-
आध्यात्मिक कुराकानीले सुधार गराउँछप्रहरीधरहरा—२००३ | सेप्टेम्बर १५
-
-
२०. लज्जालु व्यक्तिसित भेट्दा हामी के गर्न सक्छौं?
२० तपाईंले आध्यात्मिक विषयमा कुराकानी गर्दा कोही भावशून्य देखिन्छ भने नि? हरेस नखानुहोस्। सायद तपाईंले पछि उपयुक्त समय पाउन सक्नुहुन्छ। “ठीक बेलामा भनेको ठीक कुरा चाँदीको टोकरीमा सुनका स्याउहरूजस्तै हो” भनी सुलेमानले टिप्पणी गरे। (हितोपदेश २५:११) लज्जालु व्यक्तिहरूप्रति समझदारी देखाउनुहोस्। “अर्काको मनको विचार गहीरो पानीझैं हो, तर समझदार मानिसले त्यो तानेर निकाल्छ।”a (हितोपदेश २०:५) सबैभन्दा महत्त्वपूर्ण कुरा त, अरू मानिसहरूको मनोवृत्तिको कारण तपाईं आफ्नो हृदयलाई छुने कुराहरूबारे कुरा गर्नदेखि पछि नहट्नुहोस्।
-
-
आध्यात्मिक कुराकानीले सुधार गराउँछप्रहरीधरहरा—२००३ | सेप्टेम्बर १५
-
-
a इस्राएलका कुनै-कुनै इनारहरू असाध्यै गहिरा थिए। गिबियोनमा पुरातत्त्वविद्हरूले २५ मिटरभन्दा गहिरो पानी पोखरी भेट्टाएका छन्। यहाँ भऱ्याङ छ जसबाट तल गएर मानिसहरूले पानी निकाल्न सक्थे।
-