शिक्षण पेटी २१क
“पवित्र जमिनको लागि छुट्ट्याइएको इलाका”
हामी पनि इजकिएलसँगसँगै यहोवा परमेश्वरले आफ्नो निम्ति छुट्ट्याउनुभएको जमिनको भागलाई हेरौँ। यसमा पाँच वटा भाग छन्। ती कुन-कुन हुन्? अनि त्यसरी छुट्ट्याइनुको उद्देश्य के हो?
क. “पवित्र जमिनको लागि छुट्ट्याइएको इलाका”
यो सरकारी प्रयोजनको लागि हो अनि यसलाई “प्रशासनिक क्षेत्र” पनि भनिएको छ।
ख. “सम्पूर्ण पवित्र जमिन”
यो पुजारीहरू, लेवीहरू र सहरको लागि छुट्ट्याइएको भाग हो। साथै १२ वटै कुलका मानिसहरू यहोवा परमेश्वरको उपासना गर्न र प्रशासनिक प्रबन्धहरूमा सहयोग गर्न यो भागमा जान्छन्।
ग. “कुलनायकले पाउने जमिन”
“त्यो जमिन इस्राएलमा कुलनायकको भाग हुनेछ।” “कुलनायकले पाउने जमिन . . . हुनेछ।”
घ. “पवित्र भूमि”
यस भागलाई “पवित्र जमिन” पनि भनिन्छ। माथिल्लो भाग “लेवीहरूका लागि” हो। यो “पवित्र” छ। बीचको भाग “पुजारीहरूको लागि छुट्ट्याइएको पवित्र जमिन” हो। ‘त्यहाँ तिनीहरूले आफ्ना घर बनाउँछन् र त्यो जमिन मन्दिरको लागि पवित्र ठाउँ’ हो।