प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “मानिसहरूको निधारमा चिन्ह लगाऊ”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
    • ५, ६. चिन्ह लगाइएका मानिसहरूबारे हामी कस्तो निष्कर्षमा पुग्न सक्छौँ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

      ५ मसीदानी भिरेको पुरुषले के गर्नुपर्ने थियो? तिनले यहोवा परमेश्‍वर स्वयम्‌बाट यस्तो महत्त्वपूर्ण जिम्मेवारी पाए: “यरुसलेम सहरमा चारैतिर जाऊ र सहरमा भइरहेका घिनलाग्दा कामहरू देखेर सुस्केरा हाल्दै अफसोस गरिरहेका मानिसहरूको निधारमा चिन्ह लगाऊ।” सायद त्यतिबेला इजकिएलले वफादार इस्राएली आमाबुबाहरूले विगतमा गरेको एउटा कुरा सम्झेको हुनुपर्छ। ती आमाबुबाहरूले आफ्नो घरको ढोकाको दुवैपट्टिका खामा र माथिल्लो भागमा रगत छर्केका थिए। यो चिन्हले गर्दा तिनीहरूको पहिलो सन्तान विनाशबाट बच्ने थिए। (प्रस्थ. १२:७, २२, २३) इजकिएलको दर्शनमा मसीदानी भिरेको पुरुषले मानिसहरूको निधारमा लगाइदिएको चिन्हले पनि के त्यस्तै काम गर्ने थियो? के त्यो चिन्ह लगाइएका मानिसहरू यरुसलेमको विनाशबाट बच्ने थिए?

      ६ त्यो चिन्ह केको आधारमा लगाइने थियो भन्‍ने कुरा बुझ्यौँ भने हामी यस प्रश्‍नको जवाफ पाउन सक्छौँ। “सहरमा भइरहेका” घिनलाग्दा कामहरू देखेर “सुस्केरा हाल्दै अफसोस गरिरहेका मानिसहरूको” निधारमा त्यो चिन्ह लगाउनुपर्ने थियो। त्यसोभए हामी त्यो चिन्ह लगाइएका मानिसहरूबारे कस्तो निष्कर्षमा पुग्न सक्छौँ? एउटा त, मन्दिरमा भइरहेको मूर्तिपूजा मात्र नभई यरुसलेमभरि फैलिएको हिंसा, अनैतिकता र भ्रष्टाचार देखेर तिनीहरूको मन छियाछिया भएको थियो। (इज. २२:९-१२) यसबाहेक, तिनीहरूले आफ्नो भावना पनि व्यक्‍त गरेका हुन सक्छन्‌। त्यस्ता असल हृदय भएका मानिसहरूको बोली र कामबाट त्यस भूमिमा भइरहेका कामहरूप्रति तिनीहरूको घृणा र शुद्ध उपासनाप्रति तिनीहरूको भक्‍ति स्पष्टै देखिन्थ्यो। यहोवा कृपालु परमेश्‍वर हुनुभएकोले उहाँले ती मानिसहरूलाई बचाउनुहुने थियो।

  • “मानिसहरूको निधारमा चिन्ह लगाऊ”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
    • ९, १०. यरुसलेमको विनाशबाट बच्ने केही वफादार मानिस को थिए र तिनीहरूबारे हामी कस्तो निष्कर्षमा पुग्न सक्छौँ?

      ९ दोस्रो इतिहास ३६:१७-२० पढ्‌नुहोस्‌। बेबिलोनी सेनाले ईसापूर्व ६०७ मा यरुसलेम र यसको मन्दिर विनाश गर्दा इजकिएलको यो भविष्यवाणी पूरा भयो। विश्‍वासघाती यरुसलेमलाई सजाय दिन यहोवा परमेश्‍वरले माध्यमको रूपमा बेबिलोनीहरूलाई चलाउनुभयो। यसरी बेबिलोनीहरू ‘यहोवाको हातमा कचौराबराबर’ भए। (यर्मि. ५१:७) के विनाशमा सबै मारिए? अहँ मारिएनन्‌। इजकिएलको दर्शनमा बेबिलोनीहरूको हातबाट बच्नेहरू पनि हुनेछन्‌ भनेर भविष्यवाणी गरिएको थियो।—उत्प. १८:२२-३३; २ पत्रु. २:९.

      १० रेकाबीहरू, इथियोपियाली एबेद-मेलेक, भविष्यवक्‍ता यर्मिया र तिनका सचिव बारुकलगायत अन्य वफादार मानिसहरू बचे। (यर्मि. ३५:१-१९; ३९:१५-१८; ४५:१-५) तिनीहरू यरुसलेममा भइरहेका “घिनलाग्दा कामहरू देखेर सुस्केरा हाल्दै अफसोस गरिरहेका” थिए भन्‍ने निष्कर्षमा हामी इजकिएलको दर्शनबाट पुग्न सक्छौँ। (इज. ९:४) पक्कै पनि तिनीहरूले विनाशअघि नै सहरमा भइरहेको दुष्ट कुराहरूप्रतिको घृणा र शुद्ध उपासनाप्रतिको भक्‍ति देखाएका थिए। यसरी तिनीहरू विनाशबाट बच्नेहरूमध्ये भए।

      ११. मसीदानी भिरेको पुरुष र फोर्ने डन्डा बोकेका छ जना पुरुषले कसलाई बुझाउँथ्यो?

      ११ के ती वफादार मानिसहरूलाई बचाउको चिन्ह साँच्चै लगाइएको थियो? इजकिएल वा अन्य कुनै भविष्यवक्‍ता यरुसलेमको चारैतिर गएर वफादार मानिसहरूको निधारमा चिन्ह लगाएको कुनै रेकर्ड छैन। त्यसैले इजकिएलको भविष्यसूचक दर्शनले त्यतिबेला स्वर्गदूतहरूले गरिरहेको कामलाई चित्रण गरेको हुनुपर्छ, जुन मानव आँखाले देख्न सक्दैनथ्यो। मसीदानी भिरेको पुरुष र फोर्ने डन्डा बोकेका छ जना पुरुषले प्रतीकात्मक अर्थमा यहोवा परमेश्‍वरका वफादार स्वर्गदूतहरूलाई बुझाउँथ्यो, जो हरबखत यहोवाको इच्छा पूरा गर्न तयार छन्‌। (भज. १०३:२०, २१) विश्‍वासघाती यरुसलेममाथि सजाय ल्याउन यहोवा परमेश्‍वरले स्वर्गदूतहरूलाई चलाउनुभयो। स्वर्गदूतहरूले न्यायदण्ड अन्धाधुन्ध हुनेछैन, दुष्टहरूले मात्र सजाय पाउनेछन्‌ भनेर पक्का गरे। यसो गर्नु भनेको बचाइनेहरूको निधारमा चिन्ह लगाउनुसरह थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने