यवहार पनि गर्न सक्छौं। यसकारण, हामीले समय लगाएर, भजन संग्रहको लेखकको यो प्रश्नलाई ध्यान दिनु उचित् हुनेछ: “यहोवाले गर्नुभएको मेरो उपकारको निम्ति म उहाँलाई के भर्ना चढ़ाऊँ?” (भजन ११६:१२) हो, हामी आफ्नो प्रतिकृया कसरी व्यक्त गर्नेछौं?
यहोवाको उपकारका कार्यहरू
यहोवाले हामीलाई उहाँको वचन, पवित्र बाइबलको वरदान नदिनु भएको भए, हामी कस्तो अन्धकारमा हुने थियौं! बितेका शताब्दिहरूमा, साहसी पुरूष र स्त्रीहरूले यो पुस्तक हासिल गर्न र पढ़न पाउनकालागि आफ्नो प्राण किन खतरामा पारेका थिए, त्यसको कारण आज हामी बुझन सक्छौं। परमेश्वरका मानिसहरूले सधैं नै यो प्रेरित् पुस्तकका लागि कृतज्ञता व्यक्त गरेकाछन्, किनभने यो पुस्तक “सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, र उचित् जीवन यापनका” लागि कति उपयोगी छ भनेर तिनीहरूलाई थाह छ।—२ तिमोथी ३:१६.
तर “हरेक सुकर्ममा सुसज्जित” हुनाकालागि, बाइबलको ज्ञान मनमा भएर मात्र पुग्दैन। (२ तिमोथी ३:१७) परमेश्वरको पवित्र आत्माको शक्ति द्वारा हाम्रो जीवनले लाभ उठाउन सक्छ र यहोवाले आफ्नो अगमवक्ता यशैया द्वारा भन्नु भएका यी प्रेमपुर्ण कुराहरू द्वारा त्यो तथ्य हामीले बुझ्न सक्छौं: “औ अब यहोवा परमेश्वरले मलाई र उहाँको आत्मलाई पठाउनु भएको छ। यहोवा, जो तेरा उद्धारक र इस्राएलका पवित्र यहोवा परमप्रभु हुनुहुन्छ, उहाँ भन्नु हुन्छ, म यहोवा तेरा परमेश्वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोर्याउँछ। यदि तैंले मेरा आज्ञाहरू पालन गरेको भएता तेरो शान्ति नदी झैं र तेरो धार्मिकता समुद्रका छालहरू झैं हुने थियो!” (यशैया ४८:१६-१८) उहाँको पवित्र आत्मा द्वारा र उहाँको वचन बमोजिम, यहोवाले हामीलाई हाम्रै हितकै निम्ति डोर्याउनु हुन्छ र यसको पणिनाम शान्ति र धार्मिकता हुन्छ।
यस बाहेक, हाम्रो फायदाको निम्ति यहोवाको पवित्र आत्मा सक्रिय ढङ्गमा काम गर्न सक्छ किनभने एउटा दृश्य माध्यम अर्थात् एउटा पार्थिव सङ्गठनको स्थापना भएको छ जस द्वारा पवित्र आत्मा सञ्चालित हुन्छ। १ कोरिन्थी १२ मा पावलले मसीही मण्डलीलाई एउटा शरीर सँग तुलना गर्नु भएको छ र ७ वाँ पदमा उनी एसो भन्छन्: “तर सबैको फायदाको लागि ता आत्माको प्रकाश हरेकलाई दिइएको छ।” र यस पश्चात्, परमेश्वरको पार्थिव सङ्गठनको सहभागी भएर हामीले कसरी लाभ उठाउन सक्ने कुरा उनले प्रदर्शित गरे।
केही पाँच वर्ष पछि, उनले एफीसीहरूको मण्डलीलाई पठाएको पत्रमा, यो पार्थिव प्रबन्ध सँग सम्बन्धित भएर उठाउन सक्ने लाभहरू बारे निकै कुरा गरेको पाउँछौं। पावलले भनेका कुराहरू सर्व प्रथम अभिषिक्त मसीहीहरूका लागि भएतापनि, के “ठूलो भीड़का” मानिसहरू पनि ‘सेवाको कामको निम्ति नियुक्त’ भएर ‘पूर्णताको कदको नापसम्मको’ आत्मिक मानिस हुन र ‘विश्वासमा अझ बलिया हुँदै,’ ‘बालकहरू’ हुन छाड़दै ‘सबै कुरामा उहाँ सम्म, जो ख्रीष्ट हुनुहुन्छ’ बढ़दै जान के आवश्यक छैन र? (प्रकाश ७:९; एफिसी ४:१२-१६) कृतज्ञ हुने हामी सबैको कारण छ।
मसीही मण्डली सँग सम्बन्धित् विश्वासी र बुद्धिमान दास पनि छ, जसको काम हो हामीलाई आत्मिक आहार दिनु। यहोवाले हाम्रो फायदाको निम्ति गर्नु भएको कामहरूको यो एउटा अर्को प्रमाण हो। (मत्ती २४:४५, ४६) हामी आज यहाँ मालिकले प्रतिज्ञा गर्नु भएको उहाँको उपस्थितिको समयमा छौं। के त्यो दासले आफ्नो काम गरि रहेको छ? यी नैराश्यपूर्ण “अन्तिम दिनहरूमा” बाँच्नु परेता पनि के हामीमा आशा छ? के हाम्रो जीवनको एउटा अर्थपूर्ण उद्देश्य छ? (२ तिमोथी ३:१-५; रोमी ५:५; १ तिमोथी ४:१०) छन्! र हाम्रो आशा कुनै हल्लाको कुरा होइन किनभने त्यो एउटा निश्चित् विश्वासमा आधारित् छ र यो विश्वास पक्का प्रमाणमा अड़ेको छ।—हिब्रू ११:१.
कुरा स्पष्ट छ, यहोवा, हाम्रा महान हितकारीले, हामीलाई कृतज्ञ हुने प्रशस्त कारण दिनु भएका छन्। जसले गर्दा, प्रश्न यो उठछ:
यहोवालाई मैले बदलामा के दिऊँ?
सर्व प्रथम, हामीबाट यहोवालाई केही पनि चाहिन्दैन भनेर हामीले स्वीकारनु पर्छ। उहाँ एसो भन्नु हुने व्यक्ति हुनु हुन्छ: “चाँदी मेरै हो र सुन पनि मेरै हो।” “हजारौं डाँड़ाहरूका गाइ-भैंसीहरू मेरै हुन्।” (हग्गै २:८; भजन ५०:१०; अय्यूब ४१:११) यसको अर्थ, हामी कुनै रीतिले पनि यहोवाको कृपा किन्न सक्नेछैनौं; तापनि, स्वेच्छा साथ, उहाँलाई बलिदानहरू चढ़ाउने प्रोत्साहन हामीलाई दिएको पाउँछौं। (१ इतिहास २९:१४ सँग तुल्ना गर्नु होस्) तर यहोवालाई उपहार चढ़ाउन सक्ने प्रकारका मानिस हुनका लागि केही शर्तहरू पुरा गर्न आवश्यक छ।
“के लिएर म यहोवाको सामु आऊँ, र सवोच्च परमेश्वरको सामने निउरूँ? के एक वर्षे बाछा लिएर होमबलि चढ़ाउनलाई म उहाँको सामु आऊँ? के यहोवा हजारौं भेड़ाहरू र तेलका लाखौं नदीसित प्रसन्न हुनुहुन्छ? के म आफ्नो अपराधका लागि आफ्नो जेठो छोरोलाई दिऊँ, मेरो प्राणको पापको लागि मेरो शरीरको फललाई दिऊँ? ए मानिस, जे असल छ, त्यो उहाँले तँलाई देखाउनुभएको छ। यहोवाले तँबाट के चाहनु हुन्छ? केवल यति, कि न्याय गर्नू, र तेरा परमेश्वर सित नम्र भएर हिड़नू।”—मिका ६:६-८.
यसबाट हामी बुझ्दछौं, कि यहोवाका नियमहरू सधैं नै पालन गर्न सकिने प्रकारका र सधैं नै उचित् हुन्छन्। साथै, येशूको शिक्षा अनुसार, हाम्रा बलिदानहरू ग्रहणयोग्य हुनकालागि, दुवै यहोवा र हाम्रा भाइहरू सँग हाम्रो सम्बन्ध राम्रो हुनु पर्छ। (मत्ती ५:२३, २४) र अब यहोवालाई, उहाँको भलाईको मुल्याङ्कन गर्दै उहाँलाई दिन सक्ने कुरा हामी सबै सँग रहेछ भनेर हामीले बुझ्न सक्यौं।
हामी सँग भएका कुराहरूको प्रयोग हामी कसरी गर्न सक्छौं?
प्रचारको काममा यहोवाको प्रतिनिधित्व गर्दा समय, प्रयास र केही मात्रामा पैसा पनि खर्च भएता पनि, यो कति महान एउटा सौभाग्य हो! यस प्रकारको प्रशंसाको बलिदान हामी सबैले नै यहोवालाई चढ़ाउन सक्नेछौं। यस विषयमा, अग्रगामी सेवामा लागेका र तीन जना साना-साना बालकहरू भएका एक जना प्राचीनले एसो भने:
“पूर्ण समय सेवकाईमा भाग लिन पाउने सौभाग्य, हर व्यक्तिगत बलिदानको योग्य छ—किनभने हाम्रो स्वर्गीय पिताको प्रशंसा गर्ने, यो सबै भन्दा प्रभावशाली ढङ्ग हो। साथै, उहाँले म माथि व्यक्तिगत रूपमा दर्साउनु भएको अनुग्रहको लागि धन्यबाद चढ़ाउने सहायता, यो सेवकाईले दिन्छ।”
यो भाइकी पत्नीले एसो भन्छिन्: “मेरो पतिलाई, अग्रगामी सेवामा मदद गर्न पाउनु एउटा ठूलो सौभाग्य हो। यसले गर्दा, सारा परिवारले क्षेत्र सेवामा अझ ठूलो भाग लिने मौका पाएका छन्। साथै यहोवाको प्रमपूर्ण हातले हाम्रो आत्मिक र भौतिक आवश्यकताहरू मिलाई दिनु भएको देख्दा, उहाँको प्रशंसा बढ़ी मात्रमा गरौं गरौं लाग्छ।”
दी वाचटावर सोसाइटीले, सन् १९२० देखिन्, आफ्नै छापाखानाहरूमा, बाइबल र बाइबल सँग सम्बन्धित् साहित्यहरू छापेर तिनीहरूको वितरण, एउटा स्वेच्छा सेवाको रूपमा गर्दै आएको छ। हामी सँग आज भएका जम्मै प्रकाशनहरूको उत्पादन गर्दा, बेथलका स्वयं सेवकहरूले खर्च गरेका समय र मेहनत साथै ती प्रकाशनहरूको वितरण गर्ने काममा लाग्ने मण्डलीका प्रकाशक र अग्रगामीहरूका परिश्रम, यो अति महत्वपूर्ण प्रचारको कामको लागि एउटा थप अनुदान हो।—मत्ती २४:१४.
यस बाहेक, बढ़ी आर्थिक सुविधा भएका देशहरूका मसीहीहरूले दयापूर्वक, आफ्नो देशमा स्थित, वाचटावर सोसाइटीका शाखा कार्यालायहरूमा पठाएका आर्थिक चन्दाहरूले गर्दा, संसारका अन्य भागमा बस्ने तिनीहरूका भाइहरूले आफ्नो पूर्ण समय प्रचार गर्ने र चेला बनाउने काममा लगाउन सकेकाछन्। यस्तै प्रकारका स्वेच्छापूर्वक दिइएका चन्दाहरू द्वारा, दी वाचटावर बाइबल स्कुल अफ गिलियदका अन्य देशहरूमा पठाइने प्रचारकहरू, परिभ्रमण अध्यक्षहरू र विशेष अग्रगामीहरूले आफ्नो पूर्ण सेवकाईमा निरन्तर लागिरहने सहायता पाउँछन्।
शायद, बेथलमा आउन, अथवा अन्तर्राष्ट्रिय निमार्णकामका स्वंय सेवकहरूको कार्यक्रमको एक जना सदस्य हुन तपाईंका लागि हाल सम्भव छैन होला। तर यी कामहरूमा लागेका व्यक्तिहरूलाई मदद दिने खर्च तपाईं सँग होला र यो खर्च द्वारा तिनीहरूले ती सेवामा लागि रहने मदद पाउन सक्छन्। २ कोरिन्थी ८:१४ मा वर्णन गरिएको, यो एउटा उपकारी समीकरण हुन सक्छ। यस प्रकारका चन्दाहरू साथ आउने पत्रहरू सँग, एक जना वृद्ध बहिनीबाट यो पत्र पनि आएको थियो:
“यहोवाले मलाई दिनुभएका सबै आशिषहरूका लागि म कृतज्ञ छु, र म सङ्गठन र भइरहेका सबै निमार्णकार्यहरूका लागि प्रार्थना गर्छु।”
एक जना अर्को बहिनीले एसो भनेर लेखि पठाएको छ: “यो सानो रकम, चाँड़ै बितेर जाने बैंकमा बस्नु भन्दा, ईश्वरीय सेवामा केही असल कामको निम्ति प्रयोग हुनु राम्रो होला!”
एउटा भाइले आफ्नो विचार यी शब्दहरूमा व्यक्त गर्नु भयो: “यहोवाले हामीलाई आफ्ना सम्पत्ति उहाँको महिमाको निम्ति प्रयोग गर्न भनेर दिनु भएको सल्लाह, हामीलाई लोभी व्यापारको जाल अथवा शैतानको यो दुष्ट रितीरिवाजको तेस्रो अङ्गबाट बचाउने एउटा महत्वपूर्ण उपाय हो। यहोवाले हामीलाई दिनु भएको वृद्धि तर्फ एउटा सानो अनुदान दिन पाएकोमा म धेरै नै खुशी छु र उहाँले मलाई प्रयोग गर्नु भएको लागि म उहाँलाई धन्यबाद चढ़ाउछु।”
जवान र बूढ़ाहरूबाट आएका अनुदानहरू
यो रीतिरिवाजको अन्त सम्म बाँच्ने आशा राखेता पनि, उमेरमा पाको भएका धेरैले, तिनीहरूको मृत्यु भएको खण्डमा, राज्यको कामले नै पुरा लाभ उठाओस् भनेर, कागतमा आफ्नो दृढ़ फैसला व्यक्त गरेकाछन्। यस प्रकारका फैसला कार्यान्वयन गर्ने कति व्यक्तिहरूले, ती मरीजानेहरूको विषयहरूमा यस्ता यस्ता टिप्पणीहरू गरेकाछन्:
“जीवन भरि उनी सबै प्रति दयावन्त थिइन्। . . . यहोवा र उहाँको सृष्टिको धेरै नै प्रेम गर थिइन्।”
“सधैं नै राज्य सँग सम्बन्धित कुराहरूमा उनको सर्व प्रथम चासो हुन् थियो।”
“७० वर्ष विश्वासी भएर सेवा गर्नु भए पछि, उहाँले आफ्नो स्वर्गीय इनाम पाउनु भयो। . . . सधैं नै उहाँले आफ्नो जायजेथा पनि सच्चाईकै सेवामा प्रयोग होस् भनेर चाहनु हुन् थियो।”
साथै, यहोवाको काममा आफ्नो भौतिक कुराहरू प्रयोग गर्न चाहने जवानहरूबाट पनि खबर पाउनु ठूलो खुशीको कुरा हो। बेलायत स्थित, सोसाइटीको कार्यालयले, स्कूल जाने एउटी प्रचारकबाट पत्र पाए। यस पत्र अनुसार, यो बालिकालाई स्कूलको लेख प्रतियोगितामा प्रथम पुरस्कार प्रदान गरिएछ। तर उसले पाएको पुरस्कारको पैसा जम्मै सोसाइटीलाई पठाई किनभने “मसीही दायित्वको” विषयमा उसले लेखेको लेखमा जम्मै कुरा सोसाइटी कै पुस्तकहरूबाट लिइएको रइछ। उसको विचारमा, त्यो पुरस्कारको पैसाको उचित् हकदार यहोवा नै हुनु पर्छ।
यहोवालाई बदलामा के दिऊँ भनेर सोधे पछि, भजन संग्रहको ११६ को लेखकले, १३ र १४ पदमा एसो भनेको छ: “उद्धारको कचौरा लिएर, म यहोवाको नाउँको पुकारा गर्नेछु। यहोवामा म आफ्नो भाकल पूरा गर्नेछु। उहाँका सारा प्रजाहरूकै सामने पूरा गर्नेछु।” यहोवाले उहाँको पुत्र द्वारा हामीलाई दिनु भएको मूल्यवान मुक्तिको वरदानको निम्ति मुल्याङ्कन प्रकट गर्दै, हामी पनि, भजन संग्रहको त्यो लेखक झैं, यहोवाको नाउँ पुकार्न र उहाँमा आफ्नो भाकल पूरा गर्न इच्छुक हुनेछौं।
यहोवाले हामीलाई यतिका धेरै आशिष दिनु भएको छ कि हामीले उहाँका लागि जति नै गर्यौं भने पनि, त्यो तुल्ना गर्दा अति नै सानो देखिने छ। यसकारण, हामी सबै ले नै, जसरी हुन्छ, सके सम्म, कृतज्ञता प्रकट गर्नु कति उचित् हुनेछ! “म तपाईंमा धन्यबादको बली चढ़ाउने छु र यहोवाको नाउँको पुकारा गर्ने छु।”—भजन संग्रह ११६:१७. (w88 12/1)
[पेटी]
राज्यको कामको लागि कसै कसैले कसरी चन्दा पठाउँछन्
▫ बकस: स्वेच्छा साथ पठाइएका पैसाको उपहारहरू, सोझै Watchtower Bible and Tract Society of Pennysylvania, 25 Columbia Heights, Brooklyn, New York 11201 (दी वाचटावर बाइबल एन्ड ट्रेक्ट सोसाइटी अफ पेनिसिलवेनिया, २५ कलम्बीया हायट्स, ब्रुकलिन, न्यु यर्क ११२०१) अथवा सोसाइटीको स्थानीय शाखा कार्यालयको ठेगानामा पठाउन सक्नु हुन्छ। घर जग्गा, गहना र अन्य प्रकारका बहुमूल्य कुराहरूको पनि बकस दिन सकिन्छ। यस प्रकारका चन्दा पठाउँदा, त्यसका साथमा, यो सामान एउटा चन्दाको रूपमा दिइएको हो भन्ने पत्र पनि आवश्यक छ।
▫ शर्तमा आधारित् चन्दाको प्रबन्ध: दी वाचटावर सोसाइटी सँग पैसा नासो राख्न सकिन्छ। दिने व्यक्तिलाई खाँचो परेको खण्डमा, फिर्ता दिइनेछ भन्ने शर्त राखेर।
▫ बीमा: दी वाचटावर सोसाइटीलाई जीवन बीमा अथवा कुनै पेनसन कार्यक्रमको लाभग्राही नियुक्त गरे हुन्छ। तर यस्तो गर्दा, सोसाइटीलाई खबर दिनु आवश्यक छ।
▫ नासो राख्ने प्रबन्ध: बैंकमा जम्मा गरेको रकम पनि सोसाइटीलाई राख्ने जिम्मा लगाइ दिन सकिन्छ। यसो गर्नु भयो भने, सोसाइटीलाई खबर दिन आवश्यक छ। व्यापारका अनेक सट्टापत्र, ऋणपत्रहरूबाट पनि बाँचुञ्जेल आफूले लाभ उठाउन सक्ने शर्त राखेर सोसाइटीको नाउँ गरि दिन सकिन्छ। यस प्रकार, आफ्नो मृत्यु भएको खण्डमा सोसाइटीले ती कुराहरूबाट लाभ उठाउने कुरा निश्चित् हुन्छ।
▫ अन्तिम इच्छापत्र: जायजेथा अथवा पैसा पनि दी वाचटावर सोसाइटीलाई एउटा कानूनी इच्छापत्र द्वारा दिन सकिन्छ। यो इच्छा पत्रको एक कापी सोसाइटीलाई पठाउनु उचित् हुनेछ।
यस बारे अझ जानकारी लिन चाहनुहुन्छ भने, कृपया यो ठेगानामा पत्र पठाउनु होस्: The Treasurer’s Office, Watchtower Bible and Tract Society of Pennyslyvania, 25 Columbia Heights, Brooklyn, New York 1120521 अथवा, सोसाइटीको स्थानीय शाखा कार्यालयमा पठाउनु भए पनि हुन्छ।