-
“मन्दिरको व्यवस्था यही हो”यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
-
-
इजकिएलको दर्शनले आज हामीलाई के सिकाउँछ?
१३, १४. (क) इजकिएलले देखेको मन्दिरको दर्शन आज हाम्रो समयमा पनि पूरा भइरहेको छ भनेर कसरी थाह पाउन सक्छौँ? (ख) यस दर्शनबाट आज हामी पनि कुन दुई तरिकामा लाभ उठाउन सक्छौँ? (“फरक मन्दिर, फरक पाठ” भन्ने पेटी १३क पनि हेर्नुहोस्)
१३ इजकिएलले देखेको मन्दिरको दर्शन आज हाम्रो समयमा पनि लागू हुन्छ भनेर हामी किन भन्न सक्छौँ? इजकिएलले दर्शनमा परमेश्वरको पवित्र मन्दिर “एउटा असाध्यै अग्लो डाँडामा” बसालिएको देखेका थिए। यसैयाले पनि ‘यहोवा परमेश्वरको भवनको डाँडा टाकुरामाथि नहल्लिनेगरि बसालिनेछ’ भनेर भविष्यवाणी गरेका थिए। यी दुई भविष्यवाणीबीचको समानतालाई सम्झनुहोस् त! यसैयाले तिनको भविष्यवाणी “आखिरी समयमा” पूरा हुनेछ भनेर तोकेरै बताएका छन्। (इज. ४०:२; यसै. २:२-४; मिका ४:१-४ पनि हेर्नुहोस्) यी भविष्यवाणीहरू आखिरी समयमा, विशेषगरि इस्वी संवत् १९१९ देखि पूरा भइरहेका छन्। त्यतिबेलादेखि शुद्ध उपासना माथि उचालिएको छ, पुनर्स्थापित भएको छ; भन्ने हो भने अग्लो डाँडामा बसालिएको छ।b
१४ त्यसैले इजकिएलको दर्शन आज चढाइने शुद्ध उपासनामा पनि लागू हुन्छ। पुरातन समयमा निर्वासनबाट फर्केका यहुदीहरूले यस दर्शनबाट लाभ उठाएजस्तै आज हामी पनि यसबाट दुई तरिकामा लाभ उठाउन सक्छौँ। (१) यसबाट शुद्ध उपासनाको लागि यहोवा परमेश्वरले तोक्नुभएका स्तरहरू कसरी पालन गर्नुपर्छ भन्नेबारे व्यावहारिक पाठ सिक्न सक्छौँ। (२) यसले शुद्ध उपासना पुनर्स्थापित हुने र यहोवा परमेश्वरको आशिष् पाइने आश्वासन दिन्छ।
-
-
१४क इजकिएलले देखेको मन्दिरको दर्शनबाट सिक्न सकिने पाठहरूयहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
-
-
शुद्ध उपासनालाई उच्च पारिन्छ र सुरक्षित राखिन्छ
दर्शनको मन्दिर “एउटा असाध्यै अग्लो डाँडामा” (१) बसालिएको थियो। के हामीले शुद्ध उपासनालाई आफ्नो जीवनमा प्राथमिकता दिएर यसलाई उच्च पारेका छौँ?
-