-
पाठकहरूको प्रश्नप्रहरीधरहरा—२०१६ | मार्च
-
-
पहिलो कुरा, त्यस विवरणमा हाडहरूलाई ‘सुकेका’ वा “साह्रै सुकेका” भनी व्याख्या गरिएको छ। (इज. ३७:२, ११) यो कुराबाट ती हाडहरू जसका हुन्, तिनीहरू मरेको निकै लामो समय भइसक्यो भन्ने बुझिन्छ। दोस्रो कुरा, पुनर्स्थापना हुने काम बिस्तारै हुन्छ, एकैचोटी होइन भनेर पनि त्यस विवरणबाट बुझ्न सक्छौं। सुरुमा, त्यहाँ हुरूरूरू आवाज आयो; अनि “ती हाडहरू एकअर्कासँग जोडिन लागे।” अनि ‘तिनमा नसा र मासु’ भरिए। त्यसपछि हाड, नसा र मासुलाई छालाले ढाक्यो। अन्तमा, ‘तिनमा सास पसे, अनि तिनीहरू जीवित भए।’ त्यसपछि यहोवा परमेश्वरले पुनर्जीवित पारिएका मानिसहरूलाई तिनीहरूको आफ्नै भूमिमा बसाल्नुभयो। हो, यी सबै कुरा पूरा हुन समय चाहिन्थ्यो।—इज. ३७:७-१०, १४.
-
-
पाठकहरूको प्रश्नप्रहरीधरहरा—२०१६ | मार्च
-
-
सन् १८७० तिर, बाइबलका थुप्रै आधारभूत सत्य उजागर गर्न चार्ल्स टेज रसल र तिनका सहयोगीहरू जोसिलो भई लागे। यो कुरा प्रतीकात्मक मासु र छालाले आध्यात्मिक कंकालहरू ढाकिनुजस्तै थियो। असल मन भएका मानिसहरूलाई बाइबलमा भएका थुप्रै सत्य पत्ता लगाउन जायन्स वाचटावर (अङ्ग्रेजी) र अरू प्रकाशनले मदत गऱ्यो। पछि सन् १९१४ मा तयार पारिएको “सृष्टिसम्बन्धी फोटो-चलचित्र” (अङ्ग्रेजी) र सन् १९१७ मा प्रकाशित टुंगिएको रहस्य (अङ्ग्रेजी) नामक किताबले पनि परमेश्वरका जनहरूलाई बलियो पाऱ्यो। अन्तत: सन् १९१९ मा परमेश्वरका जनहरूले एक अर्थमा आध्यात्मिक जीवन पाए। त्यसपछि तिनीहरूलाई तिनीहरूको आफ्नै नयाँ आध्यात्मिक भूमिमा बसालियो। समय बित्दै जाँदा बाँकी रहेका अभिषिक्त जनहरूलाई पार्थिव आशा भएकाहरूले साथ दिंदै गए र अहिले तिनीहरू “एक अत्यन्त ठूलो दल” भएका छन्।—इज. ३७:१०; जक. ८:२०-२३.b
-