-
“उत्थान गर्ने असल वचन” बोल्नुहोस्“आफूलाई परमेश्वरको प्रेम पाउन लायक बनाइराख”
-
-
हामीले बोल्दाखेरि किन होस पुऱ्याउनै पर्छ?
४, ५. हामीले बोल्दा चलाउने शब्द-शब्दमा शक्ति हुन्छ भन्ने कुरालाई हितोपदेशका केही पदहरूमा कसरी बताइएको छ?
४ बोल्दाखेरि होस पुऱ्याउनुपर्ने एउटा महत्त्वपूर्ण कारण हामीले बोल्दा चलाउने शब्द-शब्दमा शक्ति हुने भएकोले हो। हितोपदेश १५:४, NRV भन्छ: “निको पार्ने जिब्रो जीवनको रूख हो, तर छली जिब्रोले आत्मालाई आघात पुऱ्याउँछ।” a पानी नपाएर सुक्न लागेको रूखले पानी पाएपछि फेरि नयाँ जीवन पाएजस्तै निको पार्ने जिब्रो अर्थात् शान्त बोलीले सुन्नेहरूको मनमा स्फूर्ति जगाइदिन सक्छ। त्यसको उल्टा, टेढो शब्द अर्थात् भ्रष्ट बोलीले अरूको हृदय छिन्नभिन्न पार्न सक्छ। हो, हामीले बोल्दा चलाउने शब्दमा अरूलाई घायल पार्ने वा निको गर्ने शक्ति छ।—हितोपदेश १८:२१.
-
-
“उत्थान गर्ने असल वचन” बोल्नुहोस्“आफूलाई परमेश्वरको प्रेम पाउन लायक बनाइराख”
-
-
a यस पदमा “छली” भनी अनुवाद गरिएको हिब्रू शब्दले “जाली” र “भ्रष्ट” भन्ने अर्थ पनि दिन सक्छ।
-