-
“बुद्धिमान्” तैपनि नम्रयहोवासित नजिक हुनुहोस्
-
-
३ यहोवा पवित्र हुनुहुन्छ। त्यसैले उहाँमा अशुद्ध बनाउने दुर्गुण अहङ्कार छैन। (मर्कुस ७:२०-२२) भविष्यवक्ता यर्मियाले यहोवालाई के भने, याद गर्नुहोस्: “तपाईँले अवश्य पनि मलाई सम्झनुहुनेछ अनि मलाई मदत गर्न निहुरिनुहुनेछ।”a (विलाप ३:२०) कल्पना गर्नुहोस्, ब्रह्माण्डका मालिक यहोवा ‘निहुरिएर’ यर्मियाजस्तो त्रुटिपूर्ण मानिसलाई पनि मदत गर्न तयार हुनुभयो। (भजन ११३:७) हो, यहोवा नम्र हुनुहुन्छ। तर उहाँको नम्रतामा के-के समावेश छ? यो गुण कसरी बुद्धिसित सम्बन्धित छ? अनि यो गुण हामीमा पनि किन हुनुपर्छ?
-
-
“बुद्धिमान्” तैपनि नम्रयहोवासित नजिक हुनुहोस्
-
-
a पुरातन समयका शास्त्रीहरू अर्थात् सोफेरिमहरूले यस पदलाई यहोवा नभई यर्मिया निहुरिएका थिए भन्ने अर्थ लाग्नेगरि लेखे। तिनीहरूलाई परमेश्वरजस्तो सर्वोच्च व्यक्ति त्यसरी निहुरिनु उपयुक्त हुँदैन जस्तो लागेको हुन सक्छ। त्यसैले थुप्रै अनुवादबाट यस पदको मुख्य भाव नै हटाइयो। तर नयाँ अङ्ग्रेजी बाइबल-मा यर्मियाले यहोवालाई भनेको यो कुरा सही तरिकामा अनुवाद गरिएको छ: “सम्झनुहोस्, हे [परमेश्वर मलाई] सम्झनुहोस् र निहुरिएर मसामु आउनुहोस्।”
-