-
वर्तमान समयका लागि व्यवहारिक किताबसबैका लागि उपयोगी किताब
-
-
तर त्यसो भन्दैमा आमाबाबुले आफ्नो अख्तियार अर्थात् “बेंत[को]” दुरुपयोग गर्नु हुँदैन।b (हितोपदेश २२:१५; २९:१५) आमाबाबुलाई सावधान गराउँदै बाइबल यस्तो सल्लाह दिन्छ: “केटाकेटीहरूको बढ्तै सुधार नगर, नत्रता तिनीहरू खिन्न हुनेछन्।” (कलस्सी ३:२१, फिलिप्स) केटाकेटीलाई सिकाउनुछ भने थप्पड लगाउनु प्रायः प्रभावकारी नहुनसक्छ भनेर पनि बाइबलले स्वीकारेको छ। यसै सन्दर्भमा हितोपदेश १७:१० भन्छ: “मूर्ख मानिसले सय मुक्का खाएको भन्दा समझ-शक्ति हुने मानिसलाई अर्तीको असर हुन्छ।” अर्तीको अलावा बाइबलले पछि हुनसक्ने कुराहरूलाई ध्यानमा राखेर पहिल्यै अनुशासन दिने सुझाउ पनि दिन्छ। जस्तै, व्यवस्था ११:१९ ले आमाबाबुलाई छोराछोरी सँगै हुँदा कुरैकुरामा नैतिक मूल्य एवं मान्यताहरू सिकाउने सल्लाह दिन्छ।—व्यवस्था ६:६, ७ पनि हेर्नुहोस्।
-