-
के तपाईंसित यहोवालाई “चिन्ने हृदय” छ?प्रहरीधरहरा—२०१३ | मार्च १५
-
-
८, ९. अधिकांश यहूदीले हृदयलाई के गर्नुपर्थ्यो?
८ परमेश्वरले यहूदीहरूलाई भन्नुभएको कुराबाट ‘हृदयमा खतना नहुनुको’ अर्थ बुझ्न सक्छौं। उहाँले तिनीहरूलाई यसो भन्नुभयो: “हे यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरू हो, तिमीहरूका हृदयको खतना गर, नत्रता तिमीहरूले गरेका दुष्टताले गर्दा मेरो क्रोध आगोझैं दन्केर निस्कनेछ।” तर दुष्ट काम गर्ने विचार तिनीहरूमा कहाँबाट आयो? भित्रबाट अर्थात् तिनीहरूको हृदयबाट। (मर्कूस ७:२०-२३ पढ्नुहोस्) यहूदीहरूले दुष्ट काम गर्नुको कारण परमेश्वरले यर्मियामार्फत बताउनुभयो। तिनीहरूको हृदय हठी अनि बागी थियो। तिनीहरूको मनसाय र सोचविचार परमेश्वरलाई अप्रसन्न पार्ने खालका थिए। (यर्मिया ५:२३, २४; ७:२४-२६ पढ्नुहोस्) परमेश्वरले तिनीहरूलाई यसो भन्नुभयो: “परमप्रभुमा आफूलाई खतना गर। . . . तिमीहरूका हृदयको खतना गर।”—यर्मि. ४:४, NRV; १८:११, १२.
९ त्यसैले यर्मियाको समयका यहूदीहरूले आफ्नो लाक्षणिक हृदयको शल्यक्रिया गर्नुपर्थ्यो। मोशाको समयका मानिसहरूले जस्तै तिनीहरूले “हृदयको खतना” गर्नुपर्थ्यो। (व्यव. १०:१६, NRV; ३०:६, NRV) ती यहूदीहरूले “हृदयको खतना” कसरी गर्न सक्थे? तिनीहरूले यहोवाको आज्ञासित मेल नखाने सोचविचार, चाहना वा मनसाय त्याग्नुपर्थ्यो।—प्रेषि. ७:५१.
-
-
के तपाईंसित यहोवालाई “चिन्ने हृदय” छ?प्रहरीधरहरा—२०१३ | मार्च १५
-
-
११, १२. (क) हामी प्रत्येकले आफ्नो हृदय जाँच्नु किन आवश्यक छ? (ख) परमेश्वरले के गर्नुहुन्न?
११ यहोवा हामी प्रत्येकले उहाँलाई चिनेको र उहाँले स्वीकार्ने तरिकामा चलेको चाहनुहुन्छ। धर्मी अर्थात् परमेश्वरको स्तरबमोजिम चल्नेहरूको सन्दर्भमा यर्मियाले यसो भने: “हे सेनाहरूका परमप्रभु, जसले धर्मीहरूको जाँच गर्नुहुन्छ, जसले हृदय र मन देख्नुहुन्छ।” (यर्मि. २०:१२) सर्वशक्तिमान् परमेश्वरले धर्मीहरूको हृदयसमेत जाँच्नुहुने भएकोले के हामीले आफैलाई जाँच्नुपर्दैन र? (भजन ११:५ पढ्नुहोस्) यसरी जाँच्दा आफूमा भएको गलत मनोवृत्ति, लक्ष्य वा सोचाइ पहिल्याउन सक्छौं। यहोवाको आज्ञा मान्न हामीले आलेटाले गरिरहेका छौं होला। हृदयबाट त्यस्तो कुरा हटाउन हामीले आफ्नो हृदयको शल्यक्रिया गर्नुपर्ने हुन सक्छ। हाम्रो हृदयमा के-कस्ता गलत मनोवृत्ति वा सोचाइ हुन सक्छन्? अनि हामी कसरी आवश्यक छाँटकाँट गर्न सक्छौं?—यर्मि. ४:४.
-