-
भविष्यवाणीको किताबसबैका लागि उपयोगी किताब
-
-
प्राचीन बाबेल “राज्यहरूको रत्न” थियो। (यशैया १३:१९, द न्यु अमेरिकन बाइबल) बाबेल शहर फारसको खाडीदेखि भूमध्य सागरसम्मको व्यापारिक मार्गबीच फैलिएको थियो। अति अनुकूल स्थानमा परेको यो शहर पूर्व र पश्चिमका लागि थल तथा जल व्यापार केन्द्र भएको थियो।
सा.यु.पू. सातौं शताब्दीसम्म बेबिलोनी साम्राज्यको राजधानी बाबेल अजेय भने पनि हुने स्थितिमा पुगिसकेको थियो। बाबेल शहर युफ्रेटिस नदीमा बसालिएको हुँदा नदीको सदुपयोग गरेर यत्रतत्र फराकिलो अनि गहिरा नहरहरू बनाइएका थिए। त्यति मात्र होइन। शहरलाई दुइ दुइवटा अग्ला पर्खालहरूले घेरेको थियो र पर्खालको बीचबीचमा सामरिक महत्त्वका थुप्रै किल्लाहरू थिए। अतः बाबेल शहरवासीहरूले आफूलाई सुरक्षित महसुस गर्नु स्वाभाविक हो।
तर यसो भए तापनि, सा.यु.पू. आठौं शताब्दीमा, मतलब बाबेल आफ्नो गौरवको चरमसीमामा पुग्नुअगावै भविष्यवक्ता यशैयाले बाबेललाई ‘सर्वनाशरूपी खरेटोले बढारिनेछ’ भनेर अगमवाणी गरिसकेका थिए। (यशैया १३:१९; १४:२२, २३) बाबेलको पतन कुन ढंगमा कसरी हुनेछ भनेरसमेत यशैयाले वर्णन गरेका थिए। तिनको विवरणअनुसार बाबेलका शत्रुहरूले त्यसका नदी अर्थात् नहरले दिने सुरक्षाको स्रोत ‘सुकाइदिएर’ शहरलाई कमजोर बनाउने थिए। यशैयाले शहरमाथि विजय हासिल गर्ने व्यक्तिको नाउँ “कोरेस” हुनेछ र यस महान् फारसी राजासामु ‘ढोकाहरू खोलिनेछन्, र मूल–ढोकाहरू बन्द हुनेछैनन्’ भनेर पनि तोकेका थिए।—यशैया ४४:२७–४५:२, द न्यु इंग्लिस बाइबल।
-
-
भविष्यवाणीको किताबसबैका लागि उपयोगी किताब
-
-
“यसको कहिल्यै आबादी हुनेछैन”
बाबेलको पतनपछि त्यसको हविगत के हुने थियो त? यशैयाले त्यसबारे के भविष्यवाणी गरे ध्यान दिनुहोस्: “त्यसको कहिल्यै आबादी हुनेछैन। पुस्तौंसम्म त्यहाँ कोही बस्नेछैन। कुनै अरबीले त्यहाँ आफ्नो पाल टाँग्नेछैन। गोठालाहरूले आफ्नो बगाल त्यहाँ विश्राम गर्नदिनेछैनन्।” (यशैया १३:२०) सर्वसम्पन्न त्यस सुन्दर शहर फेरि कहिल्यै आबाद हुनेछैन भनेर पूर्वानुमान लगाउनु अविश्वसनीय सुनिंदैन र? के यशैयाले बाबेलको भग्नावशेषहरूलाई हेरेर भविष्यवाणी गरेका हुनसक्छन् त?
कोरेसले बाबेल कब्जा गरेपछि त्यो पहिलेजस्तो वैभवशाली अवस्थामा नभए पनि शताब्दीयौंसम्म अस्तित्वमा रह्यो। मृत सागरमा फेला परेको यशैयाको सम्पूर्ण किताब सा.यु.पू. दोस्रो शताब्दीका थिए भन्ने कुरा पनि सम्झनुहोस्। त्यतिबेला बाबेल पार्थियनहरूको कब्जामा थियो। अझ सा.यु. प्रथम शताब्दीतिर बाबेलमा यहूदीहरूको बस्ती नै थियो र बाइबल लेखक पत्रुससमेत त्यहाँ पुगेका थिए। (१ पत्रुस ५:१३) मृत सागरमा फेला परेको यशैया पुस्तकको मुट्ठा मात्रै पनि त्यतिञ्जेल दुइ शताब्दी पुरानो भइसकेको थियो। एकछिन विचार गर्नुहोस्, सा.यु. प्रथम शताब्दीसम्म पनि बाबेल पूर्णतया नाश भइसकेको थिएन। तर यशैयाले कुन जुगमा आफ्नो किताब लेख्न सिध्याइसकेका थिए।८
भविष्यवाणी गरेझैं अन्ततः बाबेल “उजाड़को ढेर” भयो। (यर्मिया ५१:३७) हिब्रू विद्वान जेरोमअनुसार (सा.यु. चौथो शताब्दी) तिनको समयमा बाबेल “हर प्रकारको जंगली जनावर” पाइने शिकार खेल्ने थलो भइसकेको थियो।९ बाबेल अहिले हाम्रो समयसम्म पनि उजाडै छ।
बाबेल उजाड भएको यशैयाले देख्न पाएनन्। तर कुनै समय सारा संसारको सबैभन्दा शक्तिशाली शहरको भग्नावशेष वर्तमान इराकको राजधानी, बगदादको यस्तै ८० किलोमिटर पर दक्षिणतर्फ अहिलेसम्म छँदैछ। ढुंगा र माटोको थुप्रोबीच पस्रिरहेको बाबेलको भग्नावशेषले यी शब्दहरूको मौन प्रमाण दिन्छ: “त्यसको कहिल्यै आबादी हुनेछैन।” पर्यटन क्षेत्रको रूपमा बाबेलको जीर्णोद्धार गरेमा शायद मानिसहरूको भीड लाग्ला तर बाबेलको “सन्तान दर–सन्तान” सधैं सधैंका लागि हराइसके।—यशैया १३:२०; १४:२२, २३.
अतः भविष्यवक्ता यशैयाले जुनसुकै भावी घटनाहरूमा लागू गर्न मिल्ने अस्पष्ट पूर्वानुमान लगाएका थिएनन् नता घटनाहरू भइसकेपछि त्यसलाई पूर्वानुमानको नाउँ दिएका थिए। यसो विचार गर्नुहोस्, शक्तिशाली बाबेलमा कहिल्यै आबाद हुनेछैन भनेर कुन चाहिं जालीले पो आफ्नो नियन्त्रणमै नभएको कुरा “भविष्यवाणी” गर्ला?
-